इर्ष्या र अहंकारले मानिसलाई थला पार्छः बैंकर वुद्धि मल्लको लेख
भारतीय चलचित्र नगरीमा राजेश खन्नाको आफनै पहिचान छ । बलिउडले उनलाई पहिलो सुपरस्टार पनि मान्छ । उनले आफनो युगमा एकछत्र राज गरेका थिए ।
तिनै पहिलो र एकमात्र सुपरस्टारको राज एकाएक कमजोर भयो । समयक्रममा ‘ एङग्री योङ म्यान’को रुपमा परिचित अर्को पात्र देखा परे । बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चनको उदयसँगै खन्ना ओझेलमा परे । बलिउडमा खन्नाको पतन र अमिताभको उदयलाई एउटा युगको अन्त्य र अर्काे युगको आगमनको रुपमा विश्लेषण गर्ने गरिन्छ ।
खन्नाको पतनमा उनको इष्र्याको ठूलो भूमिका रहेको थियो । अमिताभसँग सन् १९७१ मा आनन्द चललिचत्र खेल्दा उनि फिल्मको मुख्य पात्र थिए र अमिताभ बच्चन सहायक पात्र थिए । त्यतिबेला उनले अमिताभलाई कहिल्यै पनि प्रतिस्पर्धीको रुपमा ठानेनन् ।
तर, समय बदलिंदै गयो, अमिताभ बच्चनले १९७३ मा जंजिर खेलेपछि उनलाई ‘एङग्री योङ म्यान’को रुपमा चिनिन थाले । राजेश खन्ना र अमिताभ बच्चनको जोडी १९७३ मा नै नमक हराममा फेरी एक पटक देखा परे ।
हुन त यस पटक पनि नमक हराममा अमिताभ बच्चनलाई सहायक पात्रको रुपमा अनुबन्धन गरिएको थियो र राजेश खन्नाले पनि आफ्नो सुपरस्टारको शक्ति प्रयोग गर्दै अमिताभको भूमिकामा कैंची चलाए र कमजोर बनाउन दबाब दिए ।
निर्देशक, निर्माता पनि राजेश खन्नाको दबावले दिक्क भए र अमिताभ बच्चनको भूमिका अझ सशक्त बनाइदिए । चलचित्र रिलिजपछि एकाएक दर्शकका सामु बच्चन सहायक नभई राजेश खन्नाको बराबरी नायकको रुपमा पाए । र, अमिताभलाई नयाँ विकल्पको रुपमा लिन थाले ।
कुनै पनि मानिसको लागि अधिक इष्र्या राम्रो होईन । अरुको काम र प्रगतिमा इष्र्या गर्नुभन्दा त्यसबाट प्रेरणा लिनुपर्छ । खन्नामा अरुप्रति इष्र्या यति धेरै थियो कि, अमिताभ सुटिङ सेटमा जयालाई भेटन आउँदा समेत उनले राम्रो व्यवहार गरेनन् ।
उनको व्यवहारबाट दिक्क भएर एकदिन जया भाडुडीले राजेश खन्नालाई भनेका थिए- तिमीले जुन मानिसलाई नराम्रो व्यवहार गर्दैछौ, त्यो मानिस एकदिन ठूलो सुपरस्टार हुनेछ । यस्तो व्यवहार गर्नु राम्रो होईन ।
अरुको इष्र्या गरेर मानिस फंसेका, बर्बाद भएका धेरै कथा एवम्, घटना हाम्रो समाजमा व्याप्त छ । प्राचिनकालमा पनि दाउरे र बञ्चरोको एउटा प्रसिद्ध कथामा इमान्दार दाउरेको दाउरा काट्न जाँदा बञ्चरो पोखरीमा खसेको र बनदेबीले दाउरेको इमान्दारीता देखेर सुन,चांदी र उसको ३ वटै वञ्चरो दिएर पठाएका थिए ।
सो थाहा पाएर सोही गाँउको एउटा लोभी मानिस पनि दाउरेले जस्तै बञ्चरो खसाएको तर देवीले ऊ लोभी भएको चाल पाएर भएको बञ्चरो पनि नदिई रित्तै पठाएको कथा हामी धेरैलाई थाहा नै छ ।
नेपालीमा एउटा प्रचलित भनाई छ ‘ईख नभएको छोरा र बिष नभएको सर्पको केहि काम हुंदैन’ । यो भनाइमा छोरा भन्ने शब्द भएपनि यसलाई छोरा छोरी दुवैै भनेर बुझौं । यो ईख भन्ने शब्दलाई सकरात्मक ब्याख्या गरियो भने लक्ष्य भन्ने बुझिन्छ भने नकरात्मक ब्याख्या गरियो भने इष्र्या, डाह भन्ने बुझिन्छ ।
जुन मानिसको लागि राम्रो हुंदैन । राजेश खन्नाले पनि अमिताभ बच्चनको इर्ष्या, डाहा गर्नुको साटो अमिताभ बच्चनसंग मित्रता बनाएर दुबैले एक अर्काेको कलालाई सम्मान गरेर, एक अर्काेबाट सिकेर, सिकाएर अगाडी गएको भए शायद त्यति चांडो उनको अवसान हुने थिएन ।
