कोचिङ पढ्न आउने विद्यार्थीले दिएको आइडियाः जो डिजिटल प्लेटफर्ममा करोडौ कमाउँछन्



काठमाडौं । सूचना र प्रविधिले मासिनलाई सहज मात्रै बनाइदिएको छैन, राम्रो आम्दानीको आधार समेत बनाइदिएको छ । नयाँ सोच भएका तथा केही काम गरौ भन्ने मान्यता राख्नेलाई सूचना प्रविधि एक प्रकारको सागर हो, जहाँ धेरै चिज प्राप्त गर्न सकिन्छ ।

मेहनतको फल मिठो हुन्छ भने जस्तै, सूचना प्रविधिको क्षेत्रमा मेहनत गर्नेले प्राप्त गर्ने कमाई पनि ठूलो र सामान्य काम भन्दा कयौं गुणा बढी हुन्छ ।

पछिल्लो दिनमा यूटयूव धेरैका लागि राम्रो प्लेटफर्म बनेको छ । त्यसबाट मोटो कमाई समेत हुने गरेको छ । संसारभर नै सो प्लेटफर्म प्रयोग गरेर आफूलाई स्वरोजगार बनाउनेहरुको संख्या सयमा होइन, लाखौंमा छ । अझ भनौ करोडमा छ । किनकी, उनीहरुले दिने सूचनाका आधारमा मानिसहर त्यसतर्फ झनै आर्कषित भइरहेका छन् ।

किनकी गुगलमा एकाउण्ट हुने बित्तिकै प्राप्त हुने यूटयूवमा समावेश नहुने, त्यसमा भिडियो नराख्ने मानिस फेला पार्न पनि पछिल्लो दिनमा मुस्किल नै बनेको छ ।

नेपालमा पनि नाम चलेका यूटयूवरको राम्रै कमाई हुने गरेको छ । केहीले त यसैलाई गरिखाने माध्यम बनाएका छन् । कमाई नहुँदो हो त किन त्यसतर्फ आकर्षित हुुन्थे होला र मानिसहरु ? नेपालमा त पछिल्ला दिनमा समाचार सामग्रीदेखि भए नभएका विषयलाई समेत सोही माध्यममा राख्ने गरिएको छ ।

कोहीले सकारात्मक सन्देश तथा सूचना दिएका हुन्छन् भने केहीले अश्लिल विषयवस्तु पनि प्रस्तुत गरेका हुन्छन् । व्यक्तिगत विषयमा प्रवेश गरेर, त्यसलाई अनावश्यक हल्ला गर्ने परिपाटी पनि उत्तिकै मौलाएको छ ।

यसै क्रममा भारतको एक विवरण सार्वजनिक भएको छ । भारतमा एक टयूसन पढन आउने विद्यार्थीले बताएको भरमा शुरु गरेको यूटयूवले हरेक महिना लाखौं कमाई गरेको पाइएको छ ।

भारतको समस्तीपुर गाँउबाट आएका अमरेशले आज राजधानी नयाँ दिल्लीमा ४५ जनालाई रोजगारी मात्रै दिएका छैनन् । महिनामा लाखौं कमाई समेत गरेका छन् ।

दिल्लीमा अध्यारोमा अर्थात बिना बिजुली उनले ३ वर्ष आफनो पढाई लेखाइ गरेका दिए । उनका पीता दिल्लीमा चालकको काम गर्थे । सन् २०१६ मा शुरु गरेको यूटयूव च्यानल अहिले राम्रो च्यानलमा गनिन्छ ।

झण्डै ६ मिलियन सब्सक्राइबर समेत रहेका छन् । तपाइको साथमा कुनै पनि स्रोत र साधन हुँदैन, तपाईलाई आफै मेहनत गर्ने बनाउछ ।

किनकी यो प्रकृतिको नियम हो, बाँच्नका लागि संघर्ष । तर, जो सँग सबै थोक छ, उसले जिन्दगीमा कमै मात्र प्रगति गर्न सक्छ । यस्तो अनुभव अमरेश भारतीका हकमा समेत लागू भएको थियो ।

उनी विहारको समस्तीपुरको एक सानो गाँउ बथुवाका हुन् । उनले सोही गाँउमा ७ कक्षासम्म पढे । उनी आफना माता पीताका साथ दिल्ली आए । दिल्लीमा उनका पिता चालक थिए । महिनाको कमाई थियो मात्रै ३ हजार ।

उमेशले गाँउमा हुँदा बरु बिजुलीको अनुहार देख्न पाएका थिए । दिल्लीमा गएपछि उनले बिजुली देख्न पाएनन् । ३ वर्षसम्म उनको परिवार उज्यालो बिना नै बस्न वाध्य भयो । उनी भन्छन्, हामी जहाँ बस्थ्यौ, त्यहाँ चालक, चौकीदार, माली जस्ता सामान्य काम गर्नेहरु बस्थे ।

