हुवावे र टिकटकमाथिको अमेरिकी बक्रदृष्टिः तोशिवा र अलस्टमको इतिहास दोहोरिदै



काठमाडौं । अमेरिका र चीनबीच देखिने वा नदखिने गरी दुबै खालको व्यापार युद्ध जारी छ ।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्ट’ जस्तो चरम राष्ट्रवादी नीतिका कारण चीनसँग दुस्मनी बढेको हो । नयाँ राष्ट्रपतिमा जो वाइडेन आएपछि सम्बन्ध सुधार हुने र व्यापार युद्धले पूर्णबिराम पाउने विश्वास गरिएको छ ।

यो त्यही व्यापार युद्धसँग नै जोडिएको कथा हो ।

यतिबेला चिनियाँ कम्पनी हुवावे र टिकटकको विषयलाई लिएर राम्रै टकराव भइरहेको छ । किनकी एकअर्काको सूचना चोरेको र गलत मनसाय राखेको जस्ता आरोप अमेरिकाले चीनमाथि लगाउने गरेको छ । व्यक्तिगत सूचनामाथिको पहँच कायम गरेको आरोप पनि सँगसँगै लाग्ने गरेको छ ।

हुवावे र टिकटकलगायत चिनियाँ टेक कम्पनीमाथि विश्व व्यापार संगठनको मूल्य र मान्यता विपरीत गएर अमेरिकाले दमनकारी नीति अख्तियार गरिरहेको छ ।

चिनियाँ टेक जाइन्ट कम्पनीको बढ्दो बिस्तार तथा प्रभावले घरेलु समकक्षहरुमाथि दबाब बढेको तथा खतरा पैदा गरेको अमेरिकीहरु ठान्छन् ।

विगतदेखिको इतिहास थाहा पाउने र पूराना पुस्ता भने अमेरिकाले विदेशी कम्पनीमाथि गरेको व्यवहार नयाँ हो भन्ने ठान्दैनन् । किनकी विगतदेखि नै अमेरिकाले विदेशी कम्पनी त्यसमा पनि सिर्जनात्मक काम गर्नेलाई उठ्नै नसक्ने गरी समस्यामा चक्रव्यूहमा पारेको तथ्य उनीहरु नजरअन्दाज गर्न सक्दैनन् ।

विदेशी टेक कम्पनीहरूको आक्रामक व्यवहारबाट उनीहरु अचम्म पनि मान्दैनन् ।

विगतका दशकहरूमा, जापानको तोशिबा र फ्रान्सको अल्स्टम जस्ता विश्वका कम्पनीले अमेरिकी सरकारले नीतिमाथि गम्भीर चोट पुर्याएको आरोप लगाएका थिए । अमेरिकाले ती कम्पनीहरुमाथि पनि एन्टिडम्पि बलम र घूसखोरी जस्ता बहाना प्रयोग गरेका थिए ।

आज हुवावे वा टिकटकमाथिको दमन र तोशिबा वा अल्स्टम माथिको वासिंशटनको ज्यादती तात्विकरुपमा केही फरक छैन । मात्रै समय र सन्दर्भ ।

चीनको अन्तर्राष्ट्रिय आर्थिक एक्सचेन्ज जानकार तथा चीन सेन्टरका अमेरिकी अध्ययनका प्रमुख अनुसन्धानमूलक झाङ मोनानका अनुसार वाशिंगटनले आफ्नो कानून र प्रशासनिक निर्देशनलाई बजार क्रमभन्दा माथि राखेर आफ्नो प्राविधिक आधिपत्य कायम राख्छ ।

यो उनीहरुको विगतदेखिको गलत प्रयास हो । उनले चिनियाँ अखबार ग्लोबल टाइम्ससँग भनेका छन्, यस्तो काम उसले विगतदेखि नै गर्दै आएको छ ।

‘चिनियाँ टेक उद्योग तथा फर्महरूले तोशिबा र अल्स्टमको अनुभवबाट पाठ सिक्न सक्छन्,’ फुदान विश्वविद्यालयमा अमेरिकी अध्ययन केन्द्रका उप निर्देशक सोङ गुओयुले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘यसले हाम्रा चिनियाँ कम्पनीलाई अमेरिकी प्रविधि र यसको बजारमा निर्भरता कम गर्न र तथा अमेरिकी नेतृत्वमा भएको व्यापार तथा प्रविधिको युद्धबाट नै टाढा रहन सिकायो । ’

