६१ वटा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?



काठमाडौं । सञ्चलनमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीलगायतले शेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १४ वटा वाणिज्य बैंकसहित ६१ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म १४ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेको छन् ।

त्यस्तै केही अन्य वित्तीय संस्थाले पनि लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा म्यूचुअल फण्ड, जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा बीमा कम्पनीलगायत छन् ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेका छन भने ४ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका केही बैंक तथा वित्तीय संस्थाको साधारणसभा भइसकेको छ भने केहीले साधारणसभा बोलाएका छन् । अहिलेसम्म साधारणसभा सम्पन्न गर्ने कम्पनीमा एनआईसी एसिया बैंक, अरुण काबेली पावर, यूनिलिभर नेपाल, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंकले साधारणसभा सम्पन्न गरेर तोकेको लाभांश पारित गरिसकेको छ । अन्य कम्पनीको समाधान साधारणसभा हुने क्रममा रहेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की भन्ने धेरैमा त्रास थियो । तर हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांश दर सन्तोषजनक नै रहेको छ ।

अहिलेसम्म सबैभन्दा बढी नगद लाभांश घोषणा गर्ने कम्पनीमा यूनिलिभर नेपाल रहेको छ । यूनिलिभरले लगानीकर्तालाई १०० प्रतिशत नगद लाभांश दिएको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीको धेरै लाभांश दिनेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छ । वोमीले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश बोनस मात्रै हो । वोमी पछि धेरै लाभांश दिने कम्पनीमा छिमेक लघुवित्त, समता माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, मञ्जुश्री फाइनान्स, आरएमडिसी लघुवित्त, एनआईसी एशिया बैंक, एनएमबी माइक्रोफाइनान्स, हिमालयन बैंकले क्रमशः २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेको कम्पनीमा सबैभन्दा थोरै लाभांश दिनेमा ग्लोबल आईएमई सम्मुन्त योजना–१ छ । सम्मुन्त योजना–१ ले ४ प्रतिशत नगद मात्रै लाभांश दिएको छ ।

अहिलेसम्म बैंकहरुले न्यूनतम ८.२८ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंकले, हिमालयन बैंक छन् । दुवै बैंकले २० प्रतिशत लाभांश दिएका छन् । एनआईसी एशिया बैंकको त साधारणसभाले पारित समेत गरिसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरणलाई जोड दिएको छ । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन भने बाँकी बोनस सेयर दिनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाले सोही अनुसार लाभाशं घोषणा गर्नुपर्ने छ ।


क्लिकमान्डु