भारतीय वायु सेवा प्रदायक एकपछि अर्को समस्यामा,स्पाइस जेटमा लगानीकर्ताबीच चर्कियो विवाद



काठमाडौं । भारतका वायु सेवा प्रदायक कम्पनी एक पछि अर्को गर्दै समस्यामा पर्दै आएको छ । झण्डै १ वर्षदेखि जेट एयर समस्यामा रहेको छ । समस्या समाधानका लागि पछिल्लो पटक पहल भएको भएपनि सकारात्मक नजिता निस्कन सकेको छैन ।

सकारात्मक नजिता निस्कन नसकेको बेला अर्को वायु सेवा प्रदायक कम्पनी समेत समस्यामा परेको छ । भारतीय कम्पनी स्पाइस जेट समस्यामा परेको छ । स्पाइस जेटका प्रमोटर अजय सिंहको सेयरको बारेमा लफडा शुरु भएको छ ।

सन समूहका अजय सिंहको चल अचल सम्पत्ति जफथ गर्ने माग गरिएको छ । स्पाइस जेटले जुन ३० मा ६०० करोड बराबरको घाटा देखाएको छ । स्पाइस जेटका प्रमोटर अजय सिंहलाई बढ्ता समस्या परेको छ ।

कारण यो हो कि दक्षिण भारतीय एवम्  अध्यक्ष कलानिधि मारनले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले सेयर स्वामित्वका लाथि याचिका दायर गरेका हुन् । उक्त याचिका २४३ करोडको डिपोजिट उपलब्ध गराउनका लागि समस्या पैदा भएको थियो ।

जानकारी अनुसार गत सेप्टेम्बरममा उच्च अदालतले आदेश दिएको थियो कि ६ हप्ता भित्र स्पाइस जेट २४३ करोड डिपोजिट गराएको थियो । उक्त समय गत १४ अक्टोबरमा सकिएको छ । मारन तथा उनको केएएल एयरवेजले सन् २०१८ मा आर्बिटेशन प्यानलको रिफण्डको मामिलामा जीत हासिल गरेको थियो ।

उच्च अदालतले मारनको याचिका माथि सुनुवाई गर्दै स्पाइस जेटलाई सूचना दिएको थियो । सूचना पछि सेयर होल्डिङको बारेमा समेत जानकारी दिइएको थियो । मतलब जुन अवस्थामा जसको सेयर रहेको छ, सो उही अवस्थामा नै रहनेछ ।

मरनका अनुसार दिल्ली उच्च अदालतले सो मामिलामा सम्पर्क गरेको थियो । किनकी, स्पाइस जेट २४३ करोड रुपैयाँ तिर्न असफल भएको थियो । हामी कम्पनीको संस्थापक सेयर होल्ड गर्न चाहन्छौ,तर त्यसको बदलामा स्पाइस जेट भने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालत गएको छ । उक्त मुद्दामाथि आगामी सातामा सुनुवाई हुने तालिका छ ।

जानकारी अनुसार स्पाइस जेटमा अजय सिंह र उनको परिवारको जुन ३० सम्म ५९.९३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

जबकी मारनको कम्पनीको स्पाइस जेटबाट बाहिर निस्केको थियो, त्यतिबेला सेयर स्वामित्व २ प्रतिशत थियो । २२ अक्टोबरमा सेयरको खरिद बिक्रीको आधारमा कस्ल मूल्य १ हजार ७२७ करोड बराबरको थियो । सेयर स्वामित्वको विषयमा थप कुनै छलफल हुन नपाएको बताइन्छ ।

अवस्था खरब हुँदै गएपछि अजय सिंहले उच्च व्यवस्थापकको बैठक बोलाएको बताइएको छ । सेयर स्वामित्व बिक्री गरेर भएपनि मारनको पैसा चुक्ता गर्ने विषयमा छलफल गर्ने तयारी छ ।

सन् २०१५ मा मारन तथा केएएल एयरबेज, उनको लगानी रहेको साधन स्पाइस जेटमा ५८.४६ प्रतिशत सेयर रहने गरी अजय सिंहलाई ट्रान्सफर गरिएको थियो ।

त्यस समयमा १ हजार ५०० करोड बराबरको लगानी समेत भएको थियो । सम्झौता अनुसार ६७९ करोड बराबरको सेयर हिस्साका लागि पैसा समेत तिरिएको थियो ।

पछिल्लो समयमा घाटादेखाएर आफ्नो सेयर समेत हडप्न खोजिएको मारनको भनाइ छ । सो विवाद बढ्दै जाँदा स्पाइस जेट समेत समस्यामा परेको छ । समस्या समाधानका लागि पहल भएपनि सकारात्मक नजिता भने निस्कन सकेको छैन ।


पुष्प दुलाल