आइपिओबाट ४.४ अर्ब डलर जुटाएको ‘डीडी’माथि किन कारवाही गर्दैछ चीन ?



एजेन्सी । चीन सरकारले पछिल्ला दिनमा विदेशी सेयर बजारमा सूचीकृत भएका केही कम्पनीलाई नियन्त्रण गर्ने अभियान नै चलाएको छ । आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै उनीहरुमाथि कारवाहीको निशाना साधिएको हो ।

चीन सरकारले व्यक्तिगत जानकारी जम्मा गरेर उपयोग गरेको भन्दै त्यस्ता कम्पनीमाथि आँखा लगाउको हो ।

व्यक्तिगत जानकारी संकलन गरेर गम्भीर उल्लंघन गरेको आरोप लागेको छ । सबैभन्दा ठूलो सर्भिस कम्पनी डीडी ग्लोबलका साइवर सुरक्षा सम्बन्धी आदेश दिएको छ ।

साइवर स्पेस नियमकको यस्तो निर्देशन उक्त कम्पनीको अमेरिकामा आइपिओ जारी गरेको केही दिन अघि मात्रै आएको हो ।

अलिबाबाको सहायक कम्पनी एण्टको हालसम्मकै सबैभन्दा ठूलो आइपिओ जारी गर्न रोक लगाइएको थियो । फेरि डीडीको परीक्षणमा आधारमा थप संकट आउन सक्ने अनुमान गरिएको छ ।

केही जानकारहरुका अनुसार डीडीको विरुद्धमा यस खालको परीक्षणको संकेत यस्तो छ कि चीन आफनो शक्तिशाली प्राद्यौगिक क्षेत्रमा नियन्त्रण गर्ने कोशिसमा रहेको छ ।

बेइजिङस्थित विजनेश म्यागजिन कैक्सिनको २ जुलाईमा प्रकाशित विवरण अनुसार चीनको साइवर क्षेत्रको नियामक साइवर स्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी)ले २ जुलाईमा डीडी ग्लोबलको साइवर सुरक्षाको विषयमा समीक्षा गर्ने घोषणा गरेको थियो ।

सीएसीले डीडी ग्लोबलको एप डीडी चक्सिङको बारेमा गरिने समीक्षा नसकिँदासम्म नयाँ प्रयोगकर्ताको दर्ता गर्न नदिन भनेको छ । जबकी विद्यमान प्रयोगकर्ता यस्ता छन् जसले यसअघि नै उक्त एप इन्स्टल गरिसकेका छन् । उनीहरुले भने प्रयोग गर्न सक्नेछन् ।

सीएसीले जुलाई ४ मा एक संक्षिप्त भनाइ सार्वजनिक गर्दै भनेको थियो कि व्यक्तिगत विवरण संग्ह गर्ने वा त्यसको प्रयोग गर्ने सम्बन्धी कानूनको गम्भीर उल्लंघन भएको छ ।

डीडीले हरेक दिन नै रियल टाइममा नै व्यक्तिगत विवरण संकलन गर्ने गरेको छ । त्यसमा अटोमेटिक ड्राभिङ टेक्निक तथा ट्राफिक विश्लेषण गरेर लिने गरेको छ ।

डीडी ग्लोबलले जुन ३० मा न्यूयोर्क स्टक एक्सचेञ्जमा आइपिओ जारी गर्दै ४.४ अर्ब डलर जुटाएको थियो । सो काम सम्पन्न भए लगत्तै कारवाहीको विवरण सार्वजनिक भएको हो ।

सन् २०१४ मा इ कमर्स कम्पनी अलिवावापछि चिनियाँ कम्पनीको यो नै सबैभन्दा ठूलो सूचीकरण थियो ।

सन् २०१२ मा शुरु भएको डीडीले १६ देशका ४ हजार बढी क्षेत्रमा काम गरिरहेको छ । सन् २०१९ मा मात्रै डीडीले संसारभर ५५ करोड प्रयोगकर्ता रहेको अनुमान गरिएको थियो । त्यसमध्ये अधिक चाही चीनमा नै रहेको छ ।

अनलाइन क्याब कम्पनीको कूल हिस्सामध्ये ८० प्रतिशत बढी हिस्सा डीडीको रहेको छ । चीनका सामाजिक सञ्जालमा गरिएको केही पोस्टमा गरिएको दावी अनुसार चीनको मुख्य भूमिबाट केही प्रयोगकर्ताको व्यक्तिगत विवरण अमेरिकालाई बुझाएको आरोप छ । सोही आरोपका आधारमा परीक्षण शुरु भएको हो ।

