आपूर्ति श्रृंखलामा देखिएका अवरोधः के हामी भयंकर मूल्यवृद्धिको चपेटामा पर्दैछौं ?



एकवर्ष पहिले कोरोना महामारीका कारण विश्व नै भयग्रस्त थियो । अवस्थामा यतिबेला केही सुधार त आएको छ । तर, सोचेजस्तो भने छैन । संसारमा केही देशमा राहत महशुस भएपनि बाँकी विश्व भने उस्तै अवस्थामा रहेको छ । खासगरी उपभोक्ताहरु भयग्रस्त थिए र छन् पनि ।

आज पुनरुत्थानको अवस्थामा पनि उनीहरुमा त्यस खालको भय नै देखिन्छ । किनकी उनीहरु यतिबेला पनि आफूलाई आवश्यक पर्ने सामान स्टक गर्न लागीपरेका छन् । म्याट्रेस उत्पादक कम्पनी जो कार निर्माताहरुका लागि काम गर्छ, त्यसले समेत मालवस्तु स्टक राख्न थालेका छन् ।

कोरोनाका कारण आपूर्ति श्रृंखलामा अवरोध आयो । यातायातमा देखिएको बोटलनेक तथा मूल्यमा भएको वृद्धिले समेत विश्वव्यापी अर्थतन्त्रलाई एक खालको प्रभाव पारेको थियो । तामा, फलाम र स्टिल, मकै, कफी, गुहँ र भटमासमा त्यस्तै भयो ।

काठ, प्लास्टिक र प्याकेजिङ उद्योगमा समेत यी र यस्तै समस्या देखिए । इञ्जिन र जेनेरेटर निर्माता कम्पनीका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतटोम लाइनबर्गरले एक महिना पहिले भनेका थिए, ‘ग्राहकले आफूहरुले प्राप्त गर्न सक्ने सबै कुरा प्राप्त गर्ने कोशिस गरिरहेका छन् । किनभने उनीहरूको माग उच्च छ ।’

इन्डियानास्थित एक कम्पनी कोलम्बसका अध्यक्ष कोलम्बस जेनिफर रुम्सेले भने, ‘उनीहरू सोच्छन् कि यसले अर्को वर्षसम्म पनि बिस्तार हुनेछ ।’

ठूलो क्रन्चका बीचमा सन् २०२१ मा पनि आपूर्तिमा अवरोध कामय रहनेछ । त्यसको भिन्नतामा देखिएको तथ्यांक पनि यसको पूर्णपरिमाण हो । र, तथ्य यो छ कि जहाँसम्म केही भन्न सकिन्छ । स्पष्ट दृष्य जस्तै । जसले केही ठूला वा साना केही व्यवसाय बचाइन्छन् । र, चलाइरहन्छन् ।

युरोपका ट्रकको सबैभन्दा ठूलो सञ्जालका एक अधिकारी भन्छन् त्यहाँ पर्याप्त क्षमता पाउनका लागि पनि प्रकारको संघर्ष जारी छ ।

क्यालिफोर्नियाको एक बेभरेज कर्पोरेशनले कच्चा पदार्थको सामना गर्दैछ । हङकङको ठूलो कम्पनी मोमाक्स टेक्नोलोजी लिमिटेडले सेमीकन्डक्टरको अभावका कारण नयाँ उत्पादनमा ढिलाइ गर्दैछ ।

परिस्थितिलाई अझ विकराल पार्ने विपत्तिहरू असामान्य रूपमा लामो र बढ्दो अवस्था रहेको छ । जसले हालका महिनामा आम रुपमा हल्लाएको छ । सुएज नहरमा एक पानीजहजाको दुर्घटनाले गत मार्चमा ग्लोबल सिपिङमा समस्या देखा पर्यो । यसले पनि हामीलाई सिकाएको तथ्य के हो भने आपूर्ति श्रृंखला कति महत्वपूर्ण छ ।

यस्तै, संसारका केही देशमा लामो र भयंकर खडेरीले कृषि बालीहरूको विनाश गरेको छ ।

गत फेब्रुअरीमा अमेरिकाका एक दर्जन बढी राज्यमा ठूलो हिमपात र हिमआँधी आउदा ऊर्जा र पेट्रोलियम पदार्थमा समस्या देखा पर्यो । दुई हप्ताभन्दा पहिले, ह्याकरहरूले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा आक्रमण गरे । त्यसबाट पेट्रोलियम पदार्थको मूल्य सन् २०१४ पछि प्रतिग्यालेन ३ डलरले वृद्धि भयो ।

