पूँजीको भार नबढाउन स्टाण्डर्ड चार्टर्ड र एभरेष्टद्धारा कम लाभांश प्रस्ताव, जगेडा बलियो बनाउने नीति



काठमाडौं । अहिले वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट लाभांशको प्रस्ताव गरिरहेका छन् ।

यो वर्ष कोरोनाको कुनै न कुनै मारमा बैंकहरु परेका छन् । त्यसको असर बैंकले आर्जन गर्ने नाफामा देखि लगानीकर्तालाई वितरण गर्ने लाभांशमा समेत पर्न जान्छ ।

गत आवको अन्तिम त्रैमासमा बैंकहरुले कोरोन महामारीको सामना गर्नु पर्यो । चालु आवको त सुरु देखि नै बैंकहरु कोरोना महामारीमा परेका छन् । तै पनि बैंकहरुले गत आवको वितरणयोग्य नाफाबाट राम्रो लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेर पनि क्षमता अनुसार लाभांश दिनबाट दुई वटा बैंकले कन्जुस्याई गरेका छन् । बैंहरुले यो वर्ष लाभांश दिन कन्जुस्याई गरेपनि अर्को वर्ष भने उनीहरुले दिने लाभांश क्षमतालाई भने सहयोग पुग्ने पनि जानकारहरुको तर्क छ ।

लाभांश घोषणा गरेका बैंकमध्ये एभरेष्ट बैंकको लाभांश दिनसक्ने क्षमता १९.६६ प्रतिशत रहेको थियो । तर बैंकले गत आवको वितरणयोग्य मुनाफा बाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ र नगद ५.५३ प्रतिशत रहेको छ । यो बैंकको क्षमता भन्दा ९.१३ प्रतिशत कम लाभांश दिएको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले पनि यो वर्ष क्षमता भन्दा कम लाभांश घोषणा गरेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १८.९२ प्रतिशत रहेको छ । तर बैंकले जम्मा ११.८४ प्रतिशत मात्रै दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७ र नगद ४.८४ प्रतिशत रहेको छ । बैंकले आफ्नो क्षमता भन्दा ७.०८ प्रतिशत कम लाभांश दिने प्रस्ताव गरेको छ ।

केही जानकारका अनुसार यो वर्ष बैंकले लाभाश कम घोषणा गरेर जगेडा कोष जति बलियो बनाउँछन त्यसको प्रभाव आगामी वर्ष देखि ने र अहिले लाभांश थोरै भयो भनेर निरास बनेका लगानीकर्ताको लागि अर्को वर्ष उत्साहत थप्न काम लाग्ने छ ।

यी दुई बैंकको लाभांश घोषणको प्रकृतिलाई हेर्दा तत्काल भन्दा पनि दिर्घकालिन समयमा संस्था बलियो होस भन्ने पक्षमा नै देखिएका छन् । एक जानकारका अनुसार यी विदेशी कम्पनीले नगद लाभांश धेरै दिन नपाएर लाभांश दर घटाए भन्ने लागेजस्तो देखिएपनि अहिलेको अवस्थामा बैंकहरुले संस्था बलियो बनाउनको लागि लाभांशमा सचेतना अपनाएका हुन् ।

दीर्घकालिन सोच सहित संस्थालाई बलियो बनाउनको लागि पुँजीगत क्षमता बलियो हुनुपर्छ । त्यसको लागि जगेडा कोष पनि बलियो हुनुपर्छ । बैंकहरुले अहिले त्यसमा ध्यान दिएको देखिएको ।

हुन त बैंकहरुले गत साल संस्थालाई बलियो बनाउने भन्दै लाभांशमा कन्जुस्याई गरेका थिएनन् । नगद धेरै दिन पाइने भएकाले लाभांश बढि दिएका थिए । यो वर्ष बोनस र नगद लाभांशको अनुपात ७०ः३० प्रतिशत रहेको छ । त्यसका कारण नगद बढी दिन नपाउने भएकाले लाभांश घटेको पनि तर्क भने सुरु भएको छ ।

यी बैंकले यसअघि देखि नै बाँडन सक्नेमा पनि केही कम लाभांश बाँडेर जगेडा कोषमा राखेका कारण नेटवर्थ बलियो हुँदै गएको जानकारको तर्क छ ।

बैंकहरुले लाभांश भनेपछि नगदलाई प्राथमिकता दिने र दीर्घकालिन सोच राख्ने भएकोले जगेडा बलियो बनाउँदै जाने गरेका छन् ।

गत आवमा बैंकहरुले केही नाफा आर्जन गरेर लाभांश वितरण गरे तर आगामी वर्ष चालु आवमा कति कमाइ हुने र कति लाभांश बाड्न सकिएला भनेर कसैले पनि ध्यान नदिएको एक पुराना सेयर लगानीकर्ताले बताए । यो वर्ष धेरै लाभांश दिएर ठूलो रकम लोन प्रोभिजनिङमा गयो भने त्यसको असर कस्तो हुन्छ भन्ने अहिले सोच्न आवश्यक रहेको उनको तर्क छ ।

बैंकहरुले जगेडाकोष बलियो बनाउँदा त्यसले तत्काललाई लाभांश धेरै नदिएपनि दिर्घकालिन रुपमा यसको प्रभाव राम्रै देखिने देखिन्छ । त्यसैले पनि बैंकहले जगेडाकोष बलियो बनाउन तर्फ लागेकोले लाभांश रकम कम देखिएको जानकारको भनाइ छ ।

यो वर्ष नै क्षमता अनुसार लाभांश दिएको भए  चार्टर्डलाई थप पूँजीको भार पर्ने थियो त्यस्तै अवस्था एभरेष्टको पनि थियो । पूँजी भार नबढाउनको लागि दुई बैंकले कम लाभांश प्रस्ताव गरेका हुन् ।

गत वर्ष बराबर लाभांश दिन सक्ने क्षमता भएका दुई बैंकमा एकले लाभांश क्षमता अनुसार कै दिने र अर्कोले त्यो भन्दा कम दिँदा त्यसको असर अर्को वर्षको इपिएसमा कस्तो असर पर्छ र बैंकको सेयर मूल्य कता जान्छ भन्नेमा पनि ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु