कोरोनाविरुद्धको खोप बनाउने घोडा व्यापारीका छोरा साइरस पुनावाला १३ अर्ब डलरका मालिक



एजेन्सी । दक्षिण एशियामा कोरोनाको खोप बनाउनेमा भारत अग्रपंक्तिमा छ । तर, भारत आफैं कोरोनाको कहरमा नराम्ररी फसेको छ । दैनिक ४ हजार बढीको ज्यान गइरहेको छ ।

संक्रमित हुनेहरुको संख्या पनि हजारमा होइन, लाखमा छ । यस्तो बेला कोरोनाको खोप बनाउने सीरम इन्स्टिच्यूट चर्चाको शिखरमा छ । सो कारखानाले नेपाललाई समेत कोरोनाको खोप दिने प्रतिवद्धता जनाएको थियो ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमात्रै नभई बंगलादेशसमेत मर्कामा परेको छ । नेपालले पहिलो खेपमा १० लाख डोज खोप अनुदानमा पाएको थियो । यस्तै, २० लाख डोजमध्ये १० लाख डोजमात्रै आएको छ ।

यस्तै, बाँकी रहेको १० लाख डोज आगामी पुसभन्दा पहिले दिन नसकिने बुधबारमात्रै सीरम इन्स्टिच्यूटले जनाएको छ । सो उद्योगमा आगो लागेको जनाउँदै खोप निर्यात गर्न नसकिने उसको भनाइ छ । त्यसो त भारतीय जनतालाई नदिई अरुलाई दिन नसकिने उसको भनाइ छ ।

यो भयो, खोपको कुरा ।

हामी यसका मालिकको बारेमा जानकारी दिने प्रयास गरेका छौं । सीरम इन्स्टिच्यूटका मालिक हुन साइरस पुनावाला । भारतका १० धनीमध्ये साइरस पुनावाला शीर्ष ६औं नम्बरमा रहेका छन् ।

उनको कूल सम्पत्ति १३.५ बिलियन डलर रहेको छ । उनले १९६६ मा सीरम इन्स्टिच्यूट स्थापना गरेका थिए । उनको कम्पनी संसारभर नै प्रख्यात छ । सोही कम्पनीले इन्फ्यूजा, पोलियोलगायतका एक दर्जन बढी रोगको खोप उत्पादन गर्छ ।

उनी विश्वका धनीहरुको सूचीमा १७९औं स्थानमा रहेका छन् । उनको नाम हरेक पटक फोर्ब्सको सूचीमा देखिन्छ । कुनै समय पुनावाला भारतका सबैभन्दा धनीहरुमध्ये चौथो स्थानमा थिए । फोर्ब्सको सूची अनुसार हाल उनी छैटौं स्थानमा छन् ।

उनको जीवनमा उनले गरेका केही कामले असफलता पनि पाए । तर, उनले कहिल्यै हार खाएनन् । उनी लगातार आफ्नो काममा प्रतिवद्ध भएर लागे । अर्थात् लामो दौडको घोडाजस्तै ।

कहिले सफल भए त कहिले असफलताको नमिठोे स्वाद समेत चाखे । तर, उनी भारतलगायत दक्षिण एशयिाकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनीको मालिक समेत बनेका छन् । कोरोनाको सबैभन्दा सस्तो खोप बनाउने कम्पनीका प्रमुखकारुपमा समेत उनी परिचित छन् ।

सुरुमा प्रतिडोज ४०० भारु तोकिएको भए पनि पछि त्यसलाई ३०० भारुसम्म दिने गरी आवश्यक व्यवस्था मिलाएको कम्पनीको भनाइ छ । नेपालमा सोही कम्पनीको खोप प्रतिडोज ४ अमेरिकी डलरमा खरिद गरिएको थियो । कोभिसिल्ड नाम दिइएको उक्त खोप प्रभावकारी मध्येका एक रहेको दावी गरिन्छ ।

एक बेलायती कम्पनीसाग मिलेर सीरमले भारतमा नै खोप बनाएको हो । उनको पूरा नाम साइरस एस पसनावाला हो । सन् १९४१ मा भारतको पुनेमा जन्मिएका उनको उमेर ८० पुगेको छ । औषधी निर्माण व्यवसायका अलावा खोप उत्पादनमा अग्रणी मानिएको कम्पनीको प्रमुख हुनु आना लागि खुसीको कुरा भएको उनी बार बार बताउने गरेका छन् ।

सन् २००५ मा भारतको प्रख्यात पद्यमश्री अवार्ड पाएका पुनावालाले लाइफ टाइम अभिभमेन्ट अवार्डसमेत पाएका छन् । उनी पारसी धर्म मान्छन् । केहीले उनको सम्पत्ति २९५ मिलियन डलर रहेको समेत बताउने गरेका छन् ।

उनको जन्म भारतको पूनेमा फारसी परिवारमा उनको जन्म भएको थियो । पुनावालामा पिता सोली ए पुनावाला तथा माता गुल पुनावाला त्यस समय घोडाको वयापार गर्दथे ।

