पाम आयलको निर्यात शुन्यको अवस्थामा, अन्य कुन वस्तुको निर्यात घट्यो ?



काठमाडौं । चालु आर्थिक वर्ष २०६६/७८ को पहिलो सात महिनाको अवधिमा ७.६२ प्रतिशतले वस्तु तथा सेवाको निर्यात बढेको छ । गत वर्षको माघ मसान्ससम्ममा आयात भएको वस्तु तथा सेवाको अवस्था सामान्य छ ।

तर, कोरोनाले थलिएको बजारले ७ प्रतिशतले निर्यात बढाउन सफल भएकाले निर्यातमा सकारात्मक देखिन्छ ।

नेपालले चालु आवको सात महिनाको अवधिमा ६९ अर्ब ६९ करोडको वस्तु तथा सेवा निर्यात गरेको छ । जसमा नेपालले विभिन्न देशमा निर्यात गर्दै आएको मुख्य १० वस्तु तथा सेवाको निर्यातमा केही बढेको छ भने केही घटेको छ ।

तर, विगतको दिनमा उल्लेखनीय रुपमा निर्यात हुँदै आएको पाम आयल चालु आवको ७ महिनाको अवधिमा शून्य जस्तै निर्यात भएको भन्सार विभागको तथ्याङले देखाउँदछ ।

त्यस्तै, नेपालले मुख्य १० वस्तु निर्यात गर्नेमा प्रशोधित भटमासको तेल, सेन्थेटिक यार्न, अलैची, उनी, गलैंचा कार्पेट, चिया, जमोठ कपडा, जुटका बुनिएका कपडा, जुटका बुनिएका कपडा, अन्य कपडा (उनी, सुती, टेरीकटन बाहेकका) र फलफूलको जुस रहेको छ ।

निर्यातमा वृद्धि भएको १० मुख्य वस्तु
चालु आवको सात महिनाको अवधिमा उल्लेखनीय वस्तु तथा सेवाको निर्यात बढेको पाइन्छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुँदै आएको भटमास तेल चालु आवको सात महिनाको अवधिमा २२९.४७ प्रतिशतले निर्यात बढेको छ । गत वर्ष नेपालले ५ अर्ब ९४ करोड रुपैयाँ बराबरको ४ करोड ५६ लाख ८९ हजार केजी भटमासको तेल निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले १९ अर्ब ५९ करोड मूल्य बराबरको १३ करोड ११ लाख ३९ हजार केजी भटमासको तेल निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा क्वान्टीटीमा १८७. प्रतिशतले बढी हो भने मूल्यको आधारमा २२९.४७ प्रतिशतले बढी हो ।

त्यस्तै, चालु आवको ७ महिनामा ४८.७६ प्रतिशतले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । गत वर्ष २ अर्ब ८७ करोड मूल्य बराबरको ३५ लाख ८१ हजार केजी अलैची निर्यात गरेको थियो भने चालु आवमा ४ अर्ब २८ करोड मूल्य बराबरको ५३ लाख ६२ हजार केजी अलैची निर्यात गरेको छ । यस्तै, ७ महिनाको अवधिमा ६३.५३ प्रतिशतले चिया, ६३.७१ प्रतिशतले जमोठ कपडा, २६९९५० प्रतिशतले सुर्यमुखिको प्रशोधित तेल, २२.५२ प्रतिशत जुका बुनिएका कपडा, ३२.५९ प्रतिशत पश्मिनाको सल, ५८.१२ प्रतिशतले चाउचाउ, नुडल्स, पास्ता, ५१.७ प्रतिशतले कुकुर वा बिरालोको खाना र ३३.३९ प्रतिशतले अन्य पिना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

निर्यात घटेको १० मुख्य वस्तु
विगतको दिनमा अत्यधिक निर्यात हुने पाम तेल भारतले प्रतिबन्ध गरेसँगै पाम आयलको निर्यात शून्य जस्तै रहेको छ । पछिल्लो समय पाम आयलको सट्टा सोयाबिनको तेल निर्यात बढ्दै गएको छ ।

