नालीको फोहोर पानीबाट पनि निस्कन सक्छ इन्धन, स्पेनमा गरियो यस्तो अध्ययन



एजेन्सी । नालीमा त्यत्तिकै खेर गएको पानी कुन काममा प्रयोग होला ? आम मानिसले सहजै भन्छन् , केही काममा पनि उपयोग हुँदैन । त्यसलाई पुनः निर्मलीकरण गर्दा अनेकन काममा भने प्रयोग गर्न सकिन्छ ।

तर स्पेनमा गरिएको एक अध्ययनमा भने नालीमा बग्ने फोहोर पानीलाई प्रयोग गरेर ऊर्जा उत्पादन गर्न सकिने देखिएको छ ।

स्पेनका वैज्ञानिकहरुका अनुसार नालीमा खेर गएको पानीलाई प्रयोग गरेर इन्धन बनाउन सकिन्छ । त्यसमा इन्धन बनाउन सकिने पर्पल व्याक्टेरिया रहेको छ । त्यसको प्रयोग गरे बिजुली बनाउन सकिन्छ ।

स्पेनको जुआज कार्लोस विश्वविद्यालयका वैज्ञानिकले उक्त विषयमा अध्ययन गरेका छन् । उनीहरुले भनेका छन् अर्गानिक प्रकृतिको फोहोरमा १०० प्रतिशत बराबर नै कार्बन रहेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार व्याक्टेरिया रहेको नालीको पानी प्रयोग गरेर इन्धन तयार पार्न सकिन्छ । ब्याक्टेरियालाई घामले इनर्जी दिन्छ । त्यसको प्रयोग गरेर खराब पानीबाट हाइड्रोजन फ्यूल छुट्याउन सकिन्छ ।

त्यसबाट कुनै पनि प्रकारको आर्गेनिक फोहोरबाट कार्बन रिकभर गर्न सकिन्छ । त्यस समय निस्कने एनर्जीको प्रयोग गरेर बिजुली बनाउन प्रयोग गर्न सकिन्छ ।

ब्याक्टेरियामाथि अनुसन्धान गर्ने किंग् जुआन कार्लोस विश्वविद्यालयका वैज्ञानिकका अनुसार पर्पल फोटोट्रापिक व्याक्टेरियालाई इलेक्ट्रिक करेन्ट दिँदा आर्गेनिक फोहोरबाट १०० प्रतिशतसम्म कार्बन निस्कन सक्छ । त्यस दौरानमा हाइड्रोजन ग्यास निस्कन जान्छ । जसको प्रयोग गरेर बिजुली बनाउन सकिन्छ ।

वैज्ञानिकका अनुसार घर तथा उदोग प्रतिष्ठानबाट निस्कने फोहोरमा बायोप्लास्टिक, एनिमल प्रोटिन तथा कयौं अन्य चिज समेत हुन सक्छन् । त्यसलाई सफा गर्ने अन्य कुनै पनि तरिका छैन ।

पर्पल प्याक्टेरियालाई प्रयोग गरेर तयार पारिने इन्धनमा मेटाबालिज्म बढी रहन्छ । यो दोस्रो फोटोट्रापिक ब्याक्टेरियामा बढी रहन्छ ।

पर्पल व्याक्टेरियाले घामको प्रकाशबाट फोटोसेन्थेसिस प्रक्रिया मार्फत आफनो भोजन बनाउँछ । त्यसले ब्याक्टेरियोक्लोरोफिल ए तथा बी पिगमेन्ट पाउँछ । व्याक्टेरियालाई बैजनी रंगको देखाउन सोही पिगमेन्ट प्रमुख जिम्मेवार रहेको हुन्छ ।


क्लिकमान्डु