निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.९१ प्रतिशतले बढ्यो, ४ वटाले घटाए



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.९१ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २० मध्ये १९ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ बढी १५ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क विवरण भने समावेश भएको छैन् ।

बीमा कम्पनीहरुले सो अवधिमा अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो परिमाणमा बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्यांकअनुसार गत पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा १५ वटा कम्पनीको बीमा शुल्क संकलन १.६१ प्रतिशतदेखि ५५.५६ प्रतिशतसम्म वृद्धि भएको छ । तर, सो अवधिमा ४ वटा कम्पनीको बीमा शुल्क संकलन भने ४.४४ प्रतिशतदेखि ३० प्रतिशतसम्म घटेको छ ।

व्यवसायीक प्रतिस्पर्धामा कुन बीमा कम्पनी कहाँ ?

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा बढी ५५.५६ प्रतिशतले युनाइटेड इन्स्स्योरेन्सले व्यवसाय बढाएको छ । भने सबैभन्दा थोरै नेपाल इन्स्योरेन्सले १.६१ प्रतिशतले बढाएको छ । साथै, सो अवधिमा नेशनल, दि ओरियन्टल, प्रुडेन्सियल र हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय घटेको छ ।

युनाइटेड इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ३६ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ५५.५६ प्रतिशत अर्थात् २० करोड रुपैयाँले बढाएर ५६ करोड रुपैयाँ पुर्याएको छ ।

अजोड इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ४१ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ५३.६६ प्रतिशत अर्थात् २२ करोड रुपैयाँले बढाएर ६३ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा जनरल इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा १९ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ४७.३७ प्रतिशत अर्थात् ९ करोड रुपैयाँले बढाएर २८ करोड रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ४१ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन २१.९५ प्रतिशत अर्थात् ९ करोड रुपैयाँले बढाएर ५० करोड रुपैयाँ पुर्याएको छ ।

जनरल इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तमा २९ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन २०.६९ प्रतिशत अर्थात् ६ करोड रुपैयाँले बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ ।

एनएलजी इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तमा ९३ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन १९.३५ प्रतिशत अर्थात् १८ करोड रुपैयाँले बढाएर १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

नेको इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन १६.३८ प्रतिशत अर्थात् १९ करोड रुपैयाँले बढाएर १ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

शिखर इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन १५.९३ प्रतिशत अर्थात् २९ करोड रुपैयाँले बढाएर २ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा १ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन १३.०८ प्रतिशत अर्थात् १४ करोड रुपैयाँले बढाएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

लुम्बिनी इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ६२ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ९.६८ प्रतिशत अर्थात् ६ करोड रुपैयाँले बढाएर ६८ करोड रुपैयाँ पुर्याएको छ ।

सगरमाथा इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा १ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ७.२६ प्रतिशत अर्थात् ९ करोड रुपैयाँले बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।

प्रिमियर इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ८५ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ५.८८ प्रतिशत अर्थात् ५ करोड रुपैयाँले बढाएर ९० करोड रुपैयाँ पुर्याएको छ ।

आइएमई जनरल इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा ६८ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन ४.४१ प्रतिशत अर्थात् ३ करोड रुपैयाँले बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तमा ८४ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन २.३८ प्रतिशत अर्थात् २ करोड रुपैयाँले बढाएर ८६ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तमा ६२ करोड रुपैयाँ बीमा शुल्क गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क संकलन १.६१ प्रतिशत अर्थात् १ करोड रुपैयाँले बढाएर ६३ करोड रुपैयाँ पुर्याएको छ ।

व्यवसाय घटाउने बीमा कम्पानीहरु
बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तसम्म ४ वटा निजीवन बीमा कम्पनीको बीमा शुल्क संकलन घटेको छ ।

नेशनल इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तसम्म ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बीमा शुल्क संकलन ४.४४ प्रतिशत अर्थात् २ करोड रुपैयाँले घटेर ४३ करोड रुपैयाँमा सीमित भएको छ ।

दि ओरियन्टल: कम्पनीले गत आवको पुस मसान्तसम्म ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बीमा शुल्क संकलन ८.४७ प्रतिशत अर्थात् ५ करोड रुपैयाँले घटेर ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स:  कम्पनीले गत आवको पुस मसान्तसम्म ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बीमा शुल्क संकलन ११.६७ प्रतिशत अर्थात् ७ करोड रुपैयाँले घटेर ५३ करोड रुपैयाँमा सीमित भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स: कम्पनीले गत आवको पुस मसान्तसम्म ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बीमा शुल्क संकलन ३० प्रतिशत अर्थात् २१ करोड रुपैयाँले घटेर ४९ करोड रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु