नेपाल टेलिकमको सर्भर ह्याकिङको प्रयास, कल डिटेल रेकर्डसम्म पुग्न सकेनन् ह्याकर



काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्याक भएको आशंका गरिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको राउटरको आईपी एडड्रेसबाट पुराना डाडा राखिएको कम्प्यूटरमा प्रवेश गरेर ह्याकको प्रयास भएको हुन सक्ने अनुमान गरिएको छ ।

साइबर सुरक्षाको मामलामा काम गर्ने अमेरिकी कम्पनी रेकर्डेड फ्युचरले चीनको थ्रेट एक्टिभिटी ग्रुप २२ (ट्याग-२२) ले नेपालसहित फिलिपिन्स, ताइवान र हङकङको दूरसञ्चार कम्पनीमा साइबरे विवरण सार्वजनिक गरेको छ । यसले पनि नेपाल टेलिकमको सर्भर ह्याक भएको आंशका उत्पन्न भएको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार लुम्बिनी सञ्चारका पत्रकारले आइतबार जानकारी दिएपछि मात्र ह्याकिङको विषयमा थाहा पाइएको हो ।

‘टेलिकमको सर्भर ह्याक भएको पत्रकार साथीबाट जानकारी भयो । एउटा पुरानो सर्भर ह्याक भएको हो कि भन्ने शंका लागेको छ । अहिले त्यो सर्भर बन्द गरिएको छ । त्यो सर्भरमा कति डाटा छ र प्रयोगमा छ कि छैन भन्ने जानकारी छैन,’ प्रवक्ता जोशीले भने, ‘ह्याक भएकै हो भने पनि कति क्षति पूर्याएको छ भन्ने यकिन तथ्यांक छैन ।’

ह्याक भएको भन्ने खबर झुटो पनि हुन सक्ने जोशीको दावी छ ।

टेलिकमको सर्भरमा प्रवेशगरी कल डिजेट रेकड (सीडीआर) डाटा ह्याक गर्न सम्भव छैन । सीडीआर डाटा भित्र प्रस्न तीन लेयरको अमेरिकी फायर वाल तोड्नुपर्छ ।

वाफायर वालको थर्ड लेयरसम्म पुग्नु कुनै पनि ह्याकरका लागि मूस्किल हुने उनले बताए । प्रारम्भिक अनुमान अनुसार राउटरको आईपी एडड्रेसबाट पुरानो डाटा रहेको कम्प्यूटरमा प्रवेश गरेको हुन सक्छ । तर त्यसमा ह्याकरलाई फाइदा हुने विशेष जानकारी छैन ।

तर पनि सुरक्षा सतर्कता अपनाउँदै टेलिकमले उक्त कम्प्यूटरमा रहेको सर्भर बन्द गरिसकेको छ । यस विषयको सत्य तथ्य बुझ्न टेलिमकले अध्ययन गरिरहेको छ ।


क्लिकमान्डु