वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए २२ अर्ब आयकर, कुन बैंकले कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई करिब २२ अर्ब रुपैयाँ आय कर बुझाएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गरेको आम्दानीवापत २१ अर्ब ९१ करोड २० लाख रुपैयाँ तिरेका हुन् ।

जुन गत आवको तुलनामा १५.४१ प्रतिशत अर्थात् २ करोड ९२ लाख रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले १८ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ सरकारलाई आयकर वापत बुझाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रवाधान गरिएको छ ।

नेपालमा कुनै पनि संस्थाको वार्षिक आयकर १० हजार रुपैयाँभन्दा बढी भएमा वार्षिक अनुमानित आम्दानीको ४० प्रतिशत पुस मसान्तमा र ३० प्रतिशत थप गरी ७० प्रतिशत चैत मसान्तमा र असार मसान्तमा सत प्रतिशत बुझाउनुपर्छ ।

अनुमानित आम्दानीबाट बुझाइएको आयकर वास्तविक आम्दानीभन्दा कम हुन गएमा सरकारलाई १५ प्रतिशत ब्याज थप गरी अपुग कर बुझाउनु पर्ने हुन्छ । तर, अनुमानित आम्दानीभन्दा वास्तविक आम्दानी कम भएर बुझाइएको कर बढी हुन गएमा अर्को वर्षका लागि हिसाब मिलन गरिने सरकारी प्रवाधान छ ।

यसरी अनुमानित आम्दानीबाट चैत मसान्तसम्म सबैभन्दा बढी आयकर नबिल बैंकले बुझाएको छ भने सबैभन्दा थोरै सेञ्चुरी बैंकले बुझाएको छ ।

नबिल बैंकले चैत मसान्तसम्म सरकारलाई १ अर्ब ५६ करोड ६० लाख रुपैयाँ आयकर बुझाएको छ । भने सेञ्चुरी बैंकले १५ करोड ३४ लाख रुपैयाँ बुझाएको छ ।

सो अवधिमा ८ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा बढी, १४ वटा बैंकले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म र ५ वटा बैंकले ५० करोड रुपैयाँभन्दा कम आयकर सरकारलाई चैत मसान्तसम्म बुझाएका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाउनेमा नबिल बैंक १ अर्ब ५६ करोड ६० लाख, ग्लोबल आइएमई बैंक १ अर्ब ४६ करोड ३१ लाख, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, नेपाल बैंक १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंक १ अर्ब २८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंक १ अर्ब २२ करोड रुपैयाँ, प्राइम बैंक १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ र एनएमबी बैंक १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् ।

चालु आवको चैत मसान्तसम्म कुन बैंकले कति आय कर बुझाए ?


क्लिकमान्डु