सहि ईखले मानिसलाई सफल बनाउंछ र यसले मानिसलाई भाविष्यको बाटो कोर्न सहयोगी भूमिका खेल्दछ, जुन सफल मानिसको जीवनमा पनि देखिन्छ । जस्तै: माहात्मा गान्धीलाई दक्षिण अफ्रिकामा गोराले रेलबाट धकलेर निकालिदिएपछि उनमा इख पैदा भयो । जसको कारणले उनले भारतलाई बेलायती साम्राज्यबाट स्वतन्त्र बनाउने योजना बनाए । फोर्ड मोटरका मालिकले रतन टाटालाई बेइज्ज्त गरेका थिए । जसको इखबाट पछि रतन टाटाले टाटा मोटरमा एकदमै मेहनत गरे र पछि फोर्ड मोटर नै किनिदिए ।
भारतिय पूर्व क्रिकेटर नवोजित सिद्धुलाई रन बनाउन नसकेपछि एउटा पत्रिकाले उनले रन बनाउन नसक्ने भनि आलोचना गर्दै समाचार छापेपछि सिद्धुले कडा मेहनत गरेर १९८७ को विश्वकपमा धेरै छक्का हानेर बिश्व कीर्तिमान बनाएपछि त्यहि पत्रकारले ‘स्ट्रोक्लेस वण्डर टु अ पाम-ग्रोभ हिटर’ भने । धेरै रन नबाउने सिद्धु आज ठूला ठूला सट हान्न माहिर भएको भन्दै उनको प्रशंसामा शब्दहरु खर्चिएका थिए ।
रायन होलिडेले आफ्नो पुस्तक ‘इगो इज दि इनमीमा’ अहम मानिसको शत्रु हो, जुन मानिसमा अहम हुन्छ त्यस मानिसले शत्रु खोज्न बाहिर जानै पर्दैन । उसको प्रगतिमा उ भित्र रहेको अहमले नै वाधा पुर्याउँछ ।
आफ्नै अहमताले उसले प्रगति गर्न सक्दैन । त्यस्ता मानिसको सबैभन्दा ठूलो शत्रु उ आफूभित्र रहेको अहम नै हुन्छ । जसरी खेतबारीमा उम्रेको झारले बालीनालीलाई मौलाउन दिँदैन, त्यसरी नै मानिसको अहमले उसलाई पनि बढ्न दिंदैन ।
इष्र्या र अहम दुई चिज मानिसको लागि घातक छन् । जसरी वनमाराले आफै झांगिंदै झांगिदै गएर पूरा बन कब्जा गर्छ । बाटो पनि बन्द गरिदिन्छ र अन्य बोटबिरुवालाई ढाकिदिन्छ । त्यसै गरि मानिसको इष्र्या र अहमले पनि मानिसको जीवनका विभिन्न बाटो बन्द गरिदिन्छन् ।
इस्र्या र अहंले मानिसको सोंचाईको घेरालाई एकदमै सांघुरो बनाईदिन्छ जसले गर्दा महत्वपूर्ण र आवश्यक कार्यहरु समेत ओझेलमा परेर ब्यक्तिगत तथा ब्यवसायिक जिवनमा बाधा पर्दछ ।
मानिसमा इर्ष्या र अहमको विकाश हुनुमा तुलनाले ठुलो भूमिका खेलेको हुन्छ जस्तै: कामको तुलना, कमाईको तुलना, सम्पत्तीको तुलना, प्रगतिको तुलना, परिवारको तुलना, क्षमताको तुलना आदि, इत्यादि । यहि तुलनाले इष्र्या जन्मांउछ र विभिन्न कारणले अहमको विकास हुन्छ । तुलना मानिसको जीवनमा एउटा भाइरस जस्तै हो ।
ठुलो हुंँ भन्ने घमण्ड अर्थात अहमता र सानो हुंँ भन्ने हिनताबोध दुवैले मानिसको प्रगतिमा बाधा पुर्यांउछ । ठूलो हुंँ भन्ने भावना ठुलो जात, ठूलो पद,ठूलो खानदान, ठूलो ठाँउ, ठूलो क्षेत्र आदि बिभिन्न कारणले उत्पन्न भएको हुनसक्छ भने यसको ठिक विपरित कुराले सानो हुंँ भन्ने भावना विकसित हुनसक्छ ।
मानिस धेरै मोटायो भने रोगी बन्दै जान्छ, अधिक मोटो भयो भने हिँड्न पनि सक्दैन । त्यस्तै धेरै अहम भएको मानिस पनि रोगी जस्तै हो र यो अहम बढ्दै गयो भने मोटो मानिस हिँड्न नसके झै उ पनि जीवनको यात्रामा अन्य सहकर्मी, साथीभाई, इष्टमित्रहरुको साथ नपाई एक्लै बन्न सक्छ । अगाडी बढ्न सक्दैन र उसको जीवनको यात्रा अपुरो हुनसक्छ ।
आफैलाई अहित हुने इर्ष्या र अहमता ल्याएर स्वयंम आफूलाई रोगी बनाउनु एउटा विवेकशिल मानिसले गर्ने कार्य हुन सक्दैन । इष्र्या र अहमताले मानिसलाई रोगी बनाउँछ । अधिक इर्ष्या र अहमताले मानिसलाई थला पार्छ । (लेखक मल्ल बैंकर हुन् )