निर्माण सामग्रीमा मूल्यवृद्धि, एकतले घर बनाउँदा कुन सामग्रीमा कति खर्च लाग्छ ?



काठमाडौं । जीवनमा एकपटक घर बनाउने सबैको इच्छा हुन्छ । तर, आफ्नो आर्थिक स्थितिले गर्दा सबैले बनाउन सक्दैनन् । यस्तै पछिल्लो समय काठमाडाैं उपत्यकामा घर बनाउने व्यक्ति उल्लेखनीय छ ।

जसमा आफ्नो आर्थिक स्थितिअनुसार घर बनाउने गर्दछ । त्यसैगरी, उपत्यकामा घर बनाउँदा अति आवश्यक सामग्री कति ल्याउनुपर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ ।

यदि थाहा छैन भने तपाईंको घर निर्माण गर्दा कति सामग्री र कति खर्च लाग्छ त ?

जसमा इन्जिनियरहरूको अनुसार करिब १५ देखि ३० लाखमा एकतले घर राम्रो बन्ने बताएका छन् । तर, अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्नाले अलि खर्च बढ्ने उनीहरूको भनाइ छ ।

यस्तै, करिब लामो समयको लकडाउन र निषेधाज्ञाले ९ महिना थलिएको निर्माण व्यवसायमा तिहारलगत्तै चहलपहल शुरू भएको छ ।

तर, बजारमा निर्माण व्यवसायको चहलपहल शुरू भएसँगै निर्माण सामग्रीको अत्यधिक मूल्य बढेको छ । जसले गर्दा प्रत्यक्षरुपमा आम उपभोक्तालाई असर परेको छ ।

कोरोना महामारीले गर्दा अधिकांश रोकिएको काम हो घर निर्माण तथा अन्य सानो आयोजना । कोरोनाको समयमा निर्माण सामग्रीको ढुवानी तथा कामदारको समस्याले गर्दा अधिकांश घर बनाउने व्यक्तिको योजना सफल हुन सकेको थिएन ।

तर, अहिले कोरोनाको संक्रमण तीव्र रुपमा बढे पनि अवस्था सामान्य जस्तै बनेको छ । यसले गर्दा कोरोनाले गर्दा रोकिएका घर बनाउने योजना अब बनाउन शुरु गरेका छन् ।

तर, निर्माण व्यवसाय शुरु हुने लगत्तै अति आवश्यक सामग्री डण्डी, गिट्टी, बालुवाको अत्यधिक मूल्य बढ्नाले आम सर्वसाधारणहरूको खर्च बढ्ने भएको छ ।

यस्तै, दशैंतिहार अगाडिको तुलनामा इट्टा र सिमेन्टको मूल्य भने घटेको व्यवासायीहरूको भनाइ छ । साथै, निर्माण गर्दा व्यक्तिले प्रयोग गरेको सामग्रीको गुणस्तरको आधारमा रकम तय हुने र त्यही अनुसार खर्च बढ्दै जाने उनीहरूको भनाइ छ ।

एकतले घर बनाउँदा अति आवश्यक सामग्रीको अनुमानित खर्च ?
डन्डी: उपत्यकामा घर बनाउँदा अति आश्यक हो डण्डी । तिहारपछि घर बनाउने उपभोक्ताले विगतको तुलनामा अहिले डण्डीमा प्रतिकिलो १५ देखि २० रुपैयाँ बढी पर्नेछ । यसले गर्दा विगतको तुलनामा केही महंगो पर्न जाने इन्जिनियर सम्देन लामा बताउँछन् । एकतले घर बनाउँदा करिब ६ टनजति डन्डी आवश्यक पर्दछ । अहिले अशोक स्टिलको मूल्य प्रतिकेजी ७६ छ । अन्तर्राष्ट्रियरुपमै फलामको मूल्य बढेको हुनाले अझै बढ्ने कम्पनीको अनुमान छ । त्यसैगरी, जगदम्बा स्टिलको मूल्य ८९ रुपैयाँ र जगशक्तिको ८८ रुपैयाँ छ । घर बनाउँदा टनको हिसाबले बिक्री वितरण हुने भएकाले करिब ६ टनको मूल्य ५ लाख ५० हजार जति खर्च हुनेछ ।

बालुवा: यस्तै पछिल्लो सयम अत्यधिक मूल्य बढेको निर्माण सामग्री हो बालुवा । विगतको दिनमा करिब २२ हजारमा काठमाडौंमा आइपुग्ने बालुवाको मूल्य अहिले बढेर ३० हजारदेखि ३५ हजार पुगेको छ । एकतले घर बनाउन करिब ६ टिप जति आवश्यक पर्दछ । यसले गर्दा ३५ हजारको दरले हिसाब गर्दा करिब २ लाखभन्दा बढी पर्नेछ ।

गिट्टी: त्यस्तै सरकारले गत असोजबाट नदीजन्य सामग्रीमा उत्खनन्मा रोक लगाएसँगै गिट्टीको मूल्य पनि ह्वात्तै बढेको छ । विगतको दिनमा करिब २५ हजारमा पाउने गिट्टी अहिले बढेर ३५ हजारसम्म पुगेको छ । उपत्यकामा एकतले घर बनाउन करिब ३ देखि ५ टिपसम्म गिट्टीको आवश्यक पर्दछ । जसको मूल्य अहिले डेढ लाखभन्दा बढी जति खर्च हुनेछ ।

सिमेन्ट: एकतले घर निर्माण गर्दा करिब ५ सय बोरा सिमेन्टको आवश्यक पर्दछ । यसमा ओपीसी २५० बोरा र पीपीसी २५० बोरा आवश्यक पर्दछ । जसमा ढलान, पिलर, बिमलगायतमा ओपीसी र इट्टाको गारो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । अहिले ओपीसी र पीपीसी सिमेन्टको मूल्य घटेकोले केही सहज भएको लामाको भनाइ छ । हाल बजारमा पीपीसीको ६ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ पर्छ भने ओपीसीको ७ सयदेखि ७५० रुपैयाँसम्म पर्दछ ।

इँटा: एकतले घर निर्माण गर्दा करिब १४ हजार इँटा आवश्यक पर्दछ । अहिले इँटाको मूल्य पनि नबढेको हुनाले उपभोक्ताले आफ्नो पायक पर्ने स्थानबाट सस्तोमा लिई लाभ लिन सक्नेछन् । जसमा उपभोक्ताले २ लाख बढी पर्न जानेछ ।

यस्तै, अन्य सामग्रीमा काठका झ्याल ढोका, रङरोगन, टायललगायत अन्य सामग्रीमा आफ्नो खर्च अथवा गुणस्तर अनुसार राखी घर सजाउन सकिने लामाको भनाइ छ ।


क्लिकमान्डु