पुनर्बीमा कम्पनी: सेयर बजारको नयाँ ट्रेण्ड सेटर, जसले आइपीओको चर्चा गाउँसम्म पुर्यायो



काठमाडौं । कुनै कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिक्री हुँदा आम मानिसलाई थाहा हुँदैनथ्यो । कहिले बिक्री शुरु भयो र कहिले बन्द भयो भन्ने कुरा ।

तर पछिल्ला दिनमा बिक्री भएका केही कम्पनीको साधारण सेयरले भने लगानीकर्तालाई आकर्षितमात्रै गरिदिएन । शहर तथा शहरोन्मुख क्षेत्रमा मात्रै सिमित रहेको सेयरमा लगानी गर्ने आम प्रवृत्तिलाई नै बदलिदिएको छ ।

किनकी सेयर बजारलाई शहरबाट ग्रामीण क्षेत्रसम्म विस्तार गर्न मद्दत गरेको छ । सो टे«ण्ड सेट गर्ने कम्पनी बन्यो पुनर्बीमा कम्पनी ।

के कार्यालय, के चियापसल जताततै त्यतिबेला सोही कम्पनीको सेयरको चर्चा भयो, अहिले पनि कायमै छ । किनकी १०० रुपैयाँमा किनेको सेयर झण्डै १ हजार ५०० बराबर हुन लागेको छ । झण्डै १८ सय नजिक पुगेको थियो । यसले सेयरमा लगानी गर्नेलाई नयाँ उत्साहको सञ्चार मात्रै गरिदिएन । जुवाको खेल भनिएको सेयर बजारले नाफा पनि दिन्छ भन्ने मान्यता स्थापित गरिदियो ।

पुनर्बीमा कम्पनीको आइपिओ जारी गर्यो । त्यसपछि नेपाली सेयर बजारमा आइपिओमा आवेदन दिनेको संख्या ह्वात्तै बढ्यो । डिम्याट खाता खोल्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भयो । सेयर बजारलाई विस्तार गर्न बल पुर्यायो ।
पुनर्बीमा कम्पनीले गत चैत ४ गतेबाट प्रति कित्ता एक सय रुपैयाँको दरले १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता आईपिओ निष्काशन गर्यो ।

उक्त सेयरमा कर्मचारी र सञ्चयकर्तालाई छुटयाएर १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । सो कम्पनीको सेयरमा लगानीकर्ताले अत्याधिक सहभागिता जनाए ।

आईपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन पर्यो । त्यो भनेको माग भन्दा ३.६८ गुणा बढी हो । उक्त आइपीओमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका थिए ।

जब कम्पनीको सेयर बाँडफाँड गर्यो । रिततपुर्वक आवेदन दिएका ३ लाख ९० हजार ६३८ जनाले सेयर पाए । १० देखि ४० कित्तासम्म आवेदन दिएका आवेदनकर्ताले माग अनुसार सेयर पाए भने बाँकी आवेदनकर्ताले अधिकतम ५० कित्तासम्म सेयर हात पारे ।

नेपाल पुनर्बीमा कम्पनीमा गत वर्ष चैत पहिलो साता ५ हजार लगानी गरेका लगानीकर्ताले अहिले ७३ हजार ८०० रुपैयाँ कमाएका छन् । बुधबारमात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४७६ रुपैयाँ रहेको छ ।

आम मासिनलाई सेयरमा लगानी गर्न सिकाउने मध्यको एक थियो, कृषि विकास बैंक । त्यसपछि चिलिमे जलविद्युत् कम्पनीले पनि त्यस्तै टे«ण्ड सेट गरेको थियो । माथिल्लो तामाकोशीको साधारण सेयरले पनि सेयरमा लगानी गर्ने शहरी क्षेत्रमा बस्ने मात्रै होइनन्, ग्रामीण क्षेत्रमा बस्ने पनि हुन् भन्ने स्थापित गरिदियो ।

