प्रतिनिधिसभा बिघठनबारे राजनीतिक दलका नेताको प्रतिक्रियाः प्रधानमन्त्रीले ‘कु’ गरे



kp oliकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गर्ने निर्णय गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो निर्णय गरेपछि विभिन्न तलका नेताहरुले फरक फरक धारणा सार्वजनिक गरेका छन् । ओलीको यो कदमलाई सबैले संवैधानिक ‘कु’ को संज्ञा दिएका छन् । कतिपय नेताहरुले यस विषयमा आफ्नो कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको कदमलाई समर्थ वा विरोध कुनै नभएको जनाएका छन् । ‘मेरो न समर्थन छ, न विरोध’ उनले भनेका छन् ‘पर्ख र हेरको अवस्थामा छु ।’
यता नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतन्त्र गवितिधि भएको प्रतिकृया दिएका छन् । ओलीको यो कदमले उनलाई नै कालान्तरमा समस्या सृजना हुने दाबी गरे । उनले ओलीलाई यस्तो निन्दनिय काम नगर्न समेत आग्रह गरे । प्रधानमन्त्री ओलीको यो कदमप्रति नेपाली काँग्रेसका नेताहरुले पनि प्रतिकृया दिएका छन् ।

कांग्रेसले त यो विषयमा आधिकारीक धारणा बनाउन आजै पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक समेत बोलाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रस्ताव गलत भएको र संविधान अनुरुप विघटन गर्न नमिल्ने बताए । यो संविधान र लोकतन्त्रको मर्म विपरीत हुने भन्दै यसले देशलाई संकटतर्फ लैजाने भन्दै अलोकतान्त्रीक काम नगर्न आग्रह गरेका छन् ।

काँग्रेसले आइतबार विज्ञप्ति नै जारी गरेर यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत भएको भन्दै कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जनाएको छ । चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको उल्लेख छ । ‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपील गर्दै कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका नेता, कार्यकर्ता सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी जनतचालाई अपील गरेको छ ।

यस विषयमा पार्टीले लिने आवश्यक कदम र थप धारणा बारे आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ । यता जनता समाजवादी पार्टीको चौथो बरियताका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन संविधान विपरित भएको बताए । उनले ओलीको यो कदम लोकतन्त्रको मर्म र संविधानको प्रावधान विपरीत भएको बताए । उनले अलोकतान्त्री र गैह्र जिम्मेवारी काम नगर्न आग्रह गरेका छन् ।

यता नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको धारणा दिए ।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान रहेको स्मरण गराए । प्रधानमन्त्रीले लडहमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको उनको भनाइ छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’


क्लिकमान्डु