जलवायु परिवर्तनको असरः अन्टार्टिकामा टुक्रियो न्यूयोर्क सहरभन्दा ठूलो आइसवर्ग



भारतको चमोलीमा आएको हिमबाढीसँगै देखिएको जलवायुको असर अघिल्लो साता अमेरिकाको टेक्सासमा देखियो । त्यसको असर अहिले अन्टार्टिकामा समेत देखिएको छ ।

अन्टार्कटिका महादेशमा न्यूयोर्क शहरभन्दा ठूलो आइसवर्ग टुक्रिएको श्रव्यदृश्य सामग्री यतिबेला इन्टरनेटमा भाइरल भएको छ । शुक्रबार ब्रिटिस साइन्टिफिक आउटपोस्ट नजिकै न्यूयोर्क सहरभन्दा ठूलो आइसबर्ग टुक्रिएको ब्रिटिस अन्टार्कटिक सर्भे बीएएसले जनाएको छ । सो सम्बन्धी समाचार सामग्री सीएनएनले प्रसारण गरेको छ ।

बीएएसको विवरण अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटरभन्दा ठूलो रहेको छ । यसले जलवायु परिवर्तनले पारेको प्रभाव हो भन्ने बारेमा अमेरिकी सञ्चारमाध्यमले केही नबताए पनि अन्तयमा भने विश्वव्यापी तापक्रम वृद्धिमा देखिएको कारणलाई खास हो भनिरहेका छन् ।

बीएएसले आइसबर्ग टुक्रिनुमा जलवायु परिवर्तनको भूमिका नभएको बताए पनि वैज्ञानिकहरु त्यसलाई स्वीकार गर्न तयार छैनन् । कुनै न कुनै कारण नभईकन किन त्यत्रो भीमकाय बरफ टुक्रा पर्यो र कारण के होला भन्ने बारेमा उनीहरुका बीचमा मतैक्य नभएपनि जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढेको तापक्रमको कारण हो भन्नेमा भने मतैक्य देखिन्छन् ।

कूल १५० मिटरको मोटाइ रहेको यस बरफको टुक्रा प्राकृतिक रुपमा टुक्रिएको दावी गरिएको छ । जानकारहरुका अनुसार सो आइसबर्ग टुक्रिएपछि अब के हुन्छ भनेर वैज्ञानिकहरुले सुक्ष्म रुपमा निगरानी बढाएको समाचार समेत सार्वजनिक भएको छ ।

गत जनवरीमा ब्रान्ट आइस शेल्फमा नर्थ रिफ्ट क्र्याकमा एउटा हवाईजहाज उडेको दृश्य श्रव्यदृश्य सामग्रीमा देखिन्छ । एक विशाल आइसबर्गले अन्टार्कटिकामा ब्रन्ट आइस शेल्फलाई शुक्रबार सार्वजनिक गरिएको छ ।

उक्त बरफ भरिएको क्षेत्र अमेरिकको न्युयोर्क शहर भन्दा ठूलो छ । अन्टार्कटिकका ती क्षेत्रमा आइस शेल्फ पेर्लेक्स वैज्ञानिक कार्यक्रम अन्तर्गत खोजी गरिएको थियो ।

बीएएसका अनुसार १० मिटर मोटाइको हिउँको विशाल भण्डारणमा देखा परेको चिरालाई लिएर वैज्ञानिकहरूले समेत चिन्ता व्यक्त गरेका छन् । बरफको भीमकाय आकृतिमा समेत बदलाव देखिएको छ ।

उत्तरी क्षेत्रको रुपमा चिनिने नयाँ क्यासम, नोभेम्बरमा अर्को ठूलो टुक्रातर्फ बढ्न थालेको र जनवरीमा एक किलोमिटरको दूरीमा बढेको वैज्ञानिकहरुको भनाइ छ ।

यही फेब्रुअरीमा लियएको हवाई भिडियोले उत्तर रिफ्टलाई आँखाले देख्ने ठाउँसम्म फैलिएको छ ।

वैज्ञानिकहरुका अनुसार हरेक दिनमो विवरण प्रणालीमा प्राप्त भइरहेको छ । त्यहाँ स्याटेलाइट तथा अन्य उपकरणको समेत प्रयोग गरिएको छ ।

सबै तथ्यांकको विश्लेषणका लागि क्याम्ब्रिज विश्वविद्यालयमा पनि पठाइएको छ । अन्टार्टिकामा जाडोको अवस्था के रहेको छ भनेर पनि त्यसबाट परीक्षण भइरहेको छ ।

बीएएसले गरेको अध्ययनमा अनुसन्धान केन्द्रभन्दा टाढा रहेको स्थानमा आइरहेको परिवर्तन एवम् बदलावका बारेमा पहिल्यै सचेत गराइएको थियो ।

त्यहाँको अवस्था गतिशील रहेको छ । बीएएसका संचालक साइमन गाररोडले विज्ञप्तिमा भनेका छन् – अब हाम्रो काम भनेको परिस्थितिलाई कडा नजर राख्नु हो र बाँकी बरफमा देखिने सम्भावित प्रभावको आकंलन गर्नु रहेको छ ।

बरफको भीमकाय भण्डारमा देखिएको परिवर्तन एक प्राकृतिक प्रक्रिया हो वा अन्य कुनै घटनासँग जोडिएको विषय हो भन्ने बारेमा थप अध्ययन जरुरी रहेको विवरणमा उल्लेख छ । ती हिमशिलाहरुमा देखिने परिवर्तनले पार्ने प्रभावका ठोस कारण पत्ता लगाउन थप अध्ययन जरुरी रहेको विवरणमा समावेश छ ।

अन्टार्टिकाको हिउँ पग्ला त्यसले सबैभन्दा बढी प्रभाव तटिय देशहरुमा पर्नेछ । फिलिपिन्स, माल्दिभ्स जस्ता देशहरु समुन्द्रमनी पर्ने खतरा बढेर गएको छ । उत्तरी तथा दक्षिणी धुव्रमा रहेको विशाल हिउँ भण्डारलाई जोगाउन वर्षेनी बढ्दै गएको तापक्रममा नियन्त्रण जरुरी रहेको छ ।

गत वर्ष अष्ट्रेलियाको जंगलमा शताब्दिकै सबैभन्दा ठूलो आगलागी भयो । यस्तै, गत वर्ष नै अमेजनको जंगलमा पनि ठूलो आगलागी भयो । आगलागीका कारण लाखौं संरिक्षत वन्यजन्तु समेत मारिए । यस वर्ष उत्तराखण्डको चमोलीमा आएको हिमबाढीको प्रभाव र त्यसले पारेको असरका बारेमा चर्चा परिचर्चा भइरहेको छ ।

यस्तै, यसै वर्ष अमेरिकामा पनि हालसम्मकै उच्च हिमआँधी आयो । आँधीका कारण अमेरिकी जनजीवन समेत नराम्ररी प्रभावित भयो । यस्तै, भारतको जम्मु काश्मिरमा समेत ठूलो हिपात भयो । भारतको हिमाञ्चल प्रदेशमा समेत एउटा ठूलो हिताल फुट्ने चर्चा भइरहेको बेला संसारलाई नै एक पटक सोच्न बाध्य पारिदिने खालको अर्को समाचार अन्टार्टिकाबाट आएको छ । जलवायु परिवर्तनका कारण विश्व्यापी रुपमा तापक्रम वृद्धि हुँदै जाँदा त्यहाँको विशाल हिमशिला टुक्रिएको देखिन्छ ।


क्लिकमान्डु