बैंकका सीइओहरुले डिजिटल दक्षिण दिने, दशैंमा कुन सीइओको कस्तो योजना



काठमाडौं । यसवर्षको दशैं माहोल कोरोनाका कारण पहिले जस्तो छैन । कैयन मानिसहरु घर समेत जान पाएका छैनन । यस्तो अवस्थामा बैंकर्सहरुको अवस्था समेत फरक छैन ।

बैंकर भन्ने बित्तिकै राम्रो तलब भत्ता, सेवा सुविधासहितको धेरै व्यस्थ हुने जागिर भनेर बुझिन्छ । वास्तवमा बैंक तथा वित्त कम्पनीमा काम गर्ने कर्मचारीलाई सामान्य कार्यदिनमा विदा पाउन गाह्रो हुन्छ ।

विशेष गरी उच्च व्यवस्थापनका अधिकृतहरु र प्रमुख कार्यकारी अधिकृतलाई २ दिन विदा बैंकबाट पाउनु पनि धेरै मुस्किल हुन्छ । तर दशैको ५ दिन बिदा बैंकरहरुको लागि बिशेष हुने गर्छ ।

कोरोनाले परिवर्तन गरिदिएको दशैंबारे बैकरहरु कसरी मनाउँदै छन् त ? हामीले केही बैंकका सीइओहरुसँग सोधेका छौं ।

भुवन दाहाल, सीइओ सानिमा बैंक

हाम्रो परिवारमा यसपाली डिजिटल दशैं मनाउने योजना बनाएका छौं । परिवारदेखि बाहेक बाहिरका आफन्तहरुलाई भर्चुअल म्यासेन्जर, भाइबरमा अनुहार हेरेर टिका लगाइदिने आशीर्वाद दिने योजना बनाएको छौ । मेरो घरमा आमा बुबा ८० वर्षको हुनुहुन्छ । त्यसकारणले घरमा भिडभाड गर्नु हुँदैन भनेर यसपाली हामीले डिजिटल दशैं मनाउने योजना बनाएका छौँ । दक्षिणा पनि डिजिटल नै गर्ने भनेका छौं ।

अघिल्ला दशैमा मेरो घर र ससुराली काठमाडौं उपत्यकाभित्र नै भएकाले उपत्यका बाहिर नगएपनि हामी टिका आशिर्वादको आदनप्रदानमा घरबाहिर जाने आउने, आफन्त साथीभाई भेटघाट गर्ने हुन्थ्योे तर यसपाली त्यो पनि भएन । पहिला-पहिला दशैंमा खुब तास खेल्न रुचाउथे तर आजभोलि तास खेल्न छोडेको छु । माछामासु खाने भएपनि अल्कोहल भने पिउँदिन । दशैमा यसपटक परिवारसँगै बिताउने, आर्टिकल किताबहरु पढ्ने गरिरहेको छु ।

गणेशराज पोखरेल, सीइओ, सिटिजन्स बैंक

मेरो मुमा बित्नु भएको एक बर्ष पुगेको छैन् । त्यसकारण यसपाली हाम्रो टिका छैन । दशै बिदामा घरमा नै बसेर पढेर, चलचित्र हेरेर, मनाउने योजना बनाएको छु । यसबीचमा अफिसकै कामले धेरै घुमघाम गरिएको छ ।
अब दशैको विदामा भने सेल्फ क्वारेन्टिनमा बस्ने योजना हो । घरमा श्रीमती, छारी र म गरी घरमा ३ जना हुन्छौँ । कोरोना संक्रमणको जोखिम दशैको बेला अझ बढी हुने भएकाले परिवारको सदस्यमात्रै आपसमा समय बिताउने बाहिरको मानिसहरुसँग भेटघाट नगर्ने भएका छौँ । मेरो जन्मथलो बर्दिया हो । अघिल्ला दशैं मनाउन विदा शुरु भएपनि बर्दिया जाने गरेका थियौ ।

सुनिल केसी, सीइओ, एनएमबी बैंक

यसपालीको दशै अघिल्ला वर्षहरुभन्दा फरक किसिमको भइरहेको छ । आफन्त साथीभाइसँग भेटघाट कम गर्ने । घरमा नै बसेर डिजिटल दशैं मनाउने योजना बनाएका छौं । टिका आदनप्रदान गर्न घरपरिवार बाहेक बाहिर आफन्तमा भर्चुअल गर्ने व्यवस्था गरेका छौं । त्यसकारणले गर्दा यसपालीको दशै अघिल्लो दशैभन्दा फरक किसिमको हुन्छ ।

