गाँजा अर्थतन्त्रः वैध बजारमा ७ वर्षमा हुँदैछ ८६ खर्बको कारोबार



काठमाडौं । हिन्दु धर्मावलम्बीले बिहिबार संसारभर नै शिवरात्री पर्व मनाएका छन् । शिवरात्रीको खास शिवेषताका रुपमा शिवको पुजा आरधना गर्ने र बुटीको रुपमा गाजा सेवन गर्ने विषयलाई लिइन्छ । संसारभर नै गाजालाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

नेपाललगायतका केही देशमा भने अझैसम्म पनि गाँजालाई अवैध मानिएको छ । औषधीका रुपमा प्रयोग गरिने गाँजालाई प्रतिबन्ध लगाउन नहुने विषयमा चर्कै विवाद भइरहेको छ । संसारका केही देशमा भने गाँजाको खुला रुपमा कारोबार गर्न पाइन्छ । त्यहाँ कुनै पनि प्रकारको प्रतिबन्ध लगाइदैन ।

अन्तर्राष्ट्रिय रुपमा गाँजाको विषयमा अध्ययन गर्ने एक संस्थाका अनुसार सन् २०२७ सम्म संसारभर झण्डै ८६ खर्ब बरारबरको वैध कारोबार हुने प्रक्षेपण गरेको छ । अमेरिकालगायतका देशमा गाँजालाई वैध मानिन्छ । यूरोपका केही देशमा पनि गाँजालाई लागू औषधको रुपमा लिइदैन ।

वैध बजारमा गाँजाको कारोबार क्रमशः बढ्दै गएको पाइएको छ । विश्ववयापी रुपमा नै गरिएको अनुसन्धानमा हरेक वर्ष १८.१ प्रतिशतले गाजाको कारोबारमा वृद्धि हुने देखाएको छ । विशेषगरी औाषधी तथा औषधीजन्य कामका लागि तयसको अत्याधिक प्रयोग हुन थालेको छ । त्यसका लागि मात्रै ७१ प्रतिशत गाजा प्रयोग भएको छ । सन् २०१९ मा मात्रै त्यस्तो अवस्था रहेको थियो । त्यो क्रमशः वृद्धि हुँदै गएको छ । दुखाई कम गर्नका लागि गाँजाबाट बनेका औषधीको प्रयोग गर्ने गरिएको छ ।

यस्तै, औषधीको प्रयोग तथा युवाले पनि प्रयोग गर्ने गरेको आधारमा यसको मात्रा र परिणाम निकालिएको छ । क्रोनिक अवस्थाका पुगेका दुखाई कम गर्न, मानसिक समस्याको समाधान गर्न, क्यान्सर तथा अन्य रोगको निदानका लागि गाँजाको प्रयोग गरिन्छ ।

संसारभर विशेषगरी अमेरिका, क्यानडा, जर्मनी इटाली, नेदरल्याण्ड, क्रोसिया, पोल्याण्ड, चेक रिपब्लिक, स्वीटजरल्याण्ड, अष्ट्रेलिया, उरुग्बे, कोलम्बिया, चिली, अर्जेन्टिना र इजरायलमा वैध रुपमा गाँजाको कारोबार गर्न पाइन्छ ।

पाकिसन, अफगानिस्तानमा छ गाँजाको ठूलो कारोबार हुने गरेको तथ्य जोकोहीलाई पनि थाहा भएकै विषय बनेको छ ।

नेपालको हकमा भन्दा गाँजा नेपालको रैथाने नै हो । केही आफै उम्रने, हर्कने भएपनि सामान्यता यसलाई हुर्काउन मल र पानी चाहिन्छ भने सीप पनि उत्तिकै जरुरी पर्छ । नेपालमा गाँजा खेतीका लागि भारतीय व्यापारी तथा प्राविधिकले सहयोग गरेको तथ्य बेला बेलामा सार्वजनिक हुने गरेको छ । विशेषगरी बजार पनि भारत नै भएकाले उनीहरुको सहयोग बढी हुने गरेको हो ।

नेपालमा पनि विसं २०१० सालमा नेपालबाट चरेस निकासी गर्दा प्रतिसेर ६२ रूपैयाँ ५० पैसा र भाङ निकासी गर्दा प्रतिमन ३२ पैसा भन्सार महसुल तिर्ने व्यवस्था रहेको जानकारहरु बताउँछन् ।

जानकारहरुका अनुसार धेरै पछिसम्म अनुमति लिएर गाँजा खेची गर्न पाइन्थ्यो । सरकारले विसं २०१५मा त केही जिल्लाका स्थान नै तोकेर गाँजा खेती गर्ने अनुमति दिएको थियो ।

विराटनगर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, शिवराज र तौलिहवा गरी मधेशका १० वटा जिल्लामा गाँजा खेतीका लागि अनुमति प्रदान गरिएको गाजाका जानकारहरु बताउँछन् ।

यस्तै, २००८ सालमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर एउटा जिल्लामा १० बिघाहासम्म गाँजा खेती गर्न दिने विषयलाई सम्बोधन गरेको थियो ।

विशेषगरी नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने अग्ला गाँजालाई कुनै पनि गोडमेल जरुरी पर्दैन । प्राकृतिक रुपमा नै गाँजा उम्रने फल्ने गर्छ । खेती नभएका स्थानमा आफै हुर्कन्छ । यो आफै औषधीजन्य वनस्पति भएकाले कुनै प्रकारको विषादी समेत प्रयोग गर्नु पर्दैन । नेपालमा पछिल्लो समय गाजाको प्रतिबन्ध फुकाएर त्यसलाई आर्थिक उपार्जनमा लगाउनुपर्ने माग पनि उत्तिकै उठेको छ ।

विशेषगरी दक्षिण अमेरिकी राष्ट्रहरुमा लागू औषधको ठूलो कारोबार हुने गरेको छ । ठूला ठूला र्याकेटहरु पनि रहेका छन् । तर जति प्रतिबन्ध लगायो, उत्तिकै बजार भने विस्तार भएर गएको छ । विशेषगरी अफगानिस्तान, मोरक्कोलगायतको देशको अर्थतन्त्रमा गाँजाको हिस्सा ठूलो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी छ ।


पुष्प दुलाल