रणनीतिक र स्थानीय सडक ३३ हजार ५२८ किलोमिटर पुग्यो



काठमाडौं । रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको हो ।

जसमा कालोपत्रे १५ हजार ९७४ किलोमिटर, ग्राभेल ८ हजार ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर छ ।

२०७७ असारसम्म कालोपत्रे १५ हजार ४२४ किलोमिटर, ग्राभेल ८ हजार ६२२ किलोमिटर, कच्ची सडक ९ हजार १९८ किलोमिटर गरी ३३ हजार २४४ किलोमिटर निर्माण भएको छ ।

२०७७ असारसम्म ३६५ किलोमिटर कच्ची सडक (नयाँ), ७६३ किलोमिटर ग्राभेल र ७२९ किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । २०७७ फागुनसम्म २८४ किलोमिटर कच्ची सडक (नयाँ), ५०४ किलोमिटर ग्राभेल र ५५० किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।

सडक विभागमार्फत् चालु आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल निर्माण सम्पन्न भएका छन् । २०७७ अससम्म २१० वटा नयाँ पुल निर्माण भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म १८७ किलोमिटर सडकको आवधिक मर्मत सम्भार सम्भार सम्पन्न भएको छ । गत आर्थिक वर्षमा ३६० किलोमिटर सडक आवधिक रुपमा मर्मत सम्भार भएको थियो ।

प्रादेशिक तथा स्थानीय सडक
२०७७ फागुनसम्म प्रादेशिक तथा स्थानीयस्तरमा कच्ची, ग्राभेल र कालोपत्रे गरी जम्म ६३ हजार ५७७ किलोमिटर सडक निर्माण भएको छ ।

निर्माण भएका सडकमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २४.७ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.१ प्रतिशत रहेहको छ । बागमती प्रदेश र प्रदेश नं.२ मा सडकको घनत्व बढी छ भने कणाली प्रदेशमा सबैभन्दा कम छ ।

२०७७ असारसम्म प्रादेशिक र स्थानीयस्तरबाट कच्ची, ग्राभेल र कालोपत्रेगरी जम्म ६३ हजार ३२१ किलोमिटर सडक निर्माण भएको थियो । चालु आर्थिक वर्षमा २५६ किलोमिटर सडक थप भएको छ । जसमा कालोपत्रे ७ प्रतिशत, गाभेल २१ प्रतिशत र कच्ची ७२ प्रतिशत छ ।

स्थानीय पूर्वाधार विभाग
स्थानीय पूर्वाधार विभागबाट २०७७ असारसम्म ८ हजार ५५२ वटा झोलुंगेपुल र ५९१ वटा सडक पुल निर्माण भएको थियोे । चालु आवको फाुगुनसम्म थप २६४ वटा झोलुंगेपुल र ५ सडक पुल निर्माण भएका छन् । हालसम्म विभागबाट ८ हजार ८१६ झोलुंगेपुल र ५९६ सडक पुल निर्माण भएका छन् । पहिचान भएका भएका १४३ तुइनमध्ये २०७७ फागुनसम्म १२९ तुई झोलुंगेपुलद्वारा विस्थापित भएका छन् ।

राष्ट्रिय गौरवका सडक आयोजना
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कुल लम्बाई १ हजार ८७९ किलोमिटर छ । २०७७ असारसम्म ९१४ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ५६ किलोमिटर सडक कालोभत्रे भई ९७० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । लोकमार्गमा पर्ने १२९ पुलमध्ये फागुनसम्म ८४ पुल निर्माण समपन्न भएको छ ।

हुलाकी राजमार्गको कुल लम्बाई १ हजार ७९२ किलोमिटर मध्ये २०७७ असारसम्म ५१२ किलोमिटर (लिंक सहित) कालोपत्रे सम्पन्न भएको थियो । चालु आर्थिक वर्षका फाुनसम्म थप १४६ किलोमिमटर सडक कालोपत्रे भई जम्मा ६५८ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । यस राजमार्ग अन्तर्गतका २१९ पुलहरुमध्ये २०७७ असारसम्म ९५ पुल निर्माण सम्पन्न भएकोमा चालु आवको फागुनसम्म थप ४ पुलको निर्माण सम्पन्न भई जम्मा ९९ पुलको निर्माण सम्पन्न भएको छ ।

उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोर (४४५ किलोमिटर) को गैडाकोट-राम्दी-मालढुंगा खण्ड २४५ किलोमिटरमध्ये चालु आवको फागुनसम्म १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

२०७७ असारसम्म बेनी-जोमसोम-कोरला खण्डको १८६ किलोमिटरमध्ये १०८ किलोमिटर ग्राभेल भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३७.५ किलोमिटर ग्राभेल भई जम्मा १४५.५ किलोमिटर सडक ग्राभेल भएको छ ।

कर्णाली कोरिडो (२८० किलोमिटर) अन्तर्गत हिस्ला-सिमकोट-सल्लीसल्ला खण्डमा २०७७ असारसम्म १३० किलोमिटर र खुलालु-सल्लीसल्ला खण्डमा ११६.५

किलोमिटरगरी जम्मा २४६.५ किलोमिटर ट्रयाक निर्माण भएको थियो । चालु आवको फागुनसम्म दुबै खण्डमा गरी जम्मा ५.३ किलोमिटर थप ट्रयाक निमार्मण भई जम्मा २५१.८ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

कोशी कोरिडोर १६२ किलोमिटरमध्ये २०७७ असारसम्म ६८ किलोमिटर ग्राभेल भएको थियो । चालु आवको फागुनसम्म गथप २ किलोमिटर सडक चौडा गर्नुका साथै १०.५ किलोमिटर सडकको सर्भे सम्पन्न भएको छ ।

तराई मधेशका जिल्ला हुँदै भारतीय सीमासँग जोड्ने प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकमध्ये चालु आर्वको फागुनसम्म रानी-विराटनगर-इटहरी खण्डमा ९ किलोमिटर, जटही-जनकपुर-ढल्केवर खण्डमा २.७ किलोमिटर, वीरगञ्ज-पथलैयाँ खण्डमा ७.७५ किलोमिटर, वेलहिया-बुटवल खण्डमा ०.३५ किलोमिटर र मोहना-अतरिया खण्डमा ६.९२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

झापाको शन्तिनगरदेखि डडेलधुराको रुपालसम्म निर्माणधीन मदन मण्डारी राजमार्ग (१ हजार २८४ किलोमिटर) अन्तर्गत धरान-हेटौडा खण्डको २९३ किलोमिटरमध्ये २०७७ असारसम्म १६३ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । चालु आवको फागुनसम्म ३८ किलोमिटर सडक थप कालोपत्रे भई यस खण्डको जम्मा २०१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।


क्लिकमान्डु