हामीलाई कहिल्यै यस्तो लागेन हामी गरिब हौ, निकी त्यहाँ सबै उस्तै न थिए । दिल्लीको सरकारी स्कुलमा पढीरहेका थिए उनी । जब ११ कक्षामा पुगे । उनको परिवारमा शोक पर्यो । उनका आमा अर्कैसँग हिडिन् । उनका २ वटा दिदीको पहिल्यै विवाह भइसकेको थियो ।

आफन्तले अमरेशका पितालाई भन्न थाले अर्को विवाह गर, परिवार चलाऊ । तर, उनले त्यो आग्रहलाई अस्वीकार गरिदिए । तर, उनले १७ वर्षको उमेरमा नै विवाह गर्नुपर्यो । उनका साथीहरुले उनलाई गिल्ला गर्दै मजाक गर्न थाले । उसको साथमा खेल्न समेत छाडिदिए ।

उनी भन्छन्– सोही दिन नै मलाई लाग्यो, जिन्दगीमा केही गर्नु पर्छ । जसबाट नाम कमाउन सकूँ । जो हासिरहेका छन् । उनीहरुको बीचमा यति ठूलो दूरी बनाउन सकू कि उनीहरुले भनून, तैले जिन्दगीमा केही गरिस ।

अमरेश जब १२ कक्षाको पढाई गर्ने सोची रहेका थिए । उनलाई लागिरहेको थियो, पढू कि पैसा कमाऊ वा के गरु ? उनको दिमागमा आइडिया आयो कि कोचिङ पढाउन थालू । उनले होम टयूटरको काम गर्न थाले । उनी भन्छन् मेरो कक्षामा ३५ जना विद्यार्थी थिए ।

महिनाको कमाई मात्रै १ लाख २५ हजार थियो । मेरो पढाउने तरिका एक विद्यार्थीलाई असाध्यै मन परेछ । मेरो माग अत्याधिक बढ्न थाल्यो । त्यसपछि मैले शुल्क पनि बढाइदिए ।

होम टयुसनबाट राम्रो कमाई भएपछि उनले सिए पढाई गर्ने सोच अगाडि सारे । उनी सिए पढन थाले । दोस्रो वर्षको पढाई जारी रहेको बेला पनि कोचिङ पढाइ रहेर सिएको अर्थ के रहयो र भन्ने सोच उनको मनमा आएको थियो । तर, उनलाई पैसाको जरुरत रहेको थियो । तर, उनले फोकस भने कोचिङ तिर नै लगाए ।

एक वर्ष मेहनत गरेर उनले पैसा जम्मा पारे । गाडाी किने । सन् २०१६ सम्म यही चलीरहेको थियो । त्यहीबीचमा मेरा एक विद्यार्थीले सल्लाह दिँदै भने – सर तपाई किन यूटयूवमा भिडियो बनाउनुहुन्न ।

उनले अगाडि भने सर, त्यसबाट खुबै राम्रो कमाई हुन्छ । उनका अनुसार मैले पनि लामो समयसम्म पूरानै भिडियो देखेको थिए । मैले पनि निर्णय गरे , अब म भिडियो बनाउँछु र पोष्ट गर्छु ।

कोचिङ पढाएको पैसा प्रर्याप्त थियो । मेरा लागि कुनै समस्या थिएन । मैले राम्रो क्यामेरा खरिद गरे । भिडियो पोष्ट गर्न थालेको ६ महिनासम्म कुनै पनि प्रतिक्रिया आएको थिएन ।

मैले आफना भिडियोमा प्रेरणादायी तथा पढाईसँग सम्बन्धित विषयलाई बढ्ता जोड दिएको थिए । ६ महिना पछि अचानक भिडियो भाइरल हुन थाल्यो । मैले महिनामा नै १० वटा भन्दा बढी भिडियो पोष्ट गर्न थाले । विस्तारै विस्तारै भिडियो भाइरल हुन थाल्यो । त्यसपछि कमाई पनि हुन थाल्यो ।

मलाई लाग्न थाल्यो, मेरो भविस्य नै यसमा छ । मैले अफलाइनमा पढाउन बन्द नै गरिदिए । अनलाइनमा कोचिङ शुरु गरे । केही दिनमा नै यूटयूवमा समेत लोकप्रिय हुन थाल्यो । त्यसपछि मैले कर्मचारी पनि राखे ।

मैले पाठ्यक्रममा आधारित कक्षा लिन थालेको थिए । हाम्रो ३ वटा च्यानल रहेको छ । जसमा ६ मिलियन अर्थात ६० लाख सदस्य छन् । वर्षको कमाई करोड भन्दा बढी रहेको छ ।

आज मैले ४५ जनालाई रोजगारी समेत दिएको छु । मैले डिजिटल मार्केटिङमा समेत काम गरिरहेको छु । कर्यां राज्यका बच्चालाई निशुल्क तालिम तथा शिक्षा समेत दिएको छु । कयौं स्वयमसेवक समेत बनाएको छु । उनीहरुले ग्रामीण क्षेत्रमा बच्चालाई यूटयूवका बारेमा जानकारी दिने गर्छन ।


पुष्प दुलाल