२०२१ मा हिरो कम्पनीले मोटरसाइकलको मूल्य बढाउने, नेपालमा कतिले बढ्ला ?



काठमाडौं । भारतको सबैभन्दा ठूलो दुई पाङ्गे्र सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले २०२१ जनवरी १ गतेबाट उत्पादित सवारी साधनको मूल्य बढाउने भएको छ ।

बजारमा स्टल, आल्मोनियम, प्लास्टिक, मेटललगायत अन्य कच्चा पदार्थको मूल्य बढेकाले आगामी वर्ष २०२१ को सुरुवातीसँगै मूल्य बढाउने निर्णय लिएको कम्पनीले जनाएको हो ।

कम्पनीले गत डिसेम्बर १६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको अत्याधिक मूल्य बढेकाले सहज मूल्य कायम गरी मूल्य बढाउने निर्णय गरेको जनाएको छ । कम्पनीले उत्पादनमा भने तीब्र गतिमा बढाइसकेको छ ।

साथै, ग्राहकहरुको बोझ कम गर्ने र मार्जिनको सुरक्षा गर्ने उदेश्यका साथ प्रभाव न्यूनिकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि कमोडिटी लागतको असरलाई आंशिक रूपमा अफसेट गर्न कम्पनीले आफ्ना उत्पादनहरूको मूल्य प्रभावकारी हुने गरी २०२१ जनवरी १ गते देखिनै १५ सय रुपैयाँ बढाउने निर्णय गरेको छ ।

उक्त उत्पादन भएका मोटरसाइकलको मोडेलहरूमा फरक हुने र उचित निर्धारण भएको कम्पनीको दाबी छ ।

त्यसैगरी, नेपालले अधिकांश मोटरसाइकल र कार भारतबाट आयात गर्दछ । अब २०२१ आउन केही दिन मात्रै बाँकी रहेको छ । यसले गर्दा भारतमा १५ सय रुपैयाँले बढेको हिरो मोटरसाइकलको मूल्यले नेपाली बजारमा पनि असर पार्ने देखिन्छ ।

नेपालको लागि हिरो मोटरसाइकल तथा स्कुटरको बिक्री बितरणमा अनुमति पाएको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले विगत लामो समयदेखि बजारमा हिरो मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

साथै, भारतमा उत्पादन भएका अधिकांश मोटरसाइकल बजारमा ल्याई अत्याधिक ग्राहकहरूको मन जित्न सफल भएका छन् । त्यसले गर्दा भारतमा उत्पादन भएका अधिकांश मोटरसाइकल केही महिनामै नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसले गर्दा आगामी २०२१ मा उत्पादन भई नेपालमा आयात हुने हिरो कम्पनीको सवारी साधनको मूल्य बढ्ने भएको छ ।

६ हजारसम्म मूल्य बढ्ने

उत्पादक कम्पनीले मूल्य बढाउने भएता पनि नेपाली कम्पनीमा कुनै जानकारी नआएको नेपाल जनरल मार्केटिङ प्रालिले जनाएको छ ।

तर, उक्त सुचना प्राप्त नभएता पनि भारतमा बढ्ने वित्तिकै नेपालका पनि निश्चित बढ्ने प्रालिका बजार प्रबन्धक दिनेश बज्रचार्यले जानकारी दिए ।

उनका अनुसार कम्पनीले आगामी वर्षको लागि तयार गरिएको सम्पूर्ण मोटरसाइलको मूल्य वृद्धि भएमा नेपालमा पनि उक्त आयातित मोटरसाइकलको मूल्य वृद्धि हुने बताए ।

कम्पनीले नयाँ–नयाँ प्रविधि प्रयोग गरेर आफ्नो सामाग्री उत्पादन गरिरहेका छन् । तर, यो वर्ष कोरोना महामारीले गर्दा अत्याधिक मात्रामा कच्चा पदार्थको अभाव र मूल्य वृद्धि भएकोले उत्पादित सबै सवारी साधनको मूल्य वृद्धि हुने उनको अनुमान छ ।

उनका अनुसार नयाँ उत्पादन भएको मोटरसाइकल नेपाली बजारमा आएमा करिब ६ हजारसम्म बढ्ने बताए ।

‘भारतमा १५ सय रुपैयाँले वृद्धि भएता पनि नेपाली बजारमा सो मोटरसाइकल आइपुग्दा करिब ६ हजारसम्म बढ्न सक्छ,’ बज्राचार्यले क्लिकमान्डूसँग भने, ‘नेपालमा ढुवानी तथा भन्सार सबै जोडेर हिसाब गर्दा ५ देखि ६ हजारको अनुपातमा बढ्दछ ।’

सामान्यतया भारतमा १५ सय बढेको हुनाले ग्राहकले सोही अनुसारमा हिसाब गर्दछ । तर कम्पनीले ल्याउँदा उक्त मूल्य बढेर धेरै पुग्ने उनको अनुभव छ ।

यसैगरी, कोरोनाले थलिएको बजार भएता पनि सवारी साधन आयातमा भने कुनै असर नभएको व्यवसायीहरू बताउँछन् ।

तर, केही समय अगाडि भारतमा अत्याधिक मात्रामा कोरोना बढ्दा केही मात्रामा उत्पादनका असर परेको थियो । यद्यपी भारतमा उक्त समस्या देखा परेता पनि नेपालमा भने त्यसको असर नपरेको बज्रचार्यको भनाइ छ ।

साथै, हाल बढ्दो कोरोना संक्रमणको अवस्थामा दुई पाङ्ग्रे सवारी साधनमा बढ्दो आकर्षण भएको व्यवसायीहरूको बताउँछन् । यसले गर्दा उक्त सवारी साधनमा मूल्य बढेता पनि ग्राहकमा भने खासै असर नपर्ने बज्रचार्यको अनुमान छ


पुष्प दुलाल