जग्गा प्लटिङको लागि जाने ऋण बढ्दा घर बनाउन दिने ऋण घट्यो, कुन बैंकको कति ?



काठमाडौं ।  काठमाडौं । पछिल्लो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले जग्गा प्लटिङ गर्न दिने ऋण बढेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा जग्गा खरिद तथा प्लटिङ प्लटिङका लागि जाने कर्जा समेत १.५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा जग्गा खरिद तथा प्लटिङका लागि ९७ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । जुन काक्तिक मसान्तमा आइपुग्दा १ अर्ब ५१ करोड रुपैयाँले बढेर ९९ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

घर जग्गाको क्षेत्रमा कुल लगानी सामान्य बढेको र जग्गा खरिद तथा प्लटिङका लागि कर्जा प्रवाह बढेको भएपनि व्यक्तिगत आवासीय घर निमार्णका लागि जाने कर्जा भने १.५ प्रतिशतले घटेको छ ।

गत असार मसान्तमा व्यक्तिगत आवसिय घर निर्माणका लागि लागि बैंक तथा वित्त कम्पनीबाट १ करोड ५० लाखभन्दा मुनि ४० अर्ब ३८ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जुन कार्तिक मसान्तमा आइपुग्दा ५९ करोड २२ लाख रुपैयाँले घटेर ३९ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै व्यवसायिक भवन र अपार्टमेन्ट निर्माणका लागि जाने कर्जा समेत ४.१ प्रतिशतले घटेको छ । असार मसान्तमा सो शिर्षकमा १६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जुन काक्तिक मासान्तमा आइपुग्दा ६६ करोड १२ लाख रुपैयाँले घटेर १५ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।

व्यक्तिगत आवासीय घर जग्गा खरिदमा बैंकिङ क्षेत्रको कर्जा लगानी

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्त कम्पनीले ४ महिनामै २ खर्ब ५७ अर्ब १ करोड रुपैयाँभन्दा बढी आवासीय व्यक्तिगत आवासीय घर जग्गा कर्जा दिएका छन् । गत असार मसान्तमा सो शिर्षकमा बैंक तथा वित्त कम्पनीले २ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ कर्जा दिएका थिए । जुन काक्तिक मसान्तमा आइपुग्दा १.८ प्रतिशत अर्थात् ४ अर्ब ५१ करोड ९० लाख रुपैयाँले बढेको छ ।

व्यक्तिगत आवासीय घरमा कर्जा सो अवधिमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब ४४ करोड रुपैयाँ, विकास बैंकहरुले ३६ अर्ब ६६ करोड रुपैयाँ र वित्त कम्पनीहरुले ८ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

रियल स्टेट (हाउजिङ) मा बैंकिङ क्षेत्रको कर्जा लगानी

आवासीय प्रयोजनका लागि घर किन्न वा आवास निर्माणका लागि घडेरी (जग्गा) खरिदका लागि प्रवाह हुने १ करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियल स्टेटमा गणना गर्न नपर्ने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई दिएको छ ।

सो व्यवस्था अनुसार बैंक तथा वित्त कम्पनीले काक्तिक मसान्तसम्म कुल १ करोड ५० लाख भन्दामाथि रियलस्टेट (हाउजिङ) कर्जामात्र १ खर्ब ६३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । गत असार मसान्तमा सो शिर्षकमा बैंक तथा वित्त कम्पनीले १ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन काक्तिक मसान्तमा ०.३ प्रतिशत अर्थात् ४३ करोड २१ लाख रुपैयाँले बढेको हो ।

लगानीका अन्य उपयुक्त विकल्प नभएकाले प्रतिकूल अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् ।

घर जग्गा क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकहरुमा एनआइसी एशिया पहिलो

बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको कुल रियल स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जामा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकहरुको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ वटा वाणिज्य बैंकले २० अर्ब भन्दामाथि, ११ अटा बैंकले १० अर्ब माथि र ११ वटा बैंकले ५ अर्ब माथि स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जा लगानी गरेका छन् ।