उक्त कारवाहीको पछाडि देशभित्र बढ्दै गएको प्रविधिको बजारलाई नियमन गर्नु रहेको देखिन्छ । डीडीलगायत अन्य कम्पनीमाथि लगाम लगाउने उद्देश्य त्यसमा रहेको देखिन्छ । सोही आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाइएको हो ।

पछिल्लो पटक ४ जुलाईमा कैक्सिनको एक विवरणमा जनाइएअनुसार सरकारले पछिल्लो २ वर्षमा मात्रै तथ्यांक सुरक्षा वा व्यक्तिगत सूचना संरक्षण गर्ने भन्दै प्रतिस्पर्धामाथि नियन्त्रण गरिरहेको छ । १ मे मा मात्रै सरकारले अधिग्रहणसम्बन्धी विषयमा कानूनको उल्लंघन गरेको भन्दै डीडीसहित ११ कम्पनीमाथि जरिवाना गरेको थियो ।

त्यसमा नियमकको अनुमतिबीना नै कारवाही गरिएको थियो । १० जुनमा मात्रै चीनको एक नयाँ तथ्यांक सुरक्षा कानून पारित गरिएको थियो । जुन कम्पनीले तथ्यांक जुटाउँछ, राख्छ र उपयोग समेत गर्छ भने त्यसको पनि केही शर्त पूरा गर्नुपर्छ ।

डीडी कम्पनीले जुलाई ४ मा मात्रै चीनले कडा सेन्सर हुने सामाजिक सञ्जाल बीवोमा एक पोस्ट गरिएको थियो । त्यसमा भनिएको थियो असाध्यै घटिया काम भइरहेको छ ।

त्यसभन्दा पहिले ३ जुलाईमा डीडी ग्लोबलका उपाध्यक्ष ली मिनले जोड दिएर भनेका थिए कि– डीडी ग्लोबल इंक कम्पनीले सबै चिनियाँ प्रयोगकताएको सयकडौ विवरण चीनको सर्भरमा नै जम्मा गरिएको हुन्छ ।

लीले भनेका थिए कि विदेशमा सूचीकृत कयौ चिनियाँ कम्पनी अनुसार नै डीडीले चीनको सर्भरमा नै सबै घरेलु प्रयोगकर्ताको तथ्यांक सुरक्षित गरिन्छ । अमेरिकालाई तथ्यांक दिन कुनै पनि तरिकाले स्म्भव नै हुँदैन ।

वीवोमा फैलिएको अफवाहका कारण अमेरिकामा सूचीकृत भएको कम्पनीको सेयरमा तलमाथि पर्ने भन्दै डीडीले मुद्दा गर्ने समेत तयारी गरिएको विवरण प्राप्त भएको छ ।

किनकी, कुनै पनि कम्पनी विरुद्ध गलत तरिकाले अफवाह मात्रै फैलाइएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्समा डीडीको विरुद्ध गरिएको कारवाहीको समर्थन गरिएको छ ।

पत्रिकामा भनिएको छ- अमेरिकमा सूचीकृत भएको कम्पनीको ठूलो मात्रामा तथ्यांक विश्लेषण गर्ने क्षमता रहेको छ । त्यसले व्यक्तिगत गोपनियता तथा राष्ट्रिय सुरक्षाका लागि समेत खतरा पैदा भएको छ ।

४ जुलाईमा छापिएको बिना नामको लेखमा भनिएको छ- कुनै पनि इन्टरनेटमा प्रतिष्ठित चिनियाँ नागरिकको व्यक्तिगत जानकारीको सुपर डेटावेस बनाउने विषयमा कुनै पनि अनुमति दिन सकिदैन ।

२ जुलाईमा कैक्सिनले भनेको थियो कि बजारमा डीडीसहित ३४ चिनियाँ अनलाइन प्लेटफर्मको विरुद्धमा १३ मा कारवाही गरिएको थियो ।

समाचार एजेन्सी रोयटर्सले १७ जुनमा भनेको थियो कि डीडीको जाँच गर्नुको पछाडि प्रतिस्पर्धी बजारबाट बाहिर निकाल्नु रहेको छ । सोही कारण यस्तो कदम चालिएको हो ।

हङकङको सञ्चार माध्यमको हवाला दिँदै केही विश्लेषकले भनेका छन् कि डीडीको विरुद्धमा कारवाही गर्नुको पछाडि विदेशी सेयर बजारमा सूचीकृत कम्पनीको क्षमता र उसको प्राद्योगिक क्षमतामाथि बेइजिङ हैरान हुनु नै प्रमुख कारण हो ।

किन विदेशमा सूचीकृत हुनु्पर्यो, यही नै गर भनेर बेइजिङले डीडीमार्फत अरुलाई समेत तर्साउन खोजेको जस्तो देखिने विश्लेषकहरुको भनाइ रहेको छ ।


क्लिकमान्डु