सबैजना समस्या केही महिनामा समाप्त हुँदैछ भनेर सोच्ने गरेका छन् । केही हदसम्म यो सही पनि होला । तर, अमेरिकाको आर्थिक संकेत पनि त्यसमा जोडिन्छ । जसलाई लजिस्टिक व्यवस्थापनको सूचकांकको रूपमा पनि हेरिन्छ ।

हालै एक आपूर्ति सर्वेक्षणमा पनि यातायात र गोदाम खर्च कहाँ कहाँ जोडिन्छ भन्ने थियो । त्यसमा आपूर्ति चेन प्रबन्ध गर्ने तीन प्रमुख घटकका बारेमा कुरा गरिएको थियो । त्यसमा लागत र अन्य विषय समेत जोडिएर आएका थिए ।

कोलोराडो स्टेट युनिभर्सिटी कलेज अफ बिजनेसका सहायक प्रोफेसर ज्याक रोजर्सका अनुसार त्यसबाट सूचांक संकलन गर्न मद्दत पर्याएको छ । यो एउटा प्याराडाइम सिफ्ट हो । विगतमा, ती तीन क्षेत्रहरू कम लागत र विश्वसनीयताका लागि अनुकूलित थिए ।

आज, इ–कमर्श कम्पनीले पनि सामानको माग बढ्दै जाँदा, गोदामहरू शहरी क्षेत्रको सस्तो बाहिरी इलाकाबाट प्राइम पार्किङ भएका सहरी क्षेत्र वा खाली डिपार्टमेन्ट स्टोरमा भण्डारण गर्न थालिएको छ । जहाँ वितरण छिटो बनाउन सकिन्छ । यद्यपि त्यसमा सम्पत्ति, श्रम र उपयोगिताको साथ काम पनि भएको छ ।

एकपटक महामारीको पहिले दायित्वका रूपमा हेरिए पछि, केही नयाँ चलन चल्ती पनि देखिएको छ । यातायात लागतमा पनि अन्यको तुलनामा अधिक माग नभएसम्म हल्का हुँदैन ।

मुख्यतः मानिसले हामीलाई अपेक्षा गर्न भनेको कुरा यो हो कि मागलाई मिल्दो ठाउँसम्म पुर्याउन गाह्रो हुनेछ । रोजर्स भन्छन्–त्यसकारण पनि हामीमा केही मूल्य बढेको देख्न सकिन्छ । त्यो अर्को १२ महिनापछि पनि त्यस्तै रहन्छ ।

गत अप्रिलमा खाद्यान्न र इन्धन बाहेक अमेरिकी उपभोक्ता मूल्यहरूको सूचकांक सन् १९८२ पछि उल्लेख्य बिन्दुमा बढ्यो ।

कारखानामा नै अमेरिकी उत्पादकले निर्धारण गरेको मूल्य नै अर्थशास्त्रीले अपेक्षा गरेभन्दा बढी देखिएको छ । जबसम्म कम्पनीहरूले यो लागत उपभोक्तासँग पास गर्दैनन् वा उत्पादकत्व बढाउँदछन्, यसले उनीहरूको नाफा मार्जिनमा मात्रै खानेछ । पर्यवेक्षकहरूले बढ्दो समस्याको चेतावनी दिएका छन् । त्यसमा सबैभन्दा ठूलो विषय भनेको मुद्रास्फीतिको द्रुत गति ।

विश्वको कूल क्यापिटल, केन्द्रीय बैंक, कारखाना र सुपरमार्केटमा पनि पर्याप्त मात्रामा खतरा छ । अमेरिकाको फेडरल रिजर्भले मुद्रास्फीति रोक्न ब्याज बढाउने वा नबढाउने भन्ने बारेमा केही नयाँ प्रश्नहरूको सामना गरिरहेको छ । यो राजनीतिक जोखिम अमेरिकी राष्ट्रपति जो वाइडेनको खास खर्च योजनालाई पनि विचलित पार्ने खतरा पनि उत्तिकै छ ।

