वैदेशिक व्यापारः भटमासको तेल आयात १६४.५% ले बढ्दा, यूरोपमा निर्यात बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापारको वस्तुस्थिति निर्यातमा सन्तोषजनक रहेको जनाएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ११ महिनाको वैदेशिक व्यापारको वस्तुस्थितिको निर्यातमा सन्तोषजनक रहेको जनाएको हो ।

केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार २०७७/७८ को प्रथम ११ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठरीको योगदान क्रमशः ८.१ प्रतिशत र ९१.९ प्रतिशत रहेको छ । उक्त अवधिमा नेपालको कुल निकासी ३७.८ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ । जसमा कुल पैठरीमा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ ।

नेपालले ११ महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको वस्तुहरूमध्ये फलाम, र स्टिल उत्पादनहरू, जुत्ता, हस्तशिल्प (चित्रकारी, मूर्तिकला र मुर्ति), तामा, र तामा उत्पादनहरू, मसुरो, छाला तथा छालाका उत्पादनहरू निर्यातमा ह्रास आएको छ । तर, अधिकांश वस्तुहरूको निर्यातमा गत वर्षको ११ महिनाको तुलनामा सन्तोषजनक वृद्धि भएको केन्द्रले जनाएको छ ।

यस अवधिमा भटमासको तेलाको निर्यातमा ३१८ प्रतिशतले वृद्धि भई ४२ अर्ब ३५ करोड पुगेको छ । नेपालको निर्यात व्यापारको इतिहासमा एउटै वस्तुको निर्यात ठूलो मात्रामा पहिलो पटक भएको हो । जुन नेपालको कुल निर्यातको करिब ३४ प्रतिशत हुन आएको केन्द्रको भनाइ छ ।

त्यसैगरी, पोलिस्टरको यार्नको निर्यातमा ८.३ प्रतिशतले वृद्धि भई ७ अर्ब १७ करोड पुगेको छ। अलैंचीको निर्यातमा ९३.७ प्रतिशतले वृद्धि भई ६ अर्ब ७० करोड, जुट तथा जुटका उत्पादनको निर्यातमा २८.१ प्रतिशतले वृघिद्ध भई ६ अर्ब ४७ करोड, चियाको निर्यात ७१.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ५४ करोड, अदुवाको निर्यातमा १६ प्रतिशतले वृद्धि भई ४२ करोड पुगको केन्द्रको तथ्याङ्कले देखाउँदछ ।

यसैगरी, ऊनी गलैंचाको निर्यातमा १७.३ प्रतिशले वृद्धि भई ६ अर्ब ४७ करोड, तयारी पोशाकको निर्यात ५.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड,ऊनी फेल्टका वस्तुहरूको निर्यातमा ९२ प्रतिशतले वृद्धि भर्य ३ अर्ब ५६ करोड, नेपाली हातेकागजतको निर्यातमा ३९.८ प्रतिशतले वृद्धि भई ५३ करोडको निर्यात भएको ।

साथै, सुनको गहना नयाँ निर्यात वस्तुको रुपमा उदाउनुको साथै यसको निर्यात ३५ करोड पुगेको जनाएको छ । जसमा चाँदीका गहनाको निर्यातमा २६ प्रतिशतले वृद्धि भई २१ करोडको निर्यात भउको छ ।

तर, फलाम तथा स्टिलका उत्पादनको निर्यातमा भने २५.४ प्रतिशतले असर परेको छ । त्यस्तै जुत्ताको निर्यातमा १.५ प्रतिशतले ह्रास आई ७४ करोड र हस्तशिल्प (चित्रकारी, मूर्तिकला र मूर्ति) को निर्यातमा २.५ प्रतिशतले घटेर ५३ करोडमा सिमित भएको छ ।

नेपालबाट कुन देशमा के निर्यात ?
चालु आवको ११ महिनामा देशगत रुपमा हेर्दा विश्वका विभिन्न देशहरूमा नेपाली वस्तुहरू निर्यात भएको छ । ती मध्ये प्रमुख निर्यातजन्य वस्तुहरूको देशगत निर्यात हुँदै आएको छ ।

ऊनीको कार्पेटः चालु आवको वस्तुस्थितिमा ऊनीको कार्पेटमा १७ प्रतिशतले वृद्धि भएको छ । उक्त कार्पेट सबैभन्दा बढी अमेरिकामा ३ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको निर्यात गरेको छ । त्यस्तै, जर्मनीमा ७१ करोडको, बेलायतमा ४७ करोड ७९ लाख, इटलीमा २२ करोड २० लाखको निर्यात गरेको छ । साथै उक्त कार्पेट निर्यातमा गर्नेमा चीन, बेल्जियम, अष्ट्रेलिया, क्यानडा, स्वीजरल्यान्ड, रुस, अष्ट्रिया, नेदरल्यान्ड र ब्राजिल रहेको छ ।

