२४ वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ? (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २६ वटा बैंकमध्ये हालसम्म २४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन । कतिपय बैंकले लाभांश घोषणा गरेर साधारणसभा सकेर लागानीकर्तालाई वितरण समेत गरिसकेका छन् ।

अझै पनि नबिल बैंक र सिभिल बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छैनन् । बाँकी २४ वटा बैंकले लाभांश घोषणा गरिसेकका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी एनआईसी एसिया र हिमालयन बैंकको रहेको छ ।

बैंकले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको हो । लाभांश घोषणा गरेका केही बैंकहरुले साधारणसभा नै सकिसकेका छन् । अहिलेसम्म साधारणसभा सम्पन्न गर्ने बैंकहरुमा एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स लगायतका बैंकहरु रहेका छन् । यी बैंकले साधारणसभा सम्पन्न गरेर तोकेको लाभांश पारित गरिसकेका छन् । अन्य कम्पनीको समाधान साधारणसभा हुने क्रममा रहेको छ । केहीको साधारणसभाको लागि समय नै तोकिएको छैन ।

लाभांश तोकेका बैकमा १० प्रतिशत भन्दा कम लाभांश दिने बैंकहरु चार वटा मात्रै रहेका छन् । जसमा सबैभन्दा थोरै लाभांश घोषणा गर्ने बैंकमा सेञ्चुरी कमर्शियल बैंक रहेको छ । बैंकले यो वर्षको लागि बोनस ५.२५ र नगद २.२५ सहित ७.५० प्रतिशत लाभांश दिने भएको छ । यसपछि नेपाल बंगलादेश बैंकको ८.४२ र सनराइज बैंकको ८.२८ प्रतिशत लाभांश रहेको छ । १० प्रतिशत भन्दा कम लाभांश दिने बैंकमा नेपाल एसबीआई बैंकपनि रहेको छ । बैंकले ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  अन्य बैंकले गरेको प्रस्ताव १० प्रतिशत भन्दा बढी नै रहेको छ ।

कोरोनाको समयमा पनि अन्य बैंकहरुको लाभांश सन्तोषजनक नै रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५, एनएमबी बैंक १६.२, बैंक अफ काठमाण्डू १६, नेपाल बैंक १६, कृषि विकास बैंक १६.७८, ग्लोबल आईएमई बैंक १६, प्राइम १५, सिद्धार्थ बैंक१५, कुमारी बैंक १४, सानिमा बैंक १३.०६, मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । सेयरधनीहरुले नगदलाई भन्दा बोनसलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी बोनस दिने बैंकमा एनआईसी एसिया, कृषि विकास बैंक, हिमालयन,प्राइम, एनएमबी, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक रहेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंकलाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरणलाई जोड दिएको छ । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन भने बाँकी बोनस सेयर दिनुपर्ने छ । बैंकहरुले सोही अनुसार लाभाशं घोषणा गर्नुपर्ने छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की भन्ने त्रासका बीचमा पनि बैंकका सेयरधनीहरुले मन दुखाउनु पर्ने अवस्था भने कम नै रहेको छ ।

Company Cash Bonus Total
Sunrise Bank 2.48 5.8 8.28
Nepal SBI 3.47 6 9.47
Everest 5.53 5 10.53
Standard Chartered 4.84 7 11.84
Global IME 2 14 16
Kumari 3.15 10.85 14
NIC Asia 1 19 20
Citizen 3 8 11
Bank of Kathmandu 3 13 16
Machhapuchhre 3.37 7.03 10.4
Century commercial bank 2.25 5.25 7.5
Agricultural development bank 0.78 15 15.78
Prabhu Bank 0.52 10 10.52
Sanima Bank 3.6 10 13.6
Siddhartha Bank 3 12 15
Nepal Bangladesh Bank 2.42 6 8.42
Himalayan Bank 6 14 20
Laxmi bank 2.5 9 11.5
Nmb bank 3.2 13 16.2
Prime commercial bank 15 15
Nepal Investment Bank 5.5 13 18.5
Ncc Bank 0.54 10.26 10.8
Nepal Bank 4 12 16
Mega Bank 3.05 10 13.05


क्लिकमान्डु