तोशिवाः ‘राष्ट्रिय सुरक्षा खतरा’
कुनै समय अमेरिकारले जापानको तोशिवा कम्पनीलाई पनि अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा भएको कम्पनीको रुपमा चित्रण गर्दथ्यो ।

जापानको अर्धचालक उद्योग सन् १९८० को असाध्यै फस्टाएको थियो । लस एन्जलस टाइम्सले १९९२ को अगस्टमा प्रकाशित गरेको विवरणअनुसार सो कम्पनीले सन् १९८७ सम्म डीआरएएम जस्ता चिप्स तथा अन्य मेमोरी कार्ड उत्पादनमा ठूलो बजार हिस्सा कायम गरेको थियो ।

त्यस समय जापानको अग्रणी चिप उत्पादक कम्पनी तोशिबालाई तब अमेरिकाले ‘राष्ट्रिय सुरक्षा चिन्ता’ भएको भन्दै आरोपित गरेको थियो ।

सन् १९८६ मा तोशिवाले नर्वेजियन सैन्य उद्योग कोंग्सवर्गसँग मिलेर तत्कालीन सोभियत संघलाई आफना प्रविधि एवम् सामग्री उपलब्ध गराउन थाल्यो । तब अमेरिकाले २ देखि ५ वर्षसम्म तोशिवालाई प्रतिबन्ध नै लगायो ।

अमेरिकाले सोभियत संघलाई ती सामग्री बिक्री गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामाथि आँच पुर्याएको बताएको थियो । तोशिवाले कोकम सम्झौताको पालना नगरीकन नै सैन्य प्रयोजनका लागि प्रयोग हुने सामग्री समेत सोभियत संघलाई बिक्री गरेको बताएको थियो ।

कोकम सम्झौता अनुसार हातहतियारमा प्रयोग हुने सामग्रीको निर्यात गर्न नपाइने व्यवस्थाको प्रतिकूल हुने गरी काम गरेको आरोप लगाइएको थियो ।

अमेरिकाको सो कार्यबाट तोशिवालाई असाध्यै ठूलो समस्या आइलाग्यो । उसलाई ठूलो व्यापारिक चोट पनि पर्यो ।

उसका दुई व्यवस्थापकहरूलाई जेल हालियो । धेरै वरिष्ठ अधिकारीले राजीनामा दिए । कम्पनीले १०० मिलियन जापानी येन बराबरको विज्ञापन अमेरिकी समाचारपत्रमा प्रकाशित गर्दै माफी समेत माग्नुपरेको थियो । उसले विश्वव्यापीरुपमा प्राप्त गरेको ब्राण्ड भ्याल्यूलाई समेत क्षणभरमा ध्वस्त पारिएको थियो ।

कम्पनीका धेरै प्राविधिक कागजातहरू पनि सीआईए अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो ।

तोशिबालाई अमेरिकाले बेलामा यूरोपेली देशहरु आँखा चिम्लेर थाहा नपाए जसरी नै चुप लागेका थिए । उनीहरुले वाशिंटनले गरिरहेको प्रतिस्पर्धालाई रोक्ने काममा चुपचाप बसेर गलत कार्यलाई सही भनिदिने अवस्था सिर्जना भएको थियो ।

नर्वेको पुलिस सेवाको एक विवरणअनुसार सन् १९८७ मा अर्को खुलासा भएको थियो । फ्रान्स, इटाली र जर्मनीलगायत अन्य धेरै सदस्य देश कोकम सम्झौता अनुसार नै परिष्कृत मेशिनहरू बिक्री गरेको थियो ।

लस एन्जलस टाइम्सले १९८७ को अक्टोबरमा उक्त विवरण प्रकाशित गरेको थियो । उसको विवरण अनुसार केही फर्मलाई अमेरिकामा विशेष खालको अनुमति पनि दिइएको थियो ।

तोशिवालाई त्यसरी समस्यामा पार्नुको पछाडि लक्षित तथाकथित राष्ट्रिय सुरक्षा चिन्ताको विषय मात्रै थिएन । तोशिवालाई अमेरिकी टेक फर्महरूको विकासको लागि खतराको रूपमा हरेका थिए ।

अमेरिकाले वास्तवमै घरेलु चिप्स उद्योगको रक्षा गर्ने आफ्नो लक्ष्य हासिल गर्न चाहन्थ्यो । उसको उद्देश्य आफूभन्दा ठूलो प्रतिद्वन्द्वीलाई दबाएर केही उच्च आवाजका साथ अनेकन बहाना गरिरहेको थियो ।