एचआइडिसिएलले पनि लगानीकर्तालाई राम्ररी नै आकर्षित गरेको थियो । यद्यपी सो कम्पनीको सेयरले लगानीकर्तालाई खासै नाफा दिन सकेको छैन ।

यस्तै, यही माघ २ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा पनि माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका छन् । सो बैंकको आइपीओ मा आवेदन दिएका आवेदनकर्ताले बढीमा ५० कित्ता सेयर पाउने सम्भावना देखिन्छ । बैंकले सर्वसाधारणको लागि ७ करोड ५८ लाख ४० हजार कित्तामा आइपीओ निष्काशन गरेको थियो ।

नेपाली पुँजी बजारको इतिहासमा यो नै अहिलेसम्मको सबैभन्दा बढी कित्ता र रकमको आइपिओ हो । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका र सार्वजनिक निष्काशनमा जान लागेका कम्पनीले पनि यति ठूलो मात्रामा आइपिओ बिक्री गर्ने सम्भावना तत्काल छैन । नयाँ कम्पनी आएको खण्डमा मात्रै त्यो सम्भावना रहन्छ ।

पुनर्बीमा कम्पनीको आइपीओ आउन लागेको समयमा दोस्रो बजार निकै उत्तारचढावको अवस्थामा रहेको थियो । त्यो बेला आएको आइपीओमा पनि मागभन्दा बढी आवेदन पर्नुलाई असामान्यरुपमा लिइएको थियो ।

त्यसभन्दा पहिले आइपिओ बिक्री गरेका कम्पनीमा माग अनुसार आवेदन नपरेर अण्डरराइटरले सकार्नु पर्ने बाध्यता थियो । केही कम्पनीको सेयर त अण्डराइटरले सकार्न नमान्दा विवाद नै भएको थियो ।

जब पुनर्बीमा कम्पनीको आइपिओ दोस्रो बजारमा सूचिकृत भयो त्यसपछि सेयर मूल्यमा देखिएको बढोत्तरीले नयाँ टे«न्ड सेटको काम गर्यो ।

उक्त कम्पनीको आइपिओेपछि थोरै लगानी गरेर धेरै कमाउने सकिने भन्दै बजारप्रतिको आकर्षण मात्रै बढाएको छैन, डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्यामा पनि गुणात्मक वृद्धि भयो ।

सो बंैकको आइपिओ बिक्री शुरु भएपछि डिम्याट लिनेको संख्या पनि ह्वात्तै बढेको छ । बुधबारसम्म २६ लाख १८ हजार ६२८ वटा डिम्याट खाता खोलेका छन् । गत पुस महिनामा मात्रै २ लाख १३ हजार २६६ जनाले डिम्याट खाता खोलेको सिडिएससीको विवरणमा उल्लेख छ ।

बर्षौदेखि बैंक खाता सञ्चालनमा नलाएका, खाता ब्लक भएका व्यक्तिले पनि पुनः नवीकरण गरे । डिम्याट खाता खोलेर बैंकको आइपिओमा आवेदन दिए ।

यतिबेलाको चासो बैंकको सेयर दोस्रो बजारमा सूचीकृत भएपछि प्रति कित्ता मूल्य कति पुग्ला भन्ने रहेको छ । हुन त पुनर्बीमा कम्पनीले लाभांश नै नदिएपनि सेयर मूल्य प्रति कित्ता १ हजार ४७६ रुपैयाँ रहेको छ ।

अहिले बजारमा कम्पनीको सेयरमा आवेदन दिन जसरी चार्म बढेको छ त्यसैगरी दोस्रो बजारमा पनि माग बढेको खण्डमा पुनर्बीमा पछि सेयर बजारमा नयाँ आयाम ल्याउन नेपाल इन्फ्रास्ट्रक्चर बैंक सफल हुने देखिन्छ । त्यसले नयाँ ट्रेण्ड सेटरको काम गर्नेछ ।

किनकी काठमाडौंमा केन्द्रित सेयर बजारलाई ग्रामीण क्षेत्रमा पुर्याउन सफल सो बैंकको आइपीओले काम गरेको छ ।


पुष्प दुलाल