सर्वाधिक लोकप्रिय १०० एपले ९४ हजार करोड कमाउँदा यूट्यूब एक नम्बरमा,अरुको कति ?



एजेन्सी । मानिसहरुलाई लाग्न सक्छ, यूट्यूब तथा फेसबुकमा भिडियो राखेर कमाई हुन्छ र ? यो सामान्य मानिसलाई लाग्ने कुरा हो ।

राम्रो तरिकाले काम गर्ने र तथ्यहरुको खोजी गर्दै राम्ररी भिडियो बनाएर राख्दा त्यसबाट राम्रो दर्शक पनि पाउन सकिन्छ र राम्रो कमाई पनि हुन सक्छ ।

पछिल्ला दिनमा नेपालमा पनि यूट्यूब सञ्चालकले राम्रै आम्दानी गरेका छन् । उनीहरुको कमाई लोभलाग्दो छ । जनसंख्याको हिसाबले नेपाल सानो देश हो ।

तर केही मानिसहरुको कमाई भने नसोचेको खालको नै छ । भारत, चीन जस्ता देशमा जनसंख्या पनि बढी छन् र कमाई पनि बढी हुने गरेको छ ।

पछिल्लो एक विवरण अनुसार सन् २०२० मा मात्रै टप १०० मा परेका यूट्यूबको कमाई असाध्यै राम्रो रहेको पाइएको छ । सेन्सर टावरको विवरण अनुसार सन् २०२० मा शीर्ष १०० सब्सक्राइभ भएका एप तथा यूट्यूबले ९४ हजार ६२७ करोड भारतीय रुपैयाँ बराबरको कमाई गरेका छन् ।

यो विवरण अघिल्ला वर्षहरुको तुलनामा ३४ प्रतिशतले बढी हो । त्यसमा यूट्यूबको कमाई मात्रै ७ हजार २१८ बरोड बराबर रहेको छ । गुगल वन, गुगल प्ले स्टोरमा सबैभन्दा बढी कमाई गर्ने एपका रुपमा दर्ज भएका छन् ।

पछिल्लो साल संसारभरका मानिले सब्सक्राइभ एपमा जमेर नै खर्च गरेका छनु । यसको अन्दाज यो कुराबाटछ लगाउन सकिन्छ कि कूल १०० शीर्ष नन गेम एप सब्सक्राइभ एप पछिललो साल करिब ९४ हजार ६२७ करोड बराबरको कारोबार गरेको थियो ।

सन् २०२० मा मात्रै अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी रहेको छ । सन् २०१९ मा ती एपको कूल कमाई ७० हजार ६०६ करोड भारतीय रुपैयाँ बराबर थियो ।

एप एनालाइसिस फर्म सेन्सर टावरको विवरण अनुसार शीर्ष १०० नन गेम सब्सक्राइभ एपको कूल रेभेन्यू प्रयोगकर्ताद्धारा पछिल्लो साल उक्त एपमा गरिएको खर्च करिब ८ लाख ७ हजार ९६९ करोडको करिक ११.७ प्रतिशतको हाराहारीमा थियो ।

एप स्टोरमा सर्वाधिक बढी कमाई गर्ने मामिलामा यूट्यूब नै शीर्ष स्थानमा रहेको छ । संसारभरमा कम्पनीको कूल कमाई ७ हजार २१८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।

जबकी अमेरिकामा मात्रै यूट्यूबले करिब ४ हजार ९० करोड बराबर कमाई गर्यो । दोस्रो सबैभन्दा बढी कमाउने एपमा टिन्डर रह्यो । जुन एप लोकप्रिय डेटिङ प्लेटफर्म हो ।

कम्पनीका अनुसार प्रयागकर्ताले गुगल प्ले स्टोरमा ज्यादा नै खर्च गरेका छन् । संसारभर नै एप स्टोरमा कूल शीर्ष १०० सब्सक्राइभ एपमा सन् २०२० मा करिब ७४ हजार ९७३ करोड कमाई गरे ।

जो २०१९ मा करिब ५६ हजार ७७६ करोड रहेको थियो । त्यो ३२ प्रतशित बढी हो । जकबी गुगल प्ले स्टोरमा उक्त शीर्ष १०० सब्सक्राइभ एपले २०२० मा १९ हजार ६५३ करोड कमायो ।

जो सन् २०१९ को १३ हजार ८३० को ४२ प्रतिशत बढी थियो । गुगल एप स्टोरमा दोस्रो सबैभन्दा बढी कमाई गर्ने एप भने डिज्नीप्ल रहयो ।

संसारभर नै एपले कूल ३ हजार २३९ करोड कमाई गरे । त्यसमा अमेरिकको एपले मात्रै १ हजार ८६१ करोड बराबर कमाई गरे ।

महामारीको दौरानामा नै मोबाइल गेम पब्लिसर्सले तिव्र गतिमा सब्सक्रिप्सन पाए । त्यसलाई नै उनीहरुले मोडल बनाए । त्यसमा १५ मध्ये ८ वटा सबैभन्दा बढी कमाई गर्ने एपले पेमेन्ट गर्ने अप्सन पनि दिएको थियो ।

कोरोनाको महामारी आउनु अगाडि भने सब्सक्रिप्सन एपमा नै बढी खर्च हुने गरेको थियो ।

तर महामारीपछि भने त्यसको रणनीतिमा केही बदलाव आएको देखिन्छ । सन् २०२० को अन्तिम महिनाहरुमा त्यस्तो रेभेन्यू १२ हजार ३७४ करोड भारु बराबर थियो ।

जुन पहिला महिनाहरुमा कमाई भने करिब ९ हजार ४६२ करोड बराबर थियो । पछिल्लो पटक त्यसको वृद्धि भने ३१ प्रतिशतले बढी रहेको छ ।


क्लिकमान्डु