रेडिमेड गार्मेन्टः नेपालबाट चालु आवको ११ महिनाको अवधिमा ४ अर्बको ८१ करोड ३८ लाख बराबरको निर्यात गरेको छ । सबैभन्दा बढी अमेरिका र बेलायत निर्यात भएको छ । उक्त देशमा क्रमश १ अर्ब १८ करोड र ९१ करोड र ९० लाख रुपैयाँ बराबरको रेडिमेड गार्मेन्ट निर्यात भएको छ । त्यस्तै नेपालले जर्मनी, फ्रान्स, इटली, अष्ट्रिेलिया, क्यानडा, नेदरल्यान्ड, डेनमार्क, भारत, नर्वे तीन, युएईलगायत अन्य देशमा रेडिमेड कपडा निर्यात गर्दै आएका छन् ।

ऊनीको पस्मिना सलः नेपालले २ अर्बको २२ करोडको निर्यात गर्दा जर्मनीले ५५ करोड ५४ लाख रुपैयाँको निर्यात गरेको छ । त्यसैगरी अमेरिकाले २६ करोड ६४ लाख, बेलायतले २६ करोड ५५ करोड, फ्रान्सले २५ करोड १६ लाख रुपैयाँको ऊनीको पस्मिनाकोसल निर्यात गरेको छ । त्यसैगरी, भारत, स्वीजरल्यान्ड, नेदरल्यान्डस्, जापान, इटली, अष्ट्रिया, डेनमार्क,अष्ट्रेलिया, फिनल्यान्ड, नर्वे, क्यानाडामा निर्यात हुँदै आएको छ ।

धागोः पछिल्लो समय नेपालबाट धागोका निर्यात पनि उल्लेखनीय हुँदै आएको छ । चालु आवको ११ महिनाको ७ अर्ब ३२ करोड २९ लाखको धागो निर्यात गर्दा भारतले मात्रै ५ अर्ब ९४ करोडको धागो निर्यात गरको छ । त्यस्तै, टर्कीले १ अर्ब ३१ करोड ४५ लाख, यमनले २ करोड ७७ लाख र भियतनाममा १ करोड ४२ लाखको निर्यात भएको छ ।

टेक्सटायलः नेपालबाट ११ महिनामा २ अर्ब ९६ करोड २४ लाख रुपैयाँको निर्यात हुँदा भारततर्फ२ अर्ब ९६ करोड १९ लाखको र ३ लाख ३३ हजारको टेक्सटायल चीनतर्फ निर्यात भएको छ ।

ऊनीको फेल्ट प्रोडक्टः नेपालबाट निर्यात हुनेमध्ये प्रमुख ऊनीको फेल्ट प्रोडक्ट पनि रहेको छ । जसमा चालु आवमा ३ अर्ब ५६ करोड ९ लाखको नेपालले निर्यात गर्दा अमेरिकाले २ अर्ब ३ करोड ८५ लाखको ऊनीको फेल्ट प्रोडक्ट निर्यात गरेको छ । त्यस्तै उक्त प्रोडक्ट नेपालले जर्मनी, डेनमार्क, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत अन्य ११ वटा देशमा निर्यात भएको तथ्याङ्कले उल्लेख गरेको छ । साथै, ७३ करोड ५५ लाख रुपैयाँको फुटवेयर निर्यात गर्दा भारतले ७१ करोड ८१ लाख र अमेरिकाले ६२ लाख रुपैयाँको निर्यात भएको छ ।

हस्तकलाः नेपालबाट विभिन्न देशमा निर्यात हुँदै आएको हस्तकलमा कोरोनाको समयमा पनि गत वर्षको ६.८ प्रतिशतले वृद्धि भएको छ । जसमा चीनतर्फ नेपालले १५ करोड ५० लाख र अमेरिकातर्फ १४ करोड ७८ लाखको निर्यात गरेको छ । त्यसैगरी उक्त हस्तकला जर्मनी, भारत, नेदरल्यान्ड, ताइवानm फ्रान्स, जापान, भुटान र स्वीजरल्यान्डमा निर्यात भएको छ ।

चालु आवमा भारततर्फ ६८ प्रतिशतले र फ्रान्सतर्फ ४५ प्रतिशतले निर्यात कम भएको छ । साथै, नेपालमा उतपादित जुट र जुटबाट बनेको सामग्री भारतमा मात्रै निर्यात हुँदै आएको छ । जसमा नेपालले ६ अर्ब ४७ करोड १ लाख रुपैयाँको निर्यात गरेको केन्द्रको तथ्याङ्कले देखाउँदछ ।

इलेक्ट्रिक सामग्री आयात कमी
चालु आवको ११ महिनामा नेपालको आयात व्यापारमा २५.७ प्रतिशतको वृद्धि भई १३ खर्ब ८३ अर्ब पुगेको छ । जसमा इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, चाँदी र हवाई जहाज तथा पार्टसको आयातमा कमी आएको छ ।

जसमा उक्त सामग्रीमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरूमा ७.४ प्रतिशतले कमी आई ५४ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ ।

तर, त्यसबाहेक अरु प्रमुख वस्तुहरूको आयातमा वृद्धि भएको छ । जसमा फलाम तथा फलाम उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा ४४.३ प्रतिशतले भई १ खर्ब ५९ अर्ब ५४ करोडको आयात भएको छ । त्यसैगरी, पेट्रोलियम पदार्थको आयातमा ३ प्रतिशतले वृद्धि भई १ खर्ब ५५ अर्ब ११ करोडको आयात भएको छ । साथै, मशिनरी तथा पार्टसको आयातमा २०.३ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ११ करोड, यातायातको साधनहरूको आयातमा ४३.२ प्रतिशतले वृद्धि भई ८८ अर्ब ५९ करोडको आयात भएको छ ।

त्यस्तै अन्नको आयातमा ४५ प्रतिशतले वृद्धि भई ७४ अर्ब ६८ करोड आयात गरेको छ । उक्त खाद्यान्न बाली धान, गहुँ, मकै र कोदाको स्रोत मुलुकमा भारत रहेको छ भने मकै केही मात्रामा अर्जेटिनाबाट पनि आयात हुने गरेको हो । भटमासको कच्चा तेलको आयातमा १६४.५ प्रतिशतले वृद्धि भई ४५ अर्ब ६० करोड, दुरसञ्चारका सामग्रीको आयातमा ६८ प्रतिशतले वृद्धि भई ४२ अर्ब ७६ करोडको आयात भएको छ । साथै, औषधीको आयातमा २१.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४५ करोड, तयारी पोशाकको आयातमा २२.८ प्रतिशतले वृद्धि भई २८ अर्ब ३६ करोडको आयात भएको छ ।

कुन देशमा कति आयात/निर्यात ?
नेपालले १ खर्ब २१ अर्ब निर्यात गर्दा ९० अर्ब १९ करोडको वस्तु तथा सेवा भारततर्फ निर्यात गरेको छ । त्यस्तै अमेरिकातर्फ १२ अर्ब १६ करोड, जर्मनीमा २ अर्ब २१ करोड, बेलायतमा १ अर्ब ३३ करोड, फ्रान्समा १ अर्ब २१ करोड, अष्ट्रेलियामा ९८ करोड, चीनमा ९४ करोड, जापानमा ८९ करोड, क्यानाडामा ८१ करोड, इटलीमा ७१ करोड, भुटानमा ६२ करोड बंगलादेशमा ६० करोड, नेदरल्यान्डमा ५३ करोड र अन्य देशमा ५ अर्ब १९ करोडको निर्यात भएको छ ।

त्यस्तै नेपालबाट निर्यात हुनेमा पहिलो नम्बर भारत रहेकोमा भारतबाट नै सबैभन्दा बढी वस्तु तथा सेवा आयात हुँदै आएको छ । चालु आवको ११ महिनामा भारतबाट मात्रै ८ खर्ब ८६ अर्ब ५९ करोड रुपैयाँको आयात गरेको छ । त्यस्तै चीनबाट १ खर्ब ६९ अर्ब ७३ करोड, अर्जेन्टिनाबाट ३५ अर्ब २७ करोडको आयात गरेको छ । जुनगत वर्षको तुलनामा अर्जेन्टिनाबाट आयात गर्नेमा १५३.४ प्रतिशतले बढी रहेको छ ।

त्यसैगरी, युएईबाट ३२ अर्ब २ करोड, अमेरिकाबाट १७ अर्ब ४ करोड, इन्डोनेसियाबाट १५ अर्ब ३२ करोड, युक्रेनबाट १५ अर्ब १६ करोड, अष्ट्रेलियाबाट १४ अर्ब ३८ करोड, क्यानाडाबाट १३ अर्ब ४६ करोड, दक्षिण कोरियाबाट १२ अर्ब १५ करोड, साउथ अफ्रिकाबाट ९ अर्ब ९२ करोड, मलेसियाबाट ८ अर्ब ७२ करोड, थाइल्यान्डबाट ८ अर्ब ६३ करोड, साउदी अरेबियाबाट ८ अर्ब र अन्यबाट ९६ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । जसमा गत वर्षको तुलनामा २५.७ प्रतिशतले आयात बढेको छ ।

 


क्लिकमान्डु