चिनियाँ जहाजका कारण निगमलाई ९ अर्ब घाटा, सुरज वैद्य थिए जहाजको एजेन्ट



काठमाडौं । कोरोना महामारीको समयमा कमिसनको लोभमा भारतबाट खोप ल्याउन रोकेको आरोप लागेका व्यवसायी सुरज वैद्यको यतिबेला चर्चा चुलिएको छ ।

सुरज वैद्य, उनकी पत्नी ऋतुसिंह र विजय दुगडले खोपमा कमिसन नपाएपछि भारतबाट ल्याउने भनिएको खोप रोकेको आरोप यतिबेला उनले खेपिरहेको छन् । जसबारेमा चौतर्फी आलोचना समेत भइसकेको छ ।

वैद्यलाई प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र तथा सल्लाहकारका रुपमा पनि चित्रण गरिएको छ ।

प्रधानमन्त्री ओलीको आशीर्वादमा उनले यतिसम्म चलखेल गर्न सफल भएको टिप्पणी पनि गरिएको छ ।

प्रधानमन्त्री ओली र वैद्यबीचको सम्बन्ध नयाँ भने होइन । यसअघि राम्रो सम्बन्ध भएकै कारण ओलीले वैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक समेत बनाएका थिए ।

त्यसअघि नेपालमा आइफा अवार्ड गर्नका लागि पनि प्रयास गर्ने र ओलीलाई मनाउनेमा वैद्य नै सहभागी थिए । ओलीले तत्कालीन समयमा कुनै पनि हालतमा नेपालमा आइफा अवार्ड गर्ने भन्दै आएका पनि थिए । त्यति मात्रै होइन नेपालमा चिनियाँ विमान ल्याउन पनि महत्वपूर्ण भूमिकामा वैद्यको नै रहेको थियो ।

यी तिनै चिनियाँ विमान हुन् जसले नेपाल वायुसेवा निगमलाई हालसम्म घाटा नै घाटा गराएको छ । ६ वटा विमान आजसम्म एकसाथ चल्न सकेका छैनन् । जसलाई निगमले गत साउन १५ गतेदेखि सम्पूर्ण चिनियाँ विमानको व्यवसायिक उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।

मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

विमान खरिद गर्दा ६ अर्ब ६० करोड रुपैयाँ र हालसम्म २ अर्ब ३० करोड रुपैयाँ गरी हालसम्म चिनियाँ विमानबाट मात्रै ८ अर्ब ९० करोड रुपैयाँ घाटा भएपछि अब विमान नचलाउने निर्णय निगमले गरिसकेको छ ।

चीन सरकारको सहयोगमा प्राप्त भएका २ वटा विमान एमए६० र वाई १२ र सहुलियतपूर्ण कर्जामा प्राप्त बाँकी ४ वटा एउटा एमए६० र ३ वटा वाई१२ विमान ल्याएदेखि घाटामा गइरहेको भन्दै सञ्चालन बन्द गर्ने निर्णय गरिएको एक वर्ष पुग्न थालेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि आव २०७४/७५ सम्म ६ वटा चिनियाँ विमानबाट हालसम्म १ अर्ब ९० करोड रुपैयाँ घाटा भएको छ ।

त्यसैगरी आव २०७५/७६ सम्म थप ४३ करोड रुपैयाँ घाटा गरी कुल २ अर्ब ३३ करोड रुपैयाँ निगमलाई घाटा भइसकेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा २ वटा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा मात्रै ९१ करोड ४५ लाख ६५ हजार ८२ रुपैयाँ निगमलाई खुद नोक्सानी भइसकेको छ । निगमले ठूलो घाटा भइसकेपछि मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनु पर्ने समेत उल्लेख गरेको छ ।

चिनियाँ विमानहरु सञ्चालनको प्रयास गर्दा मात्रै पनि बीमा शुल्क, क्रु मेम्बरका लागि हुने खर्च तथा पिरियडिक मेन्टिनेन्स फर एयर वर्थिनेस खर्च मात्र गरी वार्षिक ५० करोडभन्दा बढी खुद घाटा हुने देखिएको थियो । हाल ६ वटा चिनियाँ विमान सबै ग्राउन्डेड छन् ।

यसका अतिरिक्त चिनियाँ विमान विस्थापन गर्दा अबरुद्ध हुने आन्तरिक उडालाई सूचारु गर्न इन्टिग्रेटेड डोमेस्टिक विजनेस प्लान विथ रिप्लेसमेन्ट प्लान अन्तर्गत एमए ६० र वाई १२ विमान प्रतिवेदन तयार गरी लागू गर्ने समेत निर्णय निगमले गरेको छ ।

धेरै खर्चिलो भएपछि बन्द चिनियाँ विमानको बीमा रकम अन्य विमानको तुलनामा ३५ प्रतिशत बढी छ । चिनियाँ विमानका लागि पाइलट उपलब्ध नभएको तथा आफैले उत्पादन गर्नु परेको छ जुन निगमसँग

हाल सञ्चालनमा रहेका एयरबस ३२० को तुलनामा महंगो छ ।

विमानको स्पेयर पार्टस समेत समान क्षमताका अन्य विमानको तुलनामा ७५ प्रतिशत महंगो छ । विमान ग्राउन्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने गरेको साथै कतिपय अवस्थामा अर्डर गरेको पार्टस २ महिनासम्म पनि प्राप्त नभएको अवस्था छ ।

त्यसका साथै स्टोल रुटमा प्रस्तावित विमानको तुलनामा २५ देखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन छ । दुबै विमानको पाइलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान विमानको तुलनामा ४ गुणा बढी छ ।

एमए६० सिमेलुटर तालिम खर्च अन्य विमानको तुलनामा ७५ प्रतिशत बढी र टाइप रेटिङ तालिम खर्च ३० प्रतिशत बढी छ । एमए६० विमानको इन्धन खर्च अन्य समान प्रकृतिको विमानको तुलनामा दोब्बर र वाई१२ विमानको ५० प्रतिशतले बढी छ ।


क्लिकमान्डु