तपाईंले यी सबै कारकहरू पहिल्याउनुहुन्छ । र, यो त्यस्तो वातावरण हो जुन मुद्रास्फीतिको लागि भइरहेको छ । एक अमेरिका केन्द्रित सफ्टवेयर तथा सेवा प्रदायक कम्पनीका प्रमुख अधिकारी डेभिड ल्याण्डोले पनि पछिल्लो अवस्था हेर्दा मुद्रास्फीतिको मात्रामा वृद्धि हुने केही आधारका बारेमा बताएका छन् ।

मुद्रास्फीतिको दबाबबाट नीति निर्माताहरूले पनि खास केही गर्नुपर्ने देखिन्छ । केही आशा गर्ने वा नगर्ने भन्ने बारेमा पनि केही कारणहरू उनीहरुले प्रस्तुत गरेका थिए । फेडका गभर्नर लाएल ब्रेनार्डले हालै भनेका थिए कि सक्रमणकालीन वृद्धिमा पनि धैर्य हुनुपर्दछ ।

केही अवस्था तुलनात्मक रूपमा दोष लगाइने र वर्षौंदेखि मूल्यवृद्धिमा नै लागेको केही कम्पनीले उनीहरूको बारेमा अब सचेत रहने छन् । त्यसबाहेक, अमेरिकी खुद्रा बिक्री गत अप्रिलमा रोकियो । गत जुन महिनाको शुरुमा भएको तीव्र बृद्धिपछि वस्तुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

स्वतन्त्ररुपमा खुद्रा विक्रेतामा उत्पादन बेच्ने कम्पनीका उपाध्यक्ष वोलकिन भन्छन्– पछिल्ला केही महिनामा यो नियन्त्रण बाहिर गएको छ । हामीले यस्तो कहिल्यै देखे भोगेका छैनौं ।

बहुराष्ट्रिय कम्पनीहरूले पनि डिजिटल आपूर्ति प्रबन्धन प्रणाली अपनाएका छन् । उनीहरूको अनुगमन गर्ने टोलीले मात्रै त्यसको सामना गर्ने प्रयास गरिरहेका छन् ।

काठ, तामा, फलाम र इस्पातको मूल्य हालैका महिनामा बढेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनकाबीचमा पनि समस्या छ । कच्चा तेलको मूल्य बृद्धि पनि भएको छ । प्लास्टिक, रबर र रसायनसम्मका औद्योगिक सामग्रीको मूल्य बढेको छ ।

खाद्यान्न लागत पनि बढिरहेको छ । विश्वको सबैभन्दा बढी खपत हुने खजुरको रुखबाट बन्ने एक प्रकारको तेलमा समेत १३५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम पनि त्यस्तो मूल्यवृद्धिका कारण प्रभावित भएको बताइन्छ । मौसमको चिन्ता एकातिर छ ।

जटिलताका बीचमा पानि अमेरिकी अर्थव्यवस्थामा तीव्र सुधार हुने देखिएको छ । त्यसको प्रमाण क्यालिफोर्नियाको समुद्री तटमा तैरिरहेको दर्जनौं कन्टेनर जहाजहरूले पुष्टि गर्दछ ।

ओकल्यान्डदेखि लस एन्जलसको बन्दरगाहमा अफलोडको लागि उनीहरु पर्खिरहेका छन् । धेरैजसो सामान चीनबाट आइरहेछ, जहाँ गत हप्ता सरकारी तथा सामान उत्पादकहरुले गत अप्रिलमा सामानको मूल्यमा सबैभन्दा वृद्धि भएको देखाएका थिए ।

विश्व व्यापार श्रृंखलाका एक जानकार वल्कन भन्छन् – यो एक दीर्घकालीन विषय हो । किनकी केही समयमा नै ठूलो मुद्रास्फीति आउँदैछ । तपाईंले यसलाई पार गर्नुभयो भने त्यसले तपाईंलाई उतार्नेछ ।
के अब हामी मुद्रास्फितीलाई मूल्यवृद्धिका रुपमा वा अन्य कुनै रुपमा हेर्छौ । यो विषय भने झनै महत्वपूर्ण छ ।

(दि इकोनोमिक्स टाइम्समा हालै प्रकाशित एक आलेखको भावानुवाद)


पुष्प दुलाल