सामिक्षा अवधिमा रियल स्टेट (हाउजिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घरका क्षेत्रमा सबैभन्दा बढी एनआसी एसिया बैंकले कर्जा प्रवाह गरेको छ । बैंकले उक्त अवधिमा ३५ अर्ब ८ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको हो । जसमा हाउजिङ्ग तथा प्लटिङ्गमा १७ अर्ब ५० करोड २८ लाख रुपैयाँ र व्यक्तिगत आवास निमार्ण तथा घर जग्गा खरिदमा १७ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस्तै कात्तिक मसान्तसम्म रियलस्टेट (हाउजिङ्ग तथा प्लटिङ) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा बढी लगानी गर्ने बैंकको दोस्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । बैंकले हाउजिङ्ग तथा प्लटिङ्गमा ३ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ र व्यक्तिगत आवस निमार्ण तथा घडेरी खरिदमा २० अर्ब ८८ करोड ९० लाख रुपैयाँ गरी जम्मा २४ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै, व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा बढी लगानी गर्ने बैंकको तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले सो अवधिमा २४ अर्ब ४६ करोड ३८ लाख रुपैयाँभन्दा बढी स्टेट (हाउजिङ्ग तथा प्लटिङ) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गरेको छ । जसमा बैंकले ८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ प्लटिङ्ग तथा हाउजिङ्गमा र १४ अर्ब २९ करोड २५ लाख रुपैयाँ व्यक्तिगत आवस निमार्ण तथा घडेरी खरिदमा कर्जा प्रवाह गरेको हो ।

माछापुच्छ्रे  बैंकले हाउजिङ्ग तथा प्लटिङमा ४ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ र व्यक्तिगत आवास निमार्ण तथा घडेरी खरिदमा १७ अर्ब ५० करोड २८ लाख रुपैयाँ गरी जम्मा २१ अर्ब ९९ करोड ८४ लाख रुपैयाँ घर जग्गाको क्षेत्रमा कर्जा लगानी गरेको छ । साथै ग्लोवल आइएमई बैंकले हाउजिङ्ग तथा प्लटिङमा ४ अर्ब ३० करोड ४८ लाख रुपैयाँ र व्यक्तिगत आवस निमार्ण तथा घडेरी खरिदमा १७ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ गरी जम्मा २१ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ घर जग्गाको क्षेत्रमा कर्जा लगानी गरेको छ ।

चालु आवको काक्तिक मसान्तसम्म ११ अटा बैंकले १० अर्ब माथि २० अर्ब रुपैयाँभन्दा कम रियलस्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जा लगानी गरेका छन् ।

जसमा नविल बैंकले १९ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, मेगा बैंकले १९ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ, एनएमबी बैंकले १७ अर्ब २७ करोड ८२ लाख रुपैयाँ, सनराईज बैंकले १५ अर्ब ८० करोड ९ लाख रुपैयाँ र प्राइम बैंकले १५ अर्ब ६५ करोड ९९ लाख रुपैयाँ घर जग्गाको क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

साथै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ, प्रभु बैंकले १३ अर्ब ६ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १२ अर्ब ८१ करोड ७ लाख, नेपाल बैंकले ११ अर्ब ८६ करोड रुपैयाँ, सानिमा बैंकले ११ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन्स बैंकले १० अर्ब ८४ करोड रुपैयाँ घर जग्गाको क्षेत्रमा कर्जा लगानी गरेको छन् ।

यस्तै, लक्ष्मी, हिमालयन, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट, सेञ्चुरी, नेपाल एसबीआइ, नेपाल बंगलादेश, कृषि विकास र एनसीसी बैंकले ५ अर्ब रुपैयाँभन्दा बढी र १० अर्ब रुपैयाँभन्दा कम रियल स्टेट (हाउजिङ्ग तथा प्लटिङ) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गरेका छन् ।


क्लिकमान्डु