बैंक तथा वित्तीय संस्थाका ग्राहकको तथ्यांक तेस्रो पक्षमा किन पुग्छ ?
एजेन्सी । बैंक तथा ग्राहकको बीचमा एउटा साझा समस्या रहने गरेको छ । त्यो भनेको साइबर सुरक्षा एवम् तथ्यांकको सुरक्षा तथा तथ्यांकको सेयरिङ नै हो । पछिल्लो पटक एक सो बारेमा एक अध्ययन भएको छ । अन्तर्राष्ट्रिय रुपमा डेलायले सो बारेमा अध्ययन गरेको छ ।
ओपन बैंकिङ नाम दिइएको सो अध्ययनको विवरण अनुसार सर्वेक्षणमा सहभागी भएका कूल ७० प्रतिशतले भनेका छन् कि तथ्यांकको सुरक्षाको विषयमा अधिकाधिक ध्यान दिनु जरुरी छ । डेलायले विवरणमा काफी मात्रामा अनुसन्धान गरेको छ । उक्त सर्वेक्षणमा कस्ल ४०० मानिस सहभागी भएको बताइन्छ ।
विवरणमा भनिएको छ कि कूल ८० प्रतिशत भन्दा बढी सेवाग्राहीले अकाउण्टको लेनदेनका विषयलाई साझा गर्न सबैभन्दा बढी असहज हुन्छ । सबै वित्तीय संस्थानका ग्राहकलाई विश्वास दिलाएर तथ्यांक सुरक्षित गर्ने विषय सबैभन्दा बढी चुनौती रहेको छ ।
यस्तो पनि देखिन्छ कि केवल बैंक, केवल ग्राहकको तथ्यांक साझा गर्नका लागि सावधानी अपनाउनु जरुरी रहन्छ । त्यसमा भनिएको छ कि साइबर सुरक्षा तथा तथ्यांक सुरक्षाको विषयमा बढी ध्यान दिनु जरुरी रहेको छ । तथ्यांकहरु तेस्रो पार्टीको हातमा नपुगोस् भन्नेमा बढी मात्रामा चिन्ता व्यक्त गरिएको छ ।
संसारका सबै देशमा तथ्यांकको सुरक्षाको विषय सबैभन्दा जटिल रहेको छ । त्यसलाई मजबूत बनाउनु जरुरी छ । ग्राहकको मन्जुरी बिना कुनै पनि तथ्यांकलाई अन्यत्र लिने वा दिने काम गर्नु आफैमा पनि गम्भीर विषय भएको अध्ययनमा जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था क्रमशः डिजिटल हुँदै जाँदा त्यसको सुरक्षाको जोखिम असाध्यै बढी रहने देखिएको छ । ग्राहकको अनुमति बिना नै तथ्यांक सार्वजनिक खपतमा वाने गरेको विषय पनि आफैमा खतरनाक रहने अध्ययनले देखाएको छ ।
ग्राहकको जानकारी बिना नै राजश्वको विषयमा सोध खोज गर्ने तथा डिजिटल रुपमा नै अन्य गलत काम गर्ने विषय पनि आफैमा खराब रहेको छ । कागजरहित सेवा तथा व्यवस्थाका सन्दर्भमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय आफैमा बढी हेरिनुपर्ने अवस्थामा छ ।
विवरण अनुसार कागजरहित अवस्था एवम् भेरीफिकेशन तथा क्रेडिट रिस्क अससेमेन्टका माध्यमबाट दूर दराजमा रहेका ग्रूाहकको संख्या बढाउने बैंकले पनि त्यसमा ध्यान दिनु जरुरी रहेको छ ।
तथ्यांक अनुसार सर्वेक्षणमा सहभागी भएकाले सेवा तथा सुविधाको नाममा विवरणको सुरक्षालाई विशेष ध्यान दिनु जरुरी रहन्छ ।