कोरोना विरुद्धको खोप निर्माणमा मोडेर्नाको सफलताः अमेरिका र यूरोपमा प्रयोगका लागि माग्यो अनुमति



काठमाडौं । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका अनुमति माग्दै स्थानीय सरकारी निकायमा आवेदन दिएको छ ।

मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४.१ प्रतिशत प्रभावकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो ।

मेोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपतकालीन प्रयोगका लागि स्वीकृती को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने बताइएको छ ।

गत बर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोभिड–१९ का कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ ।

यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू कोभिड–१९का कारण बढी प्रभावित मुलुकहरू हुन् ।

दक्षिण एशियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित मुलुकहरू हुन् भने कोभिड–१९ को सङ्क्रमण अष्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ ।

अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु भएको मुलुक हो । अमेरिकामा कोभिड–१९ सङ्क्रमित कूल १ करोड ३७ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ७३ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

अमेरिकापछि बढि सङ्क्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।

मोडेर्नाले अनुमति माग्दै आवेदन दिएपछि त्यसको थप प्रििक्रयाका बारेमा स्थानीय सरकारी अधिकारीले आवश्यक निर्णय गर्ने विश्वास लिइएको छ ।

प्रभावकारिताको विषयमा आवश्यक परिक्षण भए नभएको तथा कुन आधारमा के कसरी काम भयो भन्ने बारेमा समेत आवश्यक जाँच पड्ताल गरिने बताइएको छ ।

कोरोनाको खोेपका विषयमा शक्तिसम्पन्न देशहरुबीचको प्रतिस्पर्धाले पनि काम गरेको छ । तर, नेपाल जस्ता अल्पविकसित देशका नागरिकका हकमा के कसरी खोप उपलब्ध हुन्छ भन्ने बारेमा भने हालसम्म कुनै सार्वजनिक विवरण प्रकाशित भएको छ ।

प्रााप्त विवरण अनुसार सन् २०२० को अन्त्यसम्म एमआरएनए १२७३ नाम दिइएको खोप अमेरिकामा लगभग २ करोड डोज उपलब्ध हुनेछ ।

कम्पनीले २०२१ सम्म थप ५० करोड देखि १ अर्ब डोजसम्म खोप तयार पार्ने योजना बनाएको समाचार एजेन्सी एपीले जनाएको छ । एक जनाका लागि दुई डोज आवश्यक पर्ने छ ।

यस्तै अर्को खोप निर्माण गरिरहेको फाइजरले समेत अमेरिकामा खोप प्रयोगको अनुमति मागेको छ । फाइजर तथा उसको जर्मनी सहयोगी कम्पनी बायो एन टेकले अनुमति मागेको हो ।

फाइजरले २० नोभेम्बरमा आवेदन दिएको अनुममान गरिएको छ । फाइजरले ५ करोड डोज उत्पादन गर्न सक्नेछ । यो खोप समेत दुई डोज दिनुपर्नेछ ।

अमेरिकामा अन्तरकालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका एक प्रवक्ताले खोप निर्माणमा महत्वपूर्ण सफलता हासिल भएको दावी गरेका छन् । मंगलबार आवश्यक बैठक गरेर उपयुक्त निर्णय दिइने स्थानीय प्रशासनले बताइएको छ ।


पुष्प दुलाल