दशै मनाउन उपत्यका बाहिर जानु नपरे पनि अघिल्ला वर्षहरुमा दशै विदामा आफन्त, साथीभाइ भेटघाट गर्ने, घुम्न जाने गरिन्थ्यो । तर यसपाली त परिवारका सदस्यहरु नै बाहिर काममा जाँदा पनि सुरक्षित भएर जाने गरिरहेका छौं । पहिलेको दशैमा जस्तो दशैको किनमेल यसपालीको दशैमा भएन । यसपालीको दशैको विदामा म्यानेजमेन्ट, विजनेससँग सम्बन्धित आफूलाई काम लाग्ने पुस्तक पढेर मनाउने सोच छ ।

दशैमा आफूभन्दा ठूलासँग टिका आशिर्वाद सबैभन्दा महत्वपूर्ण पक्ष हो । टिका आशिर्वादसँगै दक्षिणा दिने परम्परा छ । तर यसपाली भने दक्षिणा पनि दिनु पर्दा डिजिटल नै दिने व्यवस्था यसपालीको दशैमा हुन्छ । यसपाली कोरोना संक्रमण जोखिमका कारण दशैमा धेरै जामघट नहोला तर पनि मैले २०÷२५ जनासम्मलाई टिका लगाइ दिनु पर्ने हुन्छ ।

अनिल उपाध्याय, सीइओ, कृषि विकास बैंक
घरमा एकजना सदस्यलाई दशैं शुरु भएपछि कोरोना पोजेटिभ देखियो । त्यसकारणले गर्दा दशैं बिदा रमाइलो गर्न भन्दा आरम गर्नका लागि मात्र हुनेछ । परिवारका सदस्यहरुमा नै पनि भर्चुअल टिका आशिर्वाद हुन्छ । बाहिरबाट आफन्त आउन जाने घरमा यसपाली हुँदैन । यसअघिका दशैमा प्रायजसो सबै आफन्तहरु मेरो आमाको हातबाट टिका आशिर्वाद थाप्न आउनु हुन्थ्यो । अब यसपाली त्यो भएन । सबै जनाले भर्चुअल दशै नै मनाउने भनेका छौ । दशैमा हाम्रो परिवारबाट पनि कसैकोमा जादैँनो र हाम्रोमा पनि आउनु हुँदैन ।

अब यसपालीको दशैमा किताब पढ्ने, कुकिङ गर्ने, बाहिरका व्यवसायीक साथीहरुसँग अन्तरक्रिया गर्ने, त्यताको व्यपार व्यवसाय अध्ययन गर्ने गर्छु । अहिले घरमा मैले नै कुकिङ गरिरहेको छु । घरमा धेरै माछामासु खादैँनौ । दशैमा पनि मैले नै कुकिङ गर्छु ।

मेरो घरमा ८८ वर्षको आमा, श्रीमती र छोरी गरी ४ जना छौँ । आमाको आशिर्वाद लिन दाजुभाई काका बढावाका छोराहरु सबै जना आउने हुँदा दशैमा घुइँचो हुन्थ्यो । आमापछि म भन्दा साना सबैलाई मैले टिका लगाइदिनु पर्ने हुन्थ्यो । टिका लागाएपछि आशिर्वादसँगै दक्षिणा पनि दिनुपर्छ । त्यसमा पैसाको महत्व भन्दा पनि मायाको महत्व हुन्छ । दक्षिणामा मैले ठूलालाई सय पचास रुपैयाँ र सानालाई २०/५० रुपैयाँसम्म दिने गरेको छु ।

यसअघिका दशै बिदामा प्रायः टिकाभन्दा अघि वा पछि १/२ दिन घुम्न आउटिङ जाने, मन्दिर जाने गथ्र्यौ । आफन्तहरुको जाने गरेका थियौ । तर यसपाली परिस्थिति नै परिवर्तन भएको छ ।

सन्तोष कोइराला, सीइओ माछापुच्छ्रे  बैंक
हामीले यसपाली दशै मनाउन हुँदैन । हाम्रो हजुरआमा बित्नु भएको छ । ससुरालमिा पनि यसपाली दशैमा टिका लगाउन मिल्दैन । तरपनि दशैको समयमा नै म अफिसबाट विदा लिएर झापा आएको छु । दशैभन्दा अगाडि सरकारी कार्यलय बन्द हुनु अघि छोरीको नागरिकता बनाउन आएको थिए ।

हामी हरेक दशैमा झापा आउने गछौं । र, परिवार आफन्त साथीभाइसँग रमाइलो गर्ने, भेटघाट गर्ने, घुमछिफको चलन यसअघिका वर्षमा थियो । तर यसपाली कोरोनाको संक्रमणको जोखिमले गर्दा दशैमा परिवारका सदस्य बाहेक बाहिर कसैसँग भेटघाट गरिएको छैन ।

हामी काठमाडौंबाट आएको भनेपनि यताका आफन्त साथीभाइहरु आफै हामीसँग भेटघाट गर्र्न चाहन्दैनन् । काठमाडौंबाट आएपछि हामी सबै घरमा नै क्वारेन्टिाइनमा बसेका छौँ ।