अमेरिकाको अनेकन हर्कतका कारण तोशिवाको चिप्स व्यवसाय निरन्तर सुस्त रह्यो र ओरालो लाग्यो । विशाल साम्राज्य विस्तार गरेको चिप्स व्यवसाय अन्ततः अमेरिकी कम्पनीलाई १८ बिलियन डलरमा बिक्री गर्नुपर्यो । सो कम्पनी आफनो कामबाट फिर्ता हुनुपर्यो ।

घूसखोरीको आरोप
सन् २०१९ मा अमेरिकी जालमा परेपछि हुवावेका एक संस्थापक प्रतिनिधिले भिडियो सन्देशमा समेत देखियो ।

त्यतिबेला नै फ्रान्सेली कम्पनी अलस्टमलाई अमेरिकी कम्पनीले कसरी टकेओभर गरेका थिए भन्ने बारेमा पनि एक पुस्तक नै प्रकाशित भयो । त्यसले पनि आम रुपमा ध्यानाकर्षण भने गरेको थियो ।

फ्रान्सको औद्योगिक गहनाको रुपमा नै रहेको भनिएको कम्पनीले विभिन्न ऊर्जा तथा यातायातको क्षेत्रमा एक वैश्विक नेताका रुपमा समेत काम गरिरहेको थियो । त्यसले विद्युत उत्पादन स्टेशनहरू र प्रसारण लाइनहरू तथा रेल निर्माण गरेको थियो ।

सन् २०१० को शुरुमा धेरै देश र क्षेत्रहरूमा अमेरिकी विशाल जनरल इलेक्ट्रिक (जीई) को प्रतिस्पर्धी हुन थालेपछि वाशिंगटनले अल्स्टमलाई निशाना बनाएको थियो ।

सन् २०१३ मा अल्स्टमका कार्यकारीलाई एउटा सम्झौता गर्दा इन्डोनेसियाली अधिकारीहरुलाई घूस दिएको आरोपमा न्यूयोर्कको एक विमानस्थलमा पक्राउ गरियो ।

फिउचीले आफ्नो पुस्तकमा लेखेका छन् कि उनका वकिललाई ठूलै मोलमोलाई समेत गरिएको थियो । ठूलो लोभ समेत देखाइएको थियो ।

उनलाई आफनो आरोप कबूल गरे केही दिनभित्रै रिहाई गरिने बताइएको थियो । बिबिसीको विवरण अनुसार त्यसो गर्न नमानको खण्डमा १२५ वर्षको जेल सजाय हुने धम्की दिइयो ।

अमेरिकामा घुसखोरीको आरोपमा पक्राउ परेका अरु धेरै शीर्ष व्यवस्थापकलाई पनि त्यस्तै आरोप लगाइयो । सो कम्पनीका उच्च अधिकारीलाई अमेरिकी न्यायाधीशले घूसखोरी गरेको अभियोगमा ७७२ मिलियन अमेरिकी डलर बराबरको जरिवाना गरेका थिए । अति नै गरेपछि अमेरिकी कम्पनी जिइले अल्स्टम कम्पनी खरिद गर्यो ।

चीनकोे युरोपीयन अध्ययन विभागका निर्देशक कुई होवजियनका अनुसार अल्स्टम केसले अमेरिकाको कानूनी र व्यापारिक क्षेत्रमा कुन हदसमको गलत काम गर्न सक्छ भन्ने देखिन्छ ।

उनीहरुले बाहिरी क्षेत्राधिकारको पहुँच देखाएर व्यवसायमा संलग्न विदेशी कम्पनीका कर्मचारी विरूद्ध कुन हदसम्मको कानुनी कारवाही गर्न सक्छ भन्ने देखिन्छ ।

हुवावेका सिएफओ मेङलाई क्यानडामा पक्राउ गर्नुपनि त्यसैको पछिल्लो उदाहरण थियो । अल्स्टममाथिको जस्तै व्यवहार हुवावेमाथि गरिएको छ ।

अमेरिकाले हुवावे जस्ता कम्पनीलाई पनि क्यानडाको प्रयोग गरेर हतोत्साहित गराउने काम गर्यो । अमेरिका र क्यानडा दुबैले मेङ विरुद्ध अमेरिकी आरोपहरूको समर्थनका लागि स्पष्ट प्रमाण प्रस्तुत भने गरेका छैनन् ।