साइसरको जन्म भएपछि उनलाई कुनै पनि कुराको कमी हुन नदिई अध्ययनमा लगाए । उनलाई पढाएर ठुलो मान्छे बनाउन चाहन्थे । उनको उक्त सपना आज पूरा भएको छ । किनकी, आज सारा विश्वले पुनावालाको बारेमा जान्दछ ।
साइरस पुनावालाको पत्नी विल्लो पुनावाला, छोरा अधर पुनावाला हुन् । साइरस काफी मात्रामा मिजासिला व्यक्तिका रुपमा परिचित छन् ।

एक अन्तरवार्तामा उनले भनेका थिए- जब मेरो परिवारको साथमा रहन्छु, तब म असाध्यै खुसी हुन्छु । उनको पत्नी विल्लोको सन् २०१० मा निधन भयो । आफनो पत्नीको निधनपछि उनी बिछिप्त भए ।

तर, उनले आफूलाई सम्हाले । उनले आम मानिसको भलाईका लागि नै काम गर्ने सोचलाई अझै दरिलो बनाए । किनकी, त्यसबाट नाम र दाम दुवै प्राप्त हुन्थ्यो । उनले पत्नीको नाममा एक फाउण्डेशन स्थापना गरे । जसबाट गरिब देश, गरिब जनतालाई निःशुल्करुपमा वा थोरै शुल्क लिएर खोप लगाउने वा खोप दिने काम गर्दछ ।

साइरसले आफनो उमेर बढ्दै गएपछि आफूले गर्दे आएको काम आफ्ना छोरालाई जिम्मा लगाए । आफनो कम्पनीको काम छोरालाई दिएपनि उनी पनि त्यसको हेरविचार गरिरहेका छन् ।

उनका छोरा अधर पुनावाला यसितबेला सीरम इन्टिच्यूटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । साइरस पुनावालाले दि विशप स्कूल पुनेमा पढे भने कलेज वृहन महाराष्ट्र कलेज अफ कमर्शमा पढे ।

उनको जीवनमा पैसाको कमी भने थिएन । किनकी, उनी राम्रो कलेज वा विद्यालयमा पढ्न सक्नेमध्यका एक थिए । उनले आफनो घोडाको व्यापारबाट नै व्यापारिक सोचलाई अगाडि बढाएका थिए ।

जब साइरस पुनावालाको पढाई पूरा भयो, तब उनका पिताले उनलाई पनि घोडाको व्यापारमा अगाडि बढाउने सोच राखेका थिए । तर, उनी तीव्र रफ्तारमा पैसा कमाउन चाहन्थे ।

उनलाई उक्त व्यवसायको भविस्य नभएको लाग्न थाल्यो । घोडा दौडको जमाना सकिन लागेको उनलाई लागेको थियो । उनले कारको व्यवसाय गर्न शुरु गरे । आफना साथीसँग मिलेर उनले १२० डलरमा एउटा कार बनाए ।

तर, उनको यो योजना समेत असफल भयो । साइरसलाई अघिबढ्नु थियो । किनकी, उनलाई अरु मानिसलाई केही न केही दिनु थियो । खासमा यस्तो चिज दिनु थियो कि जसले धेरै मानिसलाई काम लागोस् र आफूले समेत राम्रो पैसा कमाउन सकियोस् । साइरसलाई कोही कसैले भनेको थियो घोडाबाट एक प्रकारको खोपजस्तै औषधी बनाउन सकिन्छ ।

उनले आफनो साथमा भएका घोडालाई सीरमको औषधी बनाउने विचार गरेका थिए । तर, उनलाई कसरी काम गर्ने होला भनेर कुनै सोच भने आएको थिएन । त्यस समयमा महाराष्ट्रमा हाफकिन इन्टिच्यूटले खोप बनाएको छ भन्ने थाहा पाए ।

तर, त्यो खोप असाध्यै महंगो थियो । त्यसपछि उनले सोचे कि हामीले सस्तो र राम्रो खोप किन नबनाउने ?

सन् १९६६ मा साइरसले खोपको बारेमा पूर्णरुपमा जानकारी प्राप्त गरे । त्यो उनको काम शुरु गर्ने समय आएको थियो । उनले महाराष्ट्रको हाफकिनबाट १० वैज्ञानिक तथा चिकित्सलाई काममा लगाए र खोप निर्माण गर्न शुरु गरे । सो समयमा आसाध्यै साधारण खालको औषधी मात्रै निर्माण हुन्थ्यो । उनले असाध्यै मेहनत गरे र पहिलो पटक टिटानसको खोप बनाए । उनको प्रयोग सफल भयो ।

उनको खोज भारतलगायत विश्वका धेरे देशका लागि आवश्यक थियो । सरकारले समेत साथ दियो । सरकारी अस्पतालमा त्यसको वितरण गर्ने अनुमति प्राप्त भयो । सीरम इन्टिच्यूटको आफ्नै भाग्य बदल्ने कामसमेत त्यसले गर्यो ।

जब सीरम इन्टिच्यूटले टिटानसको खोप निर्माण गर्यो, त्यसपछि सरकारबाट नै सहयोग प्राप्त भयो । उनलाई देश विदेशमा टिटानसको खोप निर्यात गर्ने स्वतन्त्रता प्रदान गर्यो । त्यस समयमा उक्त खोपको असाध्यै धेरै माग थियो ।

