सेयर बजार बुलिस ट्रेण्डमा, कम्पनी चिनेर नाफा कमाउने बेलाः सेयर लगानीकर्ता रौनियार



काठमाडौं । नेपालको सेयर बजारले झण्डै ४ वर्षको बियरिस साइकल पार गरेर बुलिस टे«न्डमा फर्किएको छ । झण्डै चार वर्षयता लगानीकर्ता सेयर बजारप्रति लगानीकर्ताको मानसिकता पनि निकै नकारात्मक थियो ।

अहिले जुन मन्त्रीको समयमा १८८१.४५ को नयाँ रेकर्ड कायम भएको थियो । अहिले त्यो रेकर्ड ब्रेक गरेको छ । जुन सबैका लागि खुसीको विषय हो । अहिलेसम्म नयाँ मन्त्रीले सेयर बजारको विषयमा केही बोल्नु भएको छैन । तै पनि उहाँको पालामा उहाँको रेकर्ड ब्रेक भएको छ ।

यो बेलामा मन्त्रीज्यूको यही विषयमा केही कुरा आयो भने त्यसले अझ प्रभावकारी सन्देश जान सक्नेछ । पुँजी बजारलाई दिगो बनाउनका लागि यस्ता कुराले पनि महत्वपूर्ण भूमिका खेल्छ ।
अहिले ४ वर्ष हाराहारीको साइकल, लगानीकर्ताको मनोबल, ८ प्रतिशतको हाराहारीमा ब्याजदर, तीन दिनमा बैंकले ऋण स्विकृत गर्ने गरेका छन् । यस्ता कारण पनि बजार बढ्न सहयोग पुगेको छ ।

अहिले मार्जिन लेन्डिङ ओभर ड्राफ्ट ३/४ दिनमा हुने गरेको छ । अहिले बैंकहरुले ब्लाइन्ड ट्रान्ज्याक्सन (सेयर बैंकमा नराखी किन्ने, बेच्ने र त्यसको फ्लोरसिट दिने त्यसमा ब्रोकर ग्यारेन्टी बसेर) दिने गरेका छन् ।

यसले पनि बजार बढनुका साथै कारोबार रकम बढेको हो । ब्लाइन्ड ट्रान्ज्याक्सन सेवा पहिला विकास बैंकले दिने गरेको भएपनि अहिले वाणिज्य बैंकले दिने गरेका छन् ।
अहिले बैंकमा अधिक तरलता छ । पैसा फालाफाल भएपछि बैंकहरुले ब्लाइन्ड ट्रान्ज्याक्सन दिइरहेका छन् । यो सबै बैंकले भने गरेका छैनन् । जतिले गरेका छन् त्यो निकै प्रभावकारी देखिएको छ ।

ब्लाइन्ड ट्रान्ज्याक्सनमा अहिलेसम्म कुनै बैंकलाई चुनौती छैन । त्यसमा ब्रोकर ग्यारेन्टी बस्ने गरेको छ । सेयर रोक्का हुने गरेको छैन । त्यो सेयर बेच्न पनि सकिन्छ । त्यसले पनि बजारलाई बढन सहयोग गरेको छ ।

अहिले बैंक ब्याजदर ८, सवा ८ प्रतिशत छ । पहिलो १४/१५ प्रतिशतसम्म हुदाँ बजार घटेको हो । अझै केही समय बैंक ब्याजदर बढने सम्भावना छैन । अहिले बैंकहरुले लिने कमिशन ०.७५ अहिले ०.२५ मात्रै लिने गरेका छन् ।

अहिले बैंकहरुले पुँजी थोपरेर बस्नुभन्दा पनि विभिन्न योजना ल्याएर पैसा लगानी गर्न थालेका छन् । त्यसका लागि भरपर्दो ठाँउ पुँजीबजार छ । अन्यत्र सबै स्थानमा कोरोनाको असर छ । पुँजी बजारमा कोरोनाको असर देखिएको छैन । अहिले हाम्रो कारोना भन्दा बढी समस्या ब्रोकर कमिशनमा मात्रै छ ।

अब हेरौं सव इन्डेक्स

झण्डै ४/ ५ महिना अघिसम्म जलविद्युतमा लगानी गर्ने सम्भावना नै थिएन । १ सय रुपैयाँको सेयर घटेर १८÷२० वटा कम्पनीको ४०÷४५ सम्म आएको थियो । अहिले बैंकको ब्याज घट्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीको सेयरमा पनि देखिएको छ ।

कोरोनाको असर जलविद्युतमा धेरै परेको पनि छैन । यो वर्ष जलविद्युत् क्षेत्रका लागि निकै राम्रो मनसुन भयो । जसले गर्दा जलविद्युत कम्पनीले आफ्नो क्षमता अनुसार काम गर्न पाए । त्यसको प्रभाव वित्तीय विवरणमा देखिन्छ । अहिले जलविद्युतलाई ३० वर्षसम्म दिने छुटको अवधिलाई ५५ वर्ष र ५ वर्ष रेष्टकारुपमा दिने चर्चा रहेको छ । यसले गर्दा जलविद्युत्को सेयर बढेको देख्न सकिन्छ ।