वाशिंगटनले अल्स्टमलाई दमन गर्ने कानुनी आधार तयार गरे जस्तै गरी हुवावेको केसमा पनि कानूनीरुप दिएर गैरकानूनी कारवाही अगाडि बढायो ।

अमेरिकाले राजनीतिक माध्यमबाट आफ्ना प्रविधि क्षेत्रका प्रतिद्वन्द्वीलाई समस्यामा पारिरहेको छ । उसले चीन दुश्मन हो, त्यसैले तपाईं यसको उत्पादनहरू प्रयोग गर्न सक्नुहुन्न भन्ने जस्ता तर्क गरेको छ ।

विशेष गरी ट्रम्प प्रशासनले आफना सहयोगीलाई समेत हुवावे र अन्य चिनियाँ कम्पनीलाई बहिष्कार गर्न कोहीलाई मनाउने तथा कोहीलाई दबाब नै दिने गरेका छन् ।

चीनका लागि पाठ
गएको दशकमा, अमेरिकी कानूनी र नियामक प्राधिकरणहरूले धेरै विदेशी कम्पनीहरुको बाह्य क्रियाकलापलाई नियन्त्रण गरेको भन्दै इकोनोमिस्टले २०१९ मा एउटा विवरण प्रकाशित गरेको थियो ।

तोशिवा र अल्स्टमलगायत कम्पनीको दुर्दशाले धेरै उद्यमी त्यसमा पनि विशेष गरी चिनियाँहरूलाई चिन्तित बनाएको छ ।

उनीहरू डराउँछन् कि दुई ठूला देशहरूबीच चलिरहेको व्यापार र प्रविधिको युद्धका कारण अमेरिकाको ठूलो लट्ठी उनीहरूको टाउकोमा पर्न सक्छ ।

अमेरिकाले आफ्नो व्यवसायको हितको रक्षा गर्न दुईवटा मापदण्ड राखेको छ । जसले यसले स्वतन्त्र बजार र निष्पक्ष प्रतिस्पर्धा जस्ता नियमको बारेमा चिच्याइरहेको छ ।

उनीहरुले नै अमेरिकी कम्पनीहरूको नेतृत्व लिने सन्दर्भमा धम्की दिँदा यसले अधिनायकवादको सहारा लिने गरेको छ । सामान्य व्यापार सञ्चालनमा हस्तक्षेप गरिरहेको छ र विदेशी प्रतिस्पर्धालाई विभिन्न माध्यमबाट अलग राखेको चिनियाँ जानकार झाङले भने ।

जतातै लामो हात गर्ने विषय बजार अर्थतन्त्रको कानून विपरीत रहेको छ । जुन उद्यमहरुबीच स्वस्थ प्रतिस्पर्धामार्फत् प्राविधिक विकासमा जोड दिइन्छ । त्यसलाई नै समस्यामा पार्ने कुरा आफैमा मिल्ने विषय नभएको फुदान विश्वदिलयलका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सार्वजनिक मामिलाका प्राध्यापक सेङ यीको भनाइ छ ।

अमेरिकाको चिनियाँ प्रविधिको वृद्धिको तीव्र दमनको सामना गर्दै, चीनले मूल प्रविधिमा भएका अवरोधहरू समाधान गर्न कडा मेहनत गरेर आफ्नो औद्योगिक आपूर्ति श्रृंखला एवम् सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेछ । जबकि आजको विश्वव्यापी अर्थतन्त्रमा विद्यमान अन्तर्राष्ट्रिय सहयोगलाई कायम गर्दै अन्तर्राष्ट्रिय सम्बन्धका आयाम समेत विस्तार गर्नुपर्दछ ।

चिनियाँ कम्पनीहरूले खोजी गरिरहेको विदेशका बजारहरूमा समेत आवश्यक कानूनी प्रश्नहरुको सम्बोधन गरेका छन् ।

उनीहरू पूर्णरूपमा बुझ्दछन् तथा सम्बन्धित अन्तर्राष्ट्रिय र स्थानीय कानून र नियमहरूको पालना समेत गरेका छन् ।

जब ट्रम्प प्रशासनले कानून र व्यापारिक नियमलाई उछिनेर चिनियाँ फर्ममा आक्रमण गर्न समेत अनेकन कानूनी र अदालती झण्झट समेत खडा गरिदिएको छ ।

ग्लोबल टाइम्समा प्रकाशित आलेखको भावानुवाद


क्लिकमान्डु