उनले असाध्यै सस्तो मूल्यमा खोप बनाएर दिने काम गरे । त्यसपछि उनले सर्पको विष हटाउने खोप बनाए । डिप्थीरिया टिटानस, डिपिटी, बिसीजी मिजल्स एमएमआर, रोटाभाइरस लगायतको खोप बनाए । आजको दिनमा सीरम इन्स्टिच्यूट अफ इण्डिया औषधी बनाउने कम्पनीहरुमध्ये सबैभन्दा पहिलो नम्बरमा आउँछ ।

उनले हरेक वर्ष औसतमा २९५ मिलियन डलर कमाइ गरिरहेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ । कोरोनाको कहरपछि सबैभन्दा बढी पैसा कमाउने कम्पनीको रुपमा समेत सीरम स्थापित भएको छ । संसारभर नै उनलाई खोपको राजाको रुपमा मान्छन् ।

उनलाई सो नाम बिल गेट्सले दिएका थिए । आजसम्म पनि उनलाई खोपको राजाका रुपमा नै आम मानिसले चिन्छन् । आम मानिसलाई यतिबेला पनि थाहा छ, उनी कोरोना भाइरसको खोप निार्मता हुन् ।

कोभिसिल्डका निर्माण गरेर उनले सावित गरिदिए कि जस्तो सुकै रोगबाट पनि मानिसलाई बचाउन सकिन्छ । आज उनले भारत सरकार, भारतीय नागरिकका अलावा, आम विश्वलाई समेत खोप दिने बताएका छन् ।

कोभिसिल्ड बनाएर उनले पुनः आफूलाई एक सफल खोजकर्ता वा अनुसन्धानकर्ताको रुपमा परिचित गराएका छन् । उनी महान व्यक्तिको श्रेणीमा आएको भारतीयको दावी छ । उनले देशको तरक्कीका लागि जे जति काम गरेका छन्, जसले संसारभमा अनेकन रोगविरुद्ध लड्ने शक्ति दिएका छन् ।

साइरसका छोरा अधर पुनावाला

पछिल्लो पटक सीरममा आगलागी भयो । सोही कारण खोप उत्पादनमा समस्या भयो । सिरम इन्स्च्यिूटका प्रमुख कार्यकारी अधिकृत अधर पूनावालाले खोप उत्पादनमा देखिएको समस्या क्रमशः हटाउँदै उत्पादन बढाउने दावी यसबीचमा गरेका छन् ।

भारतमा खास गरी सिरम इन्स्च्यिूटको कोभिसिल्ड तथा भारत बायोटेकको कोभ्याक्सिन नामक कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको छ । यी दुई खोपको दुई-दुई डोज दिनुपर्नेछ । कयौं राज्यमा खोपको मात्रा नै पुगेको छ । खोपको तेस्रो चरणमा खोप अभियान हालसम्म शुरु हुन सकेको छैन ।

कोभिसिल्ड उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृत पूनावालाले आफूहरु असाध्यै दबावमा रहेको बताएका छन् । उनले हरेक महिना ५० देखि ६५ मिलियन डोज उत्पादन भइरहेको जानकारी दिए । त्यसमा १०० मिलियन डोज केन्द्र सरकारलाई र ६० मिलियन डोज निर्यात गर्ने उनको भनाइ छ । उनले खोप आवश्यक पर्ने भारतीयलाई उपलब्ध गराउन आफूहरु प्रयासरत रहेको उल्लेख गरेका छन् ।

पूनावालाले आगामी जुनसम्म उत्पादन बढाउने हो भने ३ हजार करोड थप लगानी आवश्यक पर्ने जनाएका छन् । खास गरी खोपको मूल्य २० अमेरिकी डलर बराबर पर्ने देखिएको छ ।

पूनावालाले थप ३ हजार करोड लगानी उपलब्ध भए थप ८५ दिनमा क्षमता विस्तार हुने बताएका छन् । यस्तै बैंकहरुसँग ऋणको विषयमा समेत कुराकानी भएको छ ।

पूनावालाले मासिक १० करोड डोज खोप उत्पादन गर्ने गरी क्षमता विस्तारमा लागेको र त्यसो भए मात्रै आवश्यकता परिपूर्ति हुने जनाएका छन् । पछिल्ला दिनमा भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि यसअघि गरिएको सम्झौता के गर्ने भन्ने बारेमा समेत छलफल जारी रहेको उनको भनाइ छ ।

यस्तै रसियन खोप स्पुतनीक भी भारतमा उत्पादन गर्ने विषयमा समेत कुराकानी भइरहेको र त्यसको अनुमति आवश्यक रहेको पूनावालाको भनाइ छ ।

भारतले ८ करोड ३० लाख बढी खोप लगाइसकेको छ । गत जनवरी १६ देखि हालसम्मको तथ्यांक हो यो । यस्तै, अमेरिकाले ७९ दिनमा ७९.११ मिलियन डोज खोप लगाइसकेको छ ।


क्लिकमान्डु