कूटनीतिज्ञ र विज्ञ भन्छन्ः भारतिय विदेश सचिवको भ्रमणमा सिमा विवाद र इपिजीको प्रतिवेदनबारे कुरा हुनुपर्छ



नेपालका लागि पूर्व भारतिय राजदूत रन्जित रेले भारतिय विदेश सचिव हर्षवद्र्धन श्रीङगलाको नेपाल भ्रमणको क्रममा सिमा विवाद, इपिजी प्रतिवेदन र विकास ठूला परियोजनालाई अगाडी बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने बताएका छन् ।

श्रीङगला आगामी ११ गते नेपालको औपचारिक भ्रमणमा आउँदैन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसेन(एआइडिआईए) ले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक वेविनारमा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

भारतिय विदेश सचिवको नेपाल भ्रमणलाई लक्षित गरेर सो कार्यक्रमको आयोजना गरिएको हो । विवेकानन्द फाउन्डेसनका संस्थापक निर्देशक अहिलेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल हुन् ।

उनले भने,‘नेपालले नयाँ नक्साजारी गरेर संविधान समेत संशोधन गरिसकेको छ, यस सन्दर्भमा अब कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल हुन आवश्यक छ ।’ उनले अगाडी भने,‘नेपाल–भारत प्रवुद्ध समूह(ईपिजी) ले आफ्नो प्रतिवेदन तयार पारेको दुई वर्ष भईसकेको छ तर प्रतिवेदन वुझ्ने काम भएको छैन् । भारतले प्रतिवेदन नबुझनुको कारण नेपालाई ब्याख्या गर्नुपर्छ । नेपालले सन् १९५० को सन्धी पुनरावलोकनको विषय पनि उठाएको छ । यस विषयमा पनि छलफल पनि कुराकानी गर्दा राम्रो हुन्छ ।’

पूर्वराजदूत रेले विदेश सचिवको भ्रमणको समयमा पञ्चेश्वर परियोजनाको डिपिआरलाईलाई अन्तिम रुप दिने विषयमा समेत छलफल हुनुपर्ने वताए । उनले भने,‘परराष्ट्र सचिवको भ्रमणमा यस विषयमा केही प्रगती गरेर छिटै हुने परराष्ट्रमन्त्रीको वैठकमा यसलाई अगाडी बढाउने घोषणा गर्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका नेता दीपक प्रकाश भट्टले दुई देशको विचमा रहेका ठूला समस्याहरु समाधान हुन नसकेको वताए । उनले इपिजी प्रतिवेदन वुझ्न नसक्ने हो भने के कारणले वुझ्न नसक्ने कारण जनतालाई बताउनुपर्ने वताए । उनले यस विषयमा टेवलमा वार्ता गर्नुपर्नेमा जोड दिए ।

भट्टले भने,łनेपाल र भारतको विचमा रहेका समस्याहरु राजनीतिक तह र दुई देशको विचमा रहेका विभिन्न संयन्त्रहरुमा छलफल हुनुपर्छ । उनले सिमानका सम्बन्धमा पहिला दुवै देशको नापी विभागमा, त्यसपछि कूटनीतिक तहमा र उच्च तहमा वार्ता हुनुपर्छ । उनले पन्चेश्वर परियोजनामा एकदमै कम प्रगती भएको बताउँदै परियोजनालाई अगाडी बढाउने बढी जिम्मेवारी भारतको भएको बताए ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले द्धिपक्षिय योजनाहरु कार्यान्वयन प्रक्रिया एकदमै ढिलो हुने गरेकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले केही वर्ष अगाडीसम्म भारत नेपालमा सबैभन्दा प्रत्यक्ष लगानी प्रवाह गर्ने मुलुक भएपनि अहिले भारतलाई चीनले उछिनेको बताए । उनले नेपालमा भारत लगायत अन्य मुलुकबाट वैदेशिक लगानीहरु भित्रयाउनको लागि पहल गर्नुपर्ने बताए ।

नेपाली काँङग्रेसका नेता उदय शमशेर राणाले भारत र चीनसँग सिमाना जोडिएको नेपालको छिमेकीसँगको सम्बन्ध जहिले पनि उच्च प्राथमिकतामा रहेको बताए । कालापानी सिमा विवादका कारण दुई देशको सम्बन्ध सन् २०२० का विग्रिएको बताउँदै राणाले केही समय अगाडीसम्म दुई देशको विचमा उच्चस्तरीय वार्ता नभएको बताए । उनले भने,łहालै भारतिय रअ प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमण विवादास्पद बन्यो तर मलाई के लाग्छ भने छिमेकी मुलुकको खुफिया एजेन्सीको प्रमुखले मित्रवत मुलुकको भ्रमण गर्नु र सुरक्षा चासोको विषयमा जानकारी लिनु सामान्य प्रक्रिया हो ।

उनले रअ प्रमुखले पहिलोपटक नेपालको भ्रमण नगरेको र प्रायजसो सबै रअ प्रमुखले नेपालको भ्रमण गरेको बताए । तर गोयलको भ्रमणको विषयमा केही निश्चित प्रश्नहरु उठेको छन्, पहिलो भ्रमणको टाइमिङ र दोस्रो गोयलले प्रधानमन्त्रीलाई मात्र भेटे । उनले उनका नेपाली समकक्षी, सुरक्षा निकायका प्रमुखहरु र अन्यलाई भेटनुपर्दथ्यो, राणाले भने । उनले विशेषगरी खुफिया एजेन्सीको प्रमुखको भ्रमण गोप्य हुने भएपनि नेपाली पक्षले यसलाई सार्वजनिक गरेको बताए ।

नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङगत कटवालले नेपाल र भारत वार्ता र कुराकानी नगरी बस्न नसक्ने बताए । उनले यतिवेला नेपाल–भारत सम्बन्धमा अविश्वास र आशंका हावी भएको बताउँदै त्यसको खोजी गर्नुपर्ने बताए । उनले भने,łनेपाल र भारतको विचमा अविश्वास सिर्जना हुनुको कारण के हो, त्यसको राम्रोसँग पहिचान गर्नुपर्छ र त्यसको राम्रो उपचार पनि गर्नुपर्छ । उनले इपिजीले प्रतिवेदन तयार पारेको दुई वर्ष हुँदा पनि भारतले किन वुझ्ने नमानेको पनि प्रश्न गरे ।

एआईडिएका संस्थापक सुनिल केसीले नेपाल र भारत दुवैले अब आर्थिक सहकार्यको विषयलाई अगाडी बढाउनुपर्ने बताए । उनले भने,łराजनीतिक र अन्य विषयले गर्दा दुई देशको विचमा धेरै सम्भावना रहेको आर्थिक सहकार्य ओझेलमा परेको छ, यसलाई अगाडी बढाउन आवश्यक छ ।


क्लिकमान्डु