प्लाज्मा थेरापीमार्फत् कोरोनाको उपचार गर्ने प्रणालीमाथि भारतमा रोक, नेपालमा के होला ?



एजेन्सी । भारत सरकारले प्लाज्मा थेरापीमार्फत् कोरोनाको उपचार गर्ने पद्दतिलाई रोक लगाएको छ ।

प्लाज्मा थेरापी विधि प्रभावकारी नभएको भन्दै रोक लगाइएको त्यहाँको सरकारी निकायहरुले पुष्टि गरेका छन् । इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आरसिएमआर)ले सोमबार अबेर कोरोनाको उपचार गर्ने क्लिनिकल गाइडलाइन परिवर्तन गरेको हो ।

आरसिएमआरका अनुसार प्जाज्मा थेरापीले कोरोना संक्रमितको अवस्थामा सुधार हुने कुनै खास आधार देखा परेन । सोही कारण हामीले प्लाज्मा थेरापीको सबै विधि बन्द गरिएको बताइएको छ ।

आरसिएमआरका राष्ट्रिय टास्क फोर्स तथा स्वास्थ्य मन्त्रालयका विशेषज्ञले कोरोनाको उपचारमा जोडिएको गाइडलाइनको समय समयमा अपडेट हुने बताए ।

जबकी सूचीकृत चिकित्सकले भने टास्क फोर्सको सिफारिसको पालना गर्ने वा नगर्ने भन्ने विषय अवस्था हेरेर निर्धारण गर्नेछन् र त्यो अनिवार्य छैन ।

आरसिएमआरले पछिल्लो वर्ष कोरोनाका ४०० बिरामीको प्लाज्मा थेरापीको ट्रायल गरिएको जनाएको छ । त्यसबाट खासै फाइदा नभएको बताइएको छ । त्यसका बाबजूत पनि प्लाज्मा थेरापीको उपचार विधिमा सो पद्दतीलाई राखिएको छ । प्रयोग पनि भइरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा भने कयौं परीक्षणबाट प्लाज्मा थेरापीबाट फाइदा भए नभएको बारेमा आ आफनै खालका दावी रहेका छन् । अधिकांशले त्यसबाट फाइदा नभएको बताएका छन् ।

मेडिकल जर्नल लासेन्टका अनुसार ५००० हजार बिरामीको परीक्षणमा आधारित शोध प्रकाशित भएको छ । त्यसमा पनि भनिएको छ कि प्लाज्मा थेरापी कोरोनाका बिरामीलाई खास अर्थमा फाइदाजनक नभएको उल्लेख छ ।

आरसिएमआरको क्लिनिकल गाइडलाइनमा पनि हल्का लक्षणको बिरामीका लागि आइवर मेक्टिन था हाइड्रोक्सोक्लोरोक्वीन औषधीको प्रयोग गर्न सकिने उल्लेख छ । यी दुई औषधीको प्रयोगबाट पनि कोरोनाका बिरामीलाई खास अर्थमा फाइदा भएको कमै मात्रामा प्रमाण फेला परेको छ । केही देशमा भने ती औषधीको प्रयोग भइरहेको छ ।

प्लाज्मा थेरापीको उपचार पद्दती यस धारणामा आधारित रहेको छ कि कुनै बिरामी खास अर्थमा ठीक भएपछि उसको शरीरमा एक प्रकारको प्रतिरोधी एन्टिबडी बनेको हुन्छ । सोही एन्टिबडी झिकेर अर्को बिरामीलाई दिइन्छ र उपचार गरिन्छ । सोही एन्टिबडीको मद्दतबाट कोभिड १९ का बिरामीलाई उपचार गरिने भएकाले सहज हुन्छ भन्ने मान्यता रहेको छ ।

तर, खास अर्थमा प्लाज्मा थेरापीको खास उपदायेता नभएको भन्दै धेरै खोजहरुमा शोध प्रकाशित भएपछि त्यसलाई रोक लगाउनुपरेको हो । नेपालमा पनि सोही विधिबाट केही कोरोनाका बिरामीको उपचार भइरहेको छ । त्यसबाट कस्तो प्रतिक्रिया प्राप्त भएको छ भन्ने बारेमा खासै शोध भएको छैन ।


क्लिकमान्डु