महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरू



काठामाडौं । विभिन्न औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरू गरेको छ ।

लिंग—आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता मनाउदैं जोन्टा क्लब काठमाडौंले औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरु गरेको हो ।

यस अभियानका लागि क्लबले नेपाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम), पौराखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसंग सहकार्य गरेको जनाएको छ ।

क्लबले ‘अरेंज अफ द वल्र्डः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट र कन्ट्रोल, हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व नाराका साथ उक्त अभियान शुरू गरेको छ ।

महिला र बालबालिका विरुद्ध हुने हिंसाले मानवअधिकारको गम्भीर उल्लंघन भएकोले प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसा अभियान विरुद्ध १६ दिनसम्म विश्वव्यापी महिला र केटीहरूमाथि हुने हिंसा रोक्न प्रेरित गरेको क्लबको भनाइ छ ।

कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोन्टियन सीमा गोल्छाले जोन्टा क्लब सम्मानित संस्थासँग मिलेर जागरूकता जगाउन, महिलाहरूका लागि सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न सहयोग पुर्याउने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

‘औपचारिक र अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूले भोगेका हिंसा र असुरक्षाको बारेमा जनचेतना जगाउनुका साथै सबैलाई उपलब्ध समर्थन संयन्त्रहरूको बारेमा जानकारी दिनु महत्वपूर्ण छ,’ उनले भनिन् ।

‘कामको संसारमा हिंसा र उत्पीडन भनेको सभ्य कामको विरोधाभास हो । यो जसले अनुभव गर्दछ उनीहरूको मर्यादा, स्वास्थ्य र कल्याणको लागि खतरा हो, ‘नेपालका लागि आईएलओ कन्ट्री अफिसका निर्देशक रिचार्ड होवार्डले भने, ‘हिंसा र उत्पीडनलाई सम्बोधन गर्नु विशेष गरी कोभिड १९ को बखत जरुरी छ । किनकि स्वास्थ्यकर्मी जस्ता अग्रपंतिमा काम गर्नेहरूले विभिन्न प्रकारका हिंसा र उत्पीडनको सामना गरिरहेका छन् ।’

त्यस्तै संयुक्त राष्ट्र संघ परिवार, नागरिक समाज संगठनहरू र निजी क्षेत्रहरुसँग सबैभन्दा जोखिममा रहेका अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको आईओएम नेपाल मिशनका प्रमुख लोरेना ल्यान्डोले बताइन् ।

१६ दिने अभियानको अवधिमा जोन्टा र सहयोगी संगठनहरूले नेपाल सरकारको कार्यस्थलमा यौन उत्पीडन रोकथामका लागि अनौपचारिक र औपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूको अधिकार, प्रावधान र उपलब्ध समर्थन संयन्त्रको बारेमा जागरूकता जगाउने जनाएको छ ।


क्लिकमान्डु