यसो हेर्दा ५०/ ६० रुपैयाँको सेयर २०० को हाराहारीमा पुगेको छ । जसले ५÷६ वर्षदेखि लगानी गरेका थिए । उनीहरुको लगानी उठेको पनि छैन् । अब जलविद्युत कम्पनीले लाभांश दिने क्षमता पनि राख्दै जान्छन् ।

निर्जीवन/ जीवन बीमा

बिहीबारको उच्च बिन्दुलाई आधार मानेर हेर्दा निर्जीवन र जीवन बीमा समूहमा पनि कोरोनाले सोचे जस्तो असर गरेन । कोरोनाको अवधिमा अन्य क्षेत्रले सबैलाई सहुलियत दिएपनि बीमा समितिले बीमा कम्पनीहरुलाई कुनै सहुलियत दिन भनेन् ।

यो अवधिमा गाडी ग्यारेजमा भएपनि सबैले बीमा पैसा तिरी नै रहे । त्यसले गर्दा पनि बीमा क्षेत्रमा त्यती समस्या देखिदैन । पहिला बढेको मूल्य अहिले कम भएको समयमा यता लगानीकर्ताको ध्यान गएको हो ।

होटल

होटलमा लगानीकर्ता निराश बनिसकेका थिए । अब होटल खुल्ने सम्भावना देखिएको छ । होटलले १ वर्ष लाभांश नदिएपनि अर्को वर्षबाट लाभांश दिन्छन । कोरोनाले असर पारेपनि होटल बलियो नै देखिन्छन । होटल क्षेत्रमा अहिले आँत्ति हाल्नु पर्ने अवस्था छैन ।

बैंकिङ्

कोरोनाको कारण बैकिङ क्षेत्र धेरै नै हिट भएको छ । अन्य बढदा पनि बैकिङ समू्ह बढेकै थिएन । अहिले १ महिनाजति हुन लाग्यो बैंक बढेको छ । बैंकको ब्याज कम हुँदा निक्षेप पनि कम रकममा नै उठाउने गरेका छन् ।

पहिलो त्रैमासको बैंकहरुले उठाउने पैसा उठाउन नसकेको कारण वित्तीय विवरणमा खराब कर्जा बढी देखिएको हो । त्यो कर्जा उठि हाल्छ । त्यसले असर गर्दैन । शेयर धितो राखेर लिएको कर्जामा पनि कुनै समस्या छैन ।

अहिले सुरक्षित लगानी गर्ने ठाँउ नै यही भएको छ । बैंकहरुले हरेक शुक्रबार मार्जिन लेन्डिङ हेरेर फोन गर्छन । तीन महिनामा ब्याज तिरेन भने, मार्जिन कल १÷२ पटक आउँदा बैैंक गएन भने सेयर बिक्री गरिदिन्छन् ।

बैंकको सेयर किन्दा पिइ रेसियो १५ भन्दा कम भयो भने किन्ने भन्छन् । यसले गर्दा रिक्स कम हुन्छ भन्छौ । अहिले कतिपय बैंकको पीई रेसियो १०÷१२ को हाराहारीमा रहेको छ । धेरै बैंकको १५ भन्दा तल नै रहेको छ । त्यसैले डराउनुपर्ने अवस्था छैन ।

अन्य कम्पनीमा 

अहिले सेयर कम हुने कम्पनीको कारोबारमा सर्किट नै लागि रहेको छ । यस्ता केही कम्पनीले निकालेको वित्तीय विवरण सन्तोषजनक पनि रहेको छ । तर कतिपय कम्पनीको सेयर कर्नरिङ गर्ने गरेको पनि देखियो । केही कम्पनीको सेयर सोचेको भन्दा बढी नै बढेको पनि देखिएको छ ।

यो लगानीगर्नेहरुको लागि उपयुक्त समय हो । तर आँखा चिम्लेर जुनसुकै बढेको सेयरमा जुन पायो त्यहीमा लगानी गर्नु हुँदैन । हामीले धेरै कुरामा ध्यान दिएर बिचार पुर्याएर मात्रै लगानी गर्नुपर्छ । जीवनभर कमाएको पैसा अरुको हल्लाको भरमा लागेर खेर फाल्नु हुँदैन । राम्रो कम्पनी छानेर, कम्पनीको अवस्था हेरेर, कम्पनीको सेयर मूल्य घटेपनि बोनस दिँदा बोनस खाएर बस्न सकिन्छ की सकिँदैन हेरेर मात्रै लगानी गर्नुपर्छ ।

(नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारसँगको कुराकानीमा आधारित)


क्लिकमान्डु