हिरो मोटर्सले १० करोड मोटरसाइकल र स्कुटर उत्पादन गर्दै विश्वको ठूलो कम्पनी बन्यो



काठमाडौं । मोटरसाइकल र स्कूटर उत्पादन गर्ने हिरो मोटाकर्पले कुल कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ ।

कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुञ्जेलले बिहीबार भारतको हरिद्वारामा रहेको कारखानाबाट १०० मिलियन बाइक, एक्सट्रिम १६०आर सार्वजनिक गरे ।

यससँगै हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टु व्हिलर निर्माताको उपाधि कायम गरेको यो लगातार २०औं वर्ष भएको कम्पनीको दावी छ ।

हिरो मोटोकर्पको यो कोशेढुंगाको उपलब्धि कुल सञ्चित १० करोड (१०० मिलियन)को उत्पादनको लक्ष्य हासिल भएको तीव्र विश्वव्यापी उपलब्धीमध्ये एक हो । जसमध्ये ५ करोड (५० मिलियन) इकाई ७ वर्षको अवधिमा मात्रै उत्पादन भएका हुन् ।

दिगो वृद्धिमा केन्द्रित रहेको हिरो मोटोकर्पले विश्वभरिका समूदायका लागि मूल्य निर्माणका साथै आफ्नोे बिक्री, अनुसन्धान र विकास (आरएन्डडी) र निर्माणको पारिस्थितिक प्रणाली (ईकोसिस्टम)सँग आर्थिक गुणकका रुपमा काम गरिरहेको छ । यसले आफ्नो कार्यसञ्चालन हुने समाजको निरन्तर प्रगतिको दिशामा पनि निरन्तर काम गर्दै आएको छ ।

यसै अवसर पारेर डा. पवन मुञ्जालले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (नेसनल क्यापिटल रिजन–एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा ६ वटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको अनावरण गरे । ६ वटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरी महिनादेखि बिक्री हुनेछ ।

ग्राहक, डिलर, वितरक, लगानीकर्ता, आपूर्तिकर्ता (सप्लायर), कर्मचारी, ग्राहक र मिडियालगायत विश्व समुदायलाई सम्बोधन गर्दै डा. मुंजालले आगामी ५ वर्षका लागि हीरो मोटोकर्पको योजना र दृष्टिकोणका रूपरेखा प्रस्तुत गरे ।

यस समयावधिमा कम्पनीले आफ्नो नेतृत्वदायी स्थितिमा अझ सुदृढीकरण गर्ने, विश्वव्यापी उपस्थिति विस्तार गर्ने, रोमान्चक र सान्दर्भिक उत्पादनहरूको बजारमा ल्याउने गर्ने र नयाँ नवसिर्जनशील (इनोभेटिभ) उत्पादनका अवधारणाहरूमा पनि काम गर्ने लक्ष्य राखेको उनले बताए ।

आगामी पञ्चवर्षीय योजनाका रुपमा हिरो मोटोकर्पले हरेक वर्ष १० भन्दाबढी उत्पादनहरू– भेरियन्ट्स (नयाँ वर्ग), रिफ्रेस (पुनर्ताजा) र अपग्रेड (स्तरोन्नति) सहित ल्याउने छ ।

हिरो मोटोकर्पसँग भारत बाहिरका बजार का लागि सबल तीव्र वृद्धि लक्ष्य पनि छ । यसले यी बजारहरूमा यसको कार्यसञ्चालनमा वृद्धि गर्नेछ र नयाँ भौगोलिक क्षेत्रका प्रमुख बजारहरू प्रवेश गर्नेछ ।

हिरो मोटोकर्पले आफ्ना हरित सुविधा र ईन्धन–कुशल (फ्युल इफिसेन्ट)उत्पादनहरूका माध्यमबाट आफ्नो कार्बन फुटप्रिन्ट निरन्तर कम गर्दै लानेछ । कम्पनीले आन्तरिक कार्यक्रमहरू र बृहत्त बाह्य ईकोसिस्टमलाई सहयोग दुबै माध्यमबाट नयाँ मोबिलिटी उपायहरूको प्रसारका दिशामा पनि कार्य जारी राख्नेछ ।

भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले बेचेका एकाईका आधारमा विश्वको मोटरसाइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हो । यो स्थान लगातार २० वर्षदेखि कायम छ ।

कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (१०० मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कूटर बिक्री गरेको छ । हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ ।

हिरो मोटोकर्पसँग ८ वटा अत्याधुनिक उत्पादन सुविधाहरू छन् । जसमध्ये भारतमा ६ वटा र कोलम्बिया र बंगलादेशमा एक–एक वटा छन् । हिरो मोटोकर्पसँग दुई विश्वस्तरीय, अत्याधुनिक आरएन्डी सुविधा छन् ।

१०० मिलियन (१० करोड)को यात्रा
सन् १९९५- पहिलो १० लाख
सन् २००१- पचास लाख
सन् २००४- १ करोड
सन् २००८- २ करोड ५० लाख
सन् २०१३- ५ करोड
सन् २०१७- ७ करोड ५० लाख
सन् २०२१- १० करोड


क्लिकमान्डु