किसानलाई प्रविधिसँग जोड्दै बिग हाट, स्टार्टअपले यसरी दिन्छ निःशुल्क सेवा



एजेन्सी । किसानलाई प्रविधिसँग नजोडे अब उत्पादन बढाउन सकिँदैन । भारत, नेपालजस्ता देशमा किसानको संख्या अत्याधिक छ ।

किसानलाई प्रविधिसँग जोडेर उतपादन बढाउने, उनीहरुले उत्पादन गरेको उपजलाई लागत मूल्यमा नै बजारमा पुर्याउने लक्ष्यका साथ भारतमा नयाँ स्टार्टअप शुरु भएको छ । किसानले घरमै बसेर मलखाद, बिऊ बिजन तथा प्रविधिका बारेमा जानकारी लिन सक्छन् ।

यस्तै खेतीबाट कसरी मुनाफा कमाउने भन्ने बारेमा प्राविधिकले जानकारीसमेत दिने व्यवस्था गरिएको छ । त्यसलाई प्रविधिसँग जोडेर सहज बनाउने प्रयास गरिएको छ ।

इन्जिनियरले किसानलाई प्रविधिका माध्यमबाट किसानलाई सहजरुपमा जानकारी दिनेछन् । सतीश नकुल एक मल्टीनेशनल कम्पनीमा इन्जिनियर थिए । उनी एक किसान परिवारबाट आएका थिए । पछिल्लो १७ वर्ष उनले प्रविधिको क्षेत्रमा काम गरे । उनले किसानका लागि केही काम गर्न चाहन्थे । यसै दौरान उनको भेट सचिन नन्दवानासँग भयो ।

दुवै जनालाई समहशुस भयो कि खेती किसानी गर्नेलाई प्रविधिको असाध्यै कमी छ । एकदिन उनीहरुले तय गरे कि किसानका लागि केही गर्न जरुरी छ, त्यसकारण अब हामीले नोकरी छाडौं । सोही दिन उनीहरुले अगाडि सारेको सोचका कारण पत्ता लाग्यो एग्रीटेक स्टार्टअप बिग हाट । यो एक प्रकारको स्टार्टअप प्लेटफर्म हो ।

बिगहाट एक इ–कमर्श प्लेटफर्म हो । यसले किसानलाई खेती गर्ने सुझाव सल्लाह दिन्छ ।

यस्तै, मल बिऊ तथा न्यूट्रीयन्ट जस्ता विषयमा घरमै बसेर सुझाव सल्लाह दिन्छन् । खेतीका लागि आवश्यक जानकारी दिएर किसानको समस्या समाधान गर्न सहयोग मिलेको छ । सचिनका अनुसार किसान ८० प्रतिशत समय खेतीमै लाग्छन् । २४सै घण्टा सेवा दिन्छन् । र, किसानलाई बढीभन्दा बढी सक्षम बनाउन लागेका छन् ।

एक ठूलो कम्पनीको नोकरी छाडेर सतिश र सचिनले प्रिसिजन वाटर कन्ट्रोलको एक पाइलट प्रोजेक्ट शुरु गरे । त्यसलाई किसानले असाध्यै राम्रो रेस्पोन्स दिए ।

तर, कृषि उद्योग आफनो परम्परागत च्यानलाई बदल्न चाहँदैनथ्यो । त्यस समय प्रिसिजन वाटरको बजार थिएन । त्यसबेला सो परियोजना बन्द नै गर्नुपर्यो ।

सन् २०१५ मा उनीहरुले आफनो वचतको प्रयोग गरेर बिग हाट शुरु गरे । शुरुवाती दिनमा केही प्रयोग चलीरह्यो । जुन मोडल सबैभन्दा बढी सफल रह्यो त्यो भनेको कृषि उपज बिक्री गर्ने विषय थियो । पहिलो वर्ष १ करोड भारु खर्च भयो । तर, राम्रो कुरा यो भयो कि कम्पनीले सोही वर्ष ३ करोड भारु बराबरको बिजनेश गर्यो ।

सचिनका अनुसार एकवर्ष पहिले हामीले राम्रो तरिकाले नै पैसाको व्यवस्थापन गर्ने कोशिस गर्यौ । ताकी फण्डिङ मिल्ने समयसम्म काम चल्यो । सन् २०१६ मा उनीहरुले अंकुर क्यापिटललाई आफनो सोचका बारेमा बताए । सो कम्पनीलाई महशुस भयो कि, यो काम असाध्यै राम्रो छ । यसको पहुँच १५ करोड बढी किसानलाई हुनसक्छ । त्यसपछि उसले हामीलाई लगानी दिने निर्णय गर्यो ।

स्टार्टअपले फरक-फरक समयमा फरक-फरक मोडल अपनाउँछ ।

कोरोनाको महामारीको समयमा बिग हाटले एक सञ्जिवनी बुटी बनेर आयो । अगस्ट, २०२० मा जापानको फर्म बियोन्ड नेक्स्ट भेन्चरले एक ठूलो लगानी गर्यो । हालसम्म कम्पनीमा २२ करोड भारु बराबरको फण्डिङ जुटेको छ । हाल बिग हाटमा ७० कर्मचारीले काम गर्छन् ।

बिग हाटको बिजनेश मोडल कुनै इ-कमर्श कम्पनीको जस्तै छ । यसले आफनो प्लेटफर्ममा किसानको कृषि उपजलाई जोडन सहयोग गर्छ । त्यसमा बिग हाटले केही कमिसन लिन्छ । सचिनका अनुसार गत नोभेम्बरमा किसान वेदिका, किसान सन्देश तथा किसान डाक्टरजस्ता फिचर समेत सार्वजनिक गरेको छ ।

यो सबै सेवा निःशुल्क हो । उनले भने- ‘हामी चाहन्छौ कि हाम्रो प्लेटफर्ममा किसान आए भने केही न केही खरिद गर्छन् । हामी स्टार्टअपको आधार बढाउन लागिपरेका छौं ।’

सन् २०१५ मा ३ जनाबाट शुरु गरिएको उक्त कम्पनीमा हाल ७० जनाले काम गर्छन् । ३ हजार स्क्वायर फिटको एक कार्यालय तथा ५ हजार स्क्वायरफिटको गोदाम रहेको छ । ४ विभिन्न शहरमा सानो कार्यालय रहेको छ । पछिल्लो ६ वर्षमा मात्रै सो प्लेटफर्ममा ४० लाख किसान जोडिएका छन् । कम्पनीले ३ गुणा ग्रोथ गरेको छ ।

सचिनका अनुसार ग्रामीण क्षेत्रमा समेत अब इन्टरनेट तथा मोबाइलको पहुँच पुगेको छ । उनीहरुले १५ करोड किसानमा पुग्ने लक्ष्य राखेका छन् ।

कम लागतमा बढीभन्दा बढी कृषि उपज उत्पादन गर्न सकून् भन्ने लक्ष्य राखिएको छ ।

‘हाम्रो उद्देश्य छ कि विज्ञान, तथ्यांक तथा प्रविधिको प्रयोग गरेर किसानलाई कृषि उपजको उत्पादन बढाउने तथा मुनाफा वृद्धि गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।


पुष्प दुलाल