भूकम्पपछि फुरेको सोचले जन्मिएको ‘एशियन कंक्रिटो’, निर्माण क्षेत्रमा ब्राण्ड बन्यो, निर्यात शुरु



भैरहवा । २०७२ सालमा नेपालमा शक्तिशाली भूकम्प गयो । भूकम्पले नेपालको अर्थतन्त्रमा ७ खर्बभन्दा बढीको आर्थिक क्षति पुर्यायो । भूकम्पसँगै पुननिर्माणको देश चरणमा प्रवेश गर्यो ।

भूकम्पपछि नेपालमा उद्यमीहरुले विभिन्न खाले सम्भावना हेरे । निर्माण क्षेत्रसँग सम्बन्धित भएका व्यवसायीहरु मनिष रुंगटा, राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया र गौरब अग्रवालले पनि भूकम्पपछि निर्माण क्षेत्रको व्यवसायको नयाँ सम्भावना खोजिरहेको थियो ।

त्यही सम्भावना २०७४ साल भैरहवाबाट परासी जाने बाटोमा उद्योग लगाएर एशियन कंक्रिटोको स्थापना भयो । नवलपरासीको हुकई-१६ मा स्थापना भएको उद्योगले २०७५ सालदेखि व्यवसायिक उत्पादन थालेको हो ।

२०७२ सालमा भूकम्प आएपछि देखेको व्यवसायको सपना साकार पार्न उद्योगका संचालक जर्मनी नै पुगेका थिए ।

एशियन कंक्रिटो पूर्णरुपमा जर्मननीको मासा कम्पनीको प्लान्ट हो । मासा विश्वमा ब्लक उत्पादन गर्ने कम्पनीमा सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीको रुपमा चिनिन्छ ।

एशिसन कंक्रिटोले उत्पादन गरेको सामाग्रीमा ४० प्रतिशतसम्म वाटर वाटर हार्वेस्टिंग हुन्छ । उद्योगबाट उत्पादन भएका वस्तुत वातवारणमैत्री भएको हुँदा यसबाट बन्ने सडक चिप्लो हुँदैन ।

मासा कम्पनीलाई नेपालमा उद्योग लगाउन कन्भिन्स गर्न उद्योगका लगानीकर्तालाई समय पनि लाग्यो । एशियन कंक्रिटोका संचालकहरु जर्मनी पुगेर धेरै पटकको अनुरोधपछि मात्र मासा नेपालमा प्लान्ट लगाउन मेसिन दिन तयार भएको हो ।

अहिले पनि उद्योगको उत्पादन प्रक्रियाको बारेमा जर्मनी कम्पनी मासाले प्रत्यक्ष जानकारी लिइरहेको हुन्छ । उद्योगको प्लान्ट र अन्य ठाउँमा गरेर ३६ वटा क्यामरा जडान भएको छ । जसको प्रत्यक्ष जानकारी जर्मनी कम्पनी मासाले लिएको हुन्छ ।

एशियन कंक्रिटोले पेभर्स, ब्लक, ईटा, कर्वस्टोनलगायतका निर्माण क्षेत्रसँग सम्बन्धित सामाग्रीको उत्पादन गर्छ । ७ बिगाह क्षेत्रफलमा फैलिएको उद्योगमा करिब २ अर्ब लगानी भएको उद्योगका संचालक अनिल जाटिया बताउँछन् ।

मेसिनका लागि मात्र ८० करोड रुपैयाँ लगानी भएको छ ।

‘उद्योगमा आवश्यक पर्ने मध्ये ९० प्रतिशत नेपालमै बनेको कच्चापदार्थको प्रयोग गरिरहेका छौं,’ जाटियाले भने ।

उद्योगले दैनिक ५०० टन ब्लक, इटा लगायतका सामाग्रीहरु उत्पादन गर्ने क्षमता रहेको छ ।

उद्योगबाट उत्पादन भएका ब्लक तथा इटा १५० मेट्रिकटनको प्रेसरले च्यापेर बनाउने गर्छ । जसले गर्दा ति उत्पादन भएका वस्तुहरुमा १५० टनको गाडी कुदेमा पनि केहीपनि फरक नपर्ने दाबी उद्योगको छ ।

धेरै कम्प्रेसिव स्ट्रेन्थ भएका पार्किङ सडक, आँगन तथा वेयरहाउस, व्यापारिक मल तथा होटलहरुमा ब्लक उपयोगी हुने दाबी कम्पनी छ ।

‘पहिलो चरणमा भएको निर्यातले हामीलाई राम्रो फिडब्याक आएको छ, यसले भारतमा निर्यात गर्ने बजारको सम्भावना देखिएको छ,’ जाटियाले  भने ।

अहिले घर निर्माणको लागि धेरै रातो इटाको प्रयोग हुन्छ । जबकी रातो इटा बनाउनको लागि कृषि योग्य जमिनको माटो प्रयोग भएको हुन्छ । रातो इटा बराबर नै मूल्य भएपनि एशियन कंक्रिटोले उत्पादन गरेको उद्योगको इटा कम प्रयोग गरेपनि हुन्छ ।

माटोको इटाको क्षमता ३ देखि चार एमपिए हुन भए पनि उद्योगले उत्पादन गरेको इटामा १० देखि १२ एमपिए हुन्छ । एशियन कंक्रिटोको इटा प्रयोग गरेको टायलको क्षमता ३५ देखि ६० एमपिएसम्म रहेको दाबी कम्पनीको छ ।

वाटर हार्वेस्टिंगका लागि उपयोगी

अहिले उपत्यका तथा तराईको क्षेत्रमा सबैभन्दा ठूलो समस्या जमिनमुनीको पानीको सतह घट्नु हो । हरेक टोलपिच्छे बनेका पक्की सडक तथा तीव्र सहरीकरणले जमिनमुनीको पानीको सतह सकिदै गएको छ ।

पीच सडकको कारण बर्खामा परेको पानी सीधै नालीबाट खोलामा जाने गरेको छ । यसले जमिन मुनिको पानीको सन्चितीलाई घटाउँदै लगेको छ ।

एशिसन कंक्रिटोले उत्पादन गरेको सामाग्रीमा ४० प्रतिशतसम्म वाटर वाटर हार्वेस्टिंग हुन्छ । उद्योगबाट उत्पादन भएका वस्तुत वातवारणमैत्री भएको हुँदा यसबाट बन्ने सडक चिप्लो हुँदैन ।

भारतमा निर्यात शुरु

एशियन कंक्रिटो उत्पादन गरेको उत्पादन भारतमा निर्यात समेत शुरु गरेको छ । एशियन कंक्रिटोले संचालक अनिल जाटिया पहिलो चरणमा भारतमा आफ्नो उत्पादनको निर्यात शुरु भएको बताउँछन् ।

‘पहिलो चरणमा भएको निर्यातले हामीलाई राम्रो फिडब्याक आएको छ, यसले भारतमा निर्यात गर्ने बजारको सम्भावना देखिएको छ,’ जाटियाले क्लिकमाण्डूसँग भने ।

विस्तृत भिडियोमा


आशीष ज्ञवाली