कोरोना नभएको भए यसपाली दशैमा टिका लगाउन नभएपनि बिदामा घर आएको बेलामा घुम्न गइन्थ्यो होला तर यसपाली त्यो पनि भएन । हिजोसम्म घरमा भएपनि अmिसको काम घरबाटै गरिरहेको थिए । तर अब आजबाट भने बिदा पूर्णरुपमा परिवारलाई समय दिएर आपसी रमाइलो गरेर मनाउने योजना छ । अरु बेला हामीले परिवारलाई समय नै दिन सकेका हुँदैनौ त्यही भएर दशै बिदाको समय परिवारसँग पुर्णरुपमा मनाउने गर्छु ।

रोशन न्यौपाने, सिइओ एनआइसी एशिया बैंक

अघिल्ला वर्षको दशै बिदामा रसुवा घर गइन्थ्यो । त्यहाँ साथीभाई आफन्तसँग भेटघाट गर्ने, घुम्ने गरेर बिताइन्थ्यो । तर यसपालीको दशै रसुवा नगइ काठमाडौंमा नै मनाउने भनेका छौँ । र दशैं विदामा साथीभाई आफन्तसँग भेटघाटको योजना धैरै छैन् ।

परिवारमा परिवारमा श्रीमती, छोराछोरी, आमा बुवा, दाई हुनुहुन्छ । परिवारका दशै बाहेक आफन्तहरुमा भर्चुअल दशैको योजना बनाएका छौ । यसपाली घरमा पनि कोही आफन्तहरु बोलाउने र हामी पनि कतै जाने भनेर योजना बनाएका छैन् ।

बाहिर गएर कोरोना संक्रमण जोखिम हुने हुँदा छोराछोरीको लागि श्रीमतीले दशैको किनमेल पनि ई–कर्मशमार्फत् नै गरेकी हुन् । दशैमा धेरै तडकभडक नगरिने हुँदा टिका लगाएपछि मैले ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको छु र टिका लगाएर १ हजार रुपैयाँसम्म पाएको छु ।

कोरोना संक्रमणको जोखिमका कारणले बिदामा घुम्न जाने योजना पनि यसपाली बनाइएन । बिदाको ३ दिन विभिन्न आर्टिकल, बुकहरु पढेर बिताउने सोच बनाएको छु ।

मलाई अर्थतन्त्र, टेक्नोलोजीसँग सम्बन्धीत पुस्तक, जीवनी, सफलताको कथाहरु पढ्न मनपर्छ । दशैं विदामा त्यस्तै प्रकारको किताबहरु पढ्नका लागि छानेर राखेको छु । दशै बिदामा आफन्त साथीभाइ भेटघाट हुदाँ तास खेल्ने अल्कोहल खादिन । साथै, यसबीचमा असिफको पनि केही काम गर्न योजना छ । त्यसका लागि बैंकका साथीहरुलाई छलफल गर्न घरमा नै बोलाएको छु ।

रमेशराज अर्याल, सीइओ एनसीसी बैंक
यसपाली कोरोना संक्रमण जोखिमका कारण दशैं विदा घरमा नै बसेर मनाउने योजना बनाएको छु । हामी बैंकरहरु घर बाहिर धेरै हिँड्नु पर्ने हुँनाले आजसम्म परिवारका सदस्यहरुसँग पनि दुरी कायम गरेर बसेको छु ।

परिवारमा बुवा आमा, छोरा बुहार, भाइ बुहारी गरी जम्मा ८ जनाको परिवार छाैं । अन्य समयममा भन्दा दशैकमा बढी भिडभाड हु्ने भएकाले विदा भएपनि घरमा नै बस्ने परिवारसँग समय बिताउने योजना छ ।

घर बाहिर रहेका परिवारका सदस्य आफन्तलाई दशैंको शुभकामना, टिका र आशिर्वाद लिने दिने कार्यक्रम भाइबर ग्रुप नै बनाएर भर्चुअल गर्ने योजना बनाएका छौँ । सबै आफन्तले यो योजनालाई स्वीकार गरिसक्नु भएको छ ।
अघिल्ला दशै बिदामा परिवारसँग घुम्न जाने, आफन्तहरुको भेटघाटमा जाने गथ्र्यौ । तर यसपाली संक्रमणको जाखिमका कारण त्यस्ता केही योजना बनाएका छैन् । घरमा नै बसेर किताबहरु पठ्ने, केही अध्ययन गर्ने गरिरहेको छु ।

विदामा किताब पढ्दा वित्तीय क्षेत्रसँग सम्बन्धित बाहेकका किताबहरु पढ्ने सोचेको छु । अहिलेको दशैं विदामा चन्द्र प्रकाश बानियाँको ‘महारानी’ पढ्न शुरु गरको छु । त्यस्तै प्रकारको अरु किताबहरु पढ्ने योजना छ ।

