कोरोना संक्रमितको उपचार गर्ने रोबर्ट ‘ग्रेस’ निर्माण



एजेन्सी । कोरोनाका संक्रमितको हेरचाह रोबटबाट हुने भएको छ । हंङकङको कम्पनी हान्सनले कोरोना संक्रमितको हेरचाह गर्न रोबर्ट निर्माण गरेको हो । यो रोबर्टको नाम ‘ग्रेस’ राखिएको छ ।

यस रोबर्टले कारोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

यो रोबर्टले आइसोलेसनमा रहेका बिरामीको नर्सले जस्तै हेरचाह गर्नेछ । यसबाट स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन सकिने अपेक्षा गरिएको छ ।

छातीमा थर्मल क्यामरा
निलो रंकको कपडामा देखिने ग्रेस रोबार्टको छातीमा थर्मल क्यामरा जडान गरिएको छ । यो क्यामराले तापक्रम जाँच गरेर बिरामीको स्वास्थ्य अवस्था पत्ता लगाउँछ । रोबर्टले आर्टिफिसियल इन्टिलेजेनसीको मद्दतले बिरामीको समस्या बुझेर अंग्रेजी, मन्डारिन (उत्तरी चिनियाँ ) र क्याटोनियन भाषामा जवाफ दिन्छ ।

बायो रिडिङ र टक थेरापी
ग्रेस निर्माता कम्पनी हान्सनले हंगकगको वर्कशपमा यसको स्वरको जाँच गरेको छ । टेस्टिङपछि कम्पनीले भनेको छ कि ग्रेस मानिसका साथ रहन सक्छ र उपचारका लागि आवश्यक रिडिङ दिन सक्षम छ । यो रोबोट बायो रिडिङ, टक (मसाज) थेरापी र अन्य स्वास्थ्य हेरचाहमा उपयोगी हुनेछ । कम्पनीले यो रोबर्ट मानिसले जस्तै बोल्ने दावी गरेको छ । रोबर्टलाई झट् हेर्दा मानिस जस्तै देखिन्छ । ग्रेसले मानिसको अनुहारको ४८ भन्दा धेरै भाव पहिचान गर्न सक्छिन् ।

मूल्य घट्छ
हान्सनल रोबोटिक्स र सिंगुलियता स्टूडियो जोइन्ट भेन्चरका चिफ डेभिड लेकले स्वास्थ्य चेतना वृद्धि गर्ने उद्देश्यले रोबट निर्माण गरेको बताए । सोहि उद्देश्य पूर्तिका लागि ग्रेसको बिटा भर्सन ठूलो परिणाममा उत्पादन गरिँदैछ । पहिलो चरणमा चीन, जापान र कोरियाको स्वास्थ्य केन्द्रमा यसको प्रयोग गरिनेछ । रोबर्टको मूल्य हाल एक विलासी कार जतिकै छ । कम्पनीले मूल्य भने खुलाएको छैन । लक्ष्यअनुसार उत्पादन हुन थालेपछि भने मूल्य घट्ने कम्पनीले विश्वास लिइएको छ ।

मानसिक स्वास्थ्य सुधार गर्ने
हवाई यूनिभसिर्टीको कम्युनिकेशन साइन्सका प्रोफेसर किम मिन सनले उक्त रोबटलाई कोरानो संक्रमितको उपचारमा प्रयोग गर्न सुझाव दिएका छन् ।

‘लकडाउनका कारण मानिस घरमै बस्नु परेको छ । नकारात्मक सोचका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ,’ उनले भने, ‘यो रोबर्ट निकै उपयोगी हुनेछ । यदि रोबर्टले साथी वा ख्याल राख्ने नर्सको जस्तो अनुभुति दिएमा । यसको समाजमा सकारात्मक प्रभाव देखिनेछ ।’

यसअघि बनेको थियो, सोफिया
सन् २०१७ मा रोबोट सोफियालाई आमनागरिकलाई जस्तै नागरिकाता दिइएको थियो । सोफियालाई हाल कोरोना बिरामीको उपचारमा प्रयोग गरिएको छ । सोफियाले ५० भन्दा बढी अनुहारको भाव बुझ्न सक्छ ।


क्लिकमान्डु