तर, यता प्रशोधित पाम आयल करिब १०० प्रतिशतले नै निर्यात घटेको देखिन्छ । गत आवमा सात महिनाको अवधिमा नेपालले १३ अर्ब ८९ करोड मूल्य बराबरको १३ करोड ३४ लाख ५४ हजार केजी पाम आयल निर्यात गरेको थियो ।

तर, चालु आवको सोही अवधिमा मात्रै ३ हजार केजी निर्यात गरेको छ । यस्तै, सान्थेटिक यार्न (धागो) को निर्यात १२.८४ प्रतिशतले घटेको छ ।

जसमा नेपालले गत आवमा ५ अर्ब १२ करोड धागो निर्यात गरेको थियो चालु आवमा ४ अर्ब ४६ करोडको धागो निर्यात गरेको पाइन्छ ।

त्यस्तै, ६८.४२ प्रतिशतले दलेको वा नदलेको दाल, ६६.४५ प्रतिशतले सल, दोसल्ला, र पछ्यौरा, ४३.४१ प्रतिशतले कोरुगोरेटेड सीट जस्तापाता, ३५.७४ प्रतिशतले जीआई वायर, ९७.२६ प्रतिशतले निर्माण सम्बन्धि यन्त्रावली, ३०.८७ प्रतिशतले फलामे पाता, ६ प्रतिशतले फलफुलको जुस र ३२.७९ प्रतिशतले हस्तकलाका रंगिन चित्रहरुको निर्यात घटेको छ ।

माघमा मात्रै १८ प्रतिशतले निर्यात बढ्यो
माघ महिनामा नेपालले गत वर्षको तुलनामा १८.५३ प्रतिशतले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । विभागका अनुसार गत वर्ष माघ महिनामा मात्रै ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा चालु आवको सोही अवधिमा ९ अर्ब ११ करोड रुपैयाँको वस्तु तिथा सेवा निर्यात गरेको छ ।

त्यसमा मुख्य १० निर्यात भएको वस्तु प्रशोधित भटमासको तेल रहेको छ भने दोस्रोमा प्रशोधित सुर्यमुखिको तेल रहेको छ । यी दुई वस्तुमा गत वर्षको माघ महिना र चालु आवको माघ महिनाको तुलनामा क्रमश ६३ प्रतिशत र ७५३०० प्रतिशतले निर्यात बढेको छ ।

यस्तै माघ महिनामा गत वर्षको माघ महिनाको तुलनामा ७९.४६ प्रतिशतले जमोठ कपडा, २८.९१ प्रतिशतले अलैची, ९९.११ प्रतिशतले कुकुर वा बिरालोको खाना, २६४.६१ प्रतिशतले कपडाको बोरा झोला, १५.९७ प्रतिशतले जुटका बुनिएका कपडा, ७४.३४ प्रतिशतले अम्रिसो, ५१.९४ प्रतिशतले अन्य पिना र १९.१२ प्रतिशतले अन्य कपडा (उनी, सुती) जस्ता वस्तुको निर्यात बढेको छ ।

त्यसैगरी, माघ महिनामा निर्यात बढ्नुका साथै अन्य विभिन्न निर्यातमा भारी गिरावट आएको छ । माघ महिनामा सेन्थेटिक यार्न ३३.५८ प्रतिशतले निर्यात कम भएको छ । त्यस्तै, कोरुगोरेटेड सीट जस्तापात ९१.८८ प्रतिशत, भ्याक्सिन–पशु उपचारका १०० प्रतिशत, सल, दोसल्ला र पछ्यौरा ९८.७८ प्रतिशत, जी आई वायर ७४.७३ प्रतिशत, दन्तमन्जन ४८.८७ प्रतिशत, फलामे पाता ६७.९९ प्रतिशत, खोटो रोजीन १८.६३ प्रतिशत, स्पोर्ट सुज–सेन्थेटिक सुज २३.३३ प्रतिशत र प्लाष्टिकको बिर्को ढकनी ४८.७२ प्रतिशतले निर्यातमा गिरावट आएको छ ।


क्लिकमान्डु