किरण कुमार श्रेष्ठ, सीइओ राष्ट्रिय वाणिज्य बैंक

हरेक वर्षको दशैमा टिकाको तेस्रो दिन हामी घरान जान्थ्यौ । तर यसपालीको दशैमा कोरोना संक्रमणको कारण त्यो चलन नै रोकियो । मेरो घर संखुवासभा र ससुराली घरान हो ।

टिकाको दिन आफूभन्दा ठूलासँग टिका लगाउने, भोलिपल्ट आफूभन्दा साना सबैलाई टिका लगाइदिने र पर्सिपल्ट घरान जाने गरिन्थ्यो । जुन यसपाली दशैंले गर्दा रोकिएको छ ।

काठमाडौंमा भएका आफन्तहरु पनि हाम्रो घरमा यसपाली आउनु हुन्न । घर भित्रैका सदस्यहरु मिलेर दशै मनाउने र आफन्तमा भर्चुअलरुपमा शुभकामना, आशिर्वाद आदन प्रदान गर्ने योजना छ ।

यसपालीको दशै जमघट गरेर मनाउने स्थिति नै छैन् । अर्को वर्ष परिस्थिति सामान्य भएपनि सबै भेटेर रमाइलो गर्ने भनेका छौँ ।

अघिल्ला दशैमा हाम्रो घरमा धेरै जमघट हुनथ्यो यसपाली त्यो हुँदैन । मैले टिका लगाइदिनु पर्ने ७०÷८० जना हुन्थे । यसपाली घरभित्र भएका परिवारका सदस्यहरुलाई पनि टिका लगाएर दक्षिणा उनीहरुको बैंक अकाउण्टमा जम्मा गरिदिने व्यवस्था गरेको छ । दशैंको ५ दिन विदा परिवारसँग समय बिताउँछु ।

गोविन्द ढकाल, सीइओ गरिमा विकास बैंक
दशैं मनाउन पोखरा आएपनि यसपाली दशैंमा टिका लगाउनु हुँदैन । विदामा नजिका साथीभाई भेटघाट र परिवारका सदस्यसँगै मनाउने योजना छ ।

कोरोना संक्रमण जोखिम नभएका भए बिदामा ३/४ दिन बाहिर न घुम्न गइन्थ्यो । यो वर्ष त्यो भएन । तर यो पटक त्यो रोकिएको छ । तरपनि परिवार र नजिकका साथीहरुसँग धम्पुस घुम्न जाने योजना छ ।

टिका पनि नभएपनि दशै बिदामा बिहान योगा ध्यान गर्ने दिउँसो बाहिर नखाने गरी सुरक्षित तबर घुम्ने, पोखराका प्राकृतिक सौन्र्दय अवलोकन गर्ने, संगित सुन्ने गर्छु । मलाई सेन्टिमेन्टल हिन्दी, नेपाली गीतहरु सुन्छु ।

प्रधुम्न पोखरेल, सिइओ मुक्तिनाथ विकास बैंक
गत वर्षको दशै विदामा समय मिलाएर वीरगञ्जसम्म जाने गरिन्थ्यो । तर यसपाली प्रतिकुल समय भएकाले त्यो योजना अहिलेसम्म बनाएको छैन । यो दशै बिदा काठमाडौंमा नै बिताउने सोच छ ।

आफन्त, साथीभाई कोहीसँग भेटघाट नगरी सुरक्षित भएर घरमा नै दशै मनाउने बिचार छ । अहिले दशैको बेलामा भिडभाड बढ्ने हुँदा हामीले झन संक्रमणको जोखिमलाई बिषेश ध्यान दिनुपर्छ । दशैको शुभकामना तथा टिका आशिर्वाद परिवारका सदस्य बाहेक भर्चुअल माध्यबाट आदन प्रदान गर्ने योजना बनाएका छौँ ।

हामी शाकाहारी भएको हुँदा हाम्रोमा खसी काट्ने चलन छैन । दशैंमा पहिले जस्तो बजार जाने, साथीभाई भेट्ने कार्यक्रम यसपटक छैन । व्यक्तिगत रुपमा पनि मैले नगदको कारोबार धेरै कम गरेको छु । मुक्तिनाथका ग्राहकलाई पनि नगदभन्दा डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै सोही अनुसारको व्यवस्था मिलाएका छौं ।

मेरो आफन्त सबैको मुक्तिनाथमा नै खाता भएको कारणले गर्दा यसपटक दक्षिणा पनि मोबाइल बैंकिङबाट खातमा नै जम्मा गरिदिने योजना हाम्रो छ ।


क्लिकमान्डु