साइबर अपराधः एक ट्रिलियन डलर बराबरको नोक्सानी



एजेन्सी । विज्ञान तथा प्रविधिको क्षेत्रमा जे जति मात्रामा प्रगति भएको छ, उत्ति नै मात्रामा त्यसका बेफाइदाहरु पनि सार्वजनिक भएका छन् ।

आम मानिसले सोचे भन्दा फरक तरिकाले साइबर अपराध हुने गरेको छ । तथ्यहरुका अनुसार हरेक सेकेण्डमा झण्डै २० भन्दा बढी साइबर अपराध हुने गरेको अन्तर्राष्ट्रिय अध्ययनहरुमा देखिएको छ ।

किनकी छोटो समयमै पैसा कमाउने ध्येयका साथ साइबर अपराध गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

पछिल्ला दिनमा दक्षिण एशियामा सबैभन्दा राम्रो तवरले साइबर उद्योगमा काम भएको देश भनेकै भारत देखिएको छ । कूल ग्रार्हथ्य उत्पादनमा साइबर उद्योगको हिस्सा झण्डै ८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

तर भारतमा जति मात्रामा सो क्षेत्रले जति प्रगति गरेको छ, त्यत्ति नै मात्रामा जोखमि पनि बढाएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा पछिल्लो १८ महिनामा मात्रै ३ लाख १७ हजार साइबर क्राइमको घटना भएका छन् । ती घटना मध्ये मात्रै ५ हजार ७७१ वटा मुद्दा मात्रै प्रहरीमा दर्ता भएको छ । साइबर अपराधलाई प्रहरीले पनि अनलाइनका माध्यमबाट नै दर्ता गराएको छ ।

सन् २०१९ मा मात्रै साइबर अपराधका कारण संसारभर नै १ ट्रिलियन डलर बराबरको नोक्सानी भएको थियो । यो हालसम्मकै उच्च हो ।

पछिल्लो पटक भारतको कर्नाटकमा सबैभन्दा बढी साइबर अपराधको घटनामा वृद्धि भएको छ । त्यसमा महिला तथा बच्चाविरुद्ध हुने अपराधको मात्रा अझै बढी रहेको छ ।

यस्तै, भारतको कर्नाटकसँगै महाराष्ट्रमा समेत साइबर अपराधको घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । साइबर अपराध धेरै हुने देशहरु मध्येमा भारत शीर्ष स्थानमा नै रहेको छ । भारतमा नेशनल साइबर क्राइम रिपोटिङ पोर्टल नै बनाएर त्यसका बारेमा अध्ययन भइरहेको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार नेशनल पोर्टल शुरु भएदेखि लिएर २०२१ को फेब्रुअरीसम्म कूल ३ लाख १७ हजार ४३९ वटा साइबर अपराधको घटना रेकर्ड भएको छ ।

सो घटनामा जोडिएका मध्ये कूल ५ हजार ७७१ मुद्दा अनलाइन मार्फत नै दर्ता गरिएको छ । पोर्टलको तथ्यांकअनुसार २१ हजार ५६२ वटा घटना मध्ये ८७ वटा मुद्दा दर्ता गरिएको छ । साइबर अपराधमा कर्नाटक शीर्ष स्थानमा रहेको छ ।

कोरोनाका कालमा मात्रै कूल ३५० प्रतिशत बढी साइबर अपराध भएको पाइएको छ । सो समयमा साइबर अपराधीहरु घरमै बसेर उक्त अपराध गरेको पाइएको छ ।

कोविडको सम्बन्धित तथ्यांक समेत ह्याकिङमा परेको थियो । जानकारहरुका अनुसार यस्तो गराउनेमा सरकारी कर्मचारी समेत सहभागी भएको पाइएको छ ।

एक देशले तयार पारिरहेको कोरोना विरुद्धको खोपको तथ्यांक समेत चोरी गरिएको छ । ह्याकरहरुले जे जसरी भएपनि तथ्यांकमा पहुँच राख्ने गरेको पाइएको छ ।

सन् २०१८ मा मात्रै ६०० बिलियन डलर बराबरको नोक्सानी साइबर अपराधका कारण भएको थियो । सन् २०१९ मा दुइतिहाई भन्दा बढी संसारका कम्पनीहरु साइबर अपराधका कारण एक अर्कामा पीडित भएका थिए ।

पछिल्लो पटक त पश्चिमाहरुले चीनले समेत भारतको मुम्बईमा बत्ति काट्नसमेत साइबर ह्याकिङ गरेको आरोप लगाएका छन् ।


पुष्प दुलाल