१७ बैंक-वित्त कम्पनीबाट ३.८८% ब्याजदरमा सरकारले लियो १० अर्ब ऋण, कुनबाट कति ?



काठमाडौं । सरकारले राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकले माघ १३ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो ।

‘विकास ऋणपत्र २०८४ ‘ङ’ नामक सो ऋणपत्रमा ५० वटा बैंक तथा वित्त संस्था र बीमा कम्पनीले ७१ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबर ३ सय १७ वटा आवेदन दिएकोे राष्ट्र बैंकले जानकारी दिएको छ । ऋणपत्र २०८४ माघ १४ गते परिपक्क हुनेछ ।

प्राप्त आवेदनमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँ ३.८८ प्रतिशत ब्याजदरमा १७ वटा बैंक तथा वित्त कम्पनीको मात्र आवेदन स्वीकृत गरेको छ ।

सो ऋणपत्रमा ७ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनीको आवेदन स्वीकृत गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुन बैंकबाट सरकारले कति ऋण लियो ?

सबैभन्दा बढी विकास ऋणपत्र मुक्तिनाथ विकास बैंकले किनेको छ । मुक्तिनाथले ३ अर्ब रुपैयाँको ऋणपत्र किनेको हो ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब रुपैयाँ, कृषि विकास बैंकले ८० करोड रुपैयाँ, सिभिल बैंकले ७५ करोड रुपैयाँ र प्राइम बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र किनेका छन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले ७५ करोड रुपैयाँ, ज्योति विकास बैंकले ५८ करोड ८० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकले ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले ५० करोड रुपैयाँ, एभरेष्ट बैंकले ३८ करोड ८० लाख रुपैयाँ र युनाइटेड फाइनान्सले ३० करोड रुपैयाँ ऋणपत्र किनेका छन् ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले २० करोड रुपैयाँ, सेन्ट्रल फाइनान्सले १५ करोड रुपैयाँ, तिनाउ विकास बैंकले १२ अर्ब रुपैयाँ, एनसीसी बैंकले १० करोड, रिलाइन्स फाइनान्सले १० करोड रुपैयाँ र नारायणी विकास बैंकले ४० लाख रुपैयाँ ऋणपत्र किनेका छन् ।

सरकारीले यसरी लिएको ऋण विकास निर्माणका काममा खर्च गर्ने गर्छ ।


पुष्प दुलाल