कोरोना कहरः भारतीय अर्थतन्त्रमा नकारात्मक प्रभाव, आर्थिक वृद्धिदर ७.९% ले ऋणात्मक हुने



काठमाडौं । कोरोनाका कारण भारतीय अर्थतन्त्र चरम रुपमा गिरावट हुने अनुमानहरु सार्वजनिक भएका छन् । यसअघि नै कूल ग्राहस्थ उत्पादनमा २४ प्रतिशतको गिरावट आएको तथ्य सार्वजनिक भएको थियो ।

पछिल्लो पटक सार्वजनिक गरिएको विवरण अनुसार भारतीय अर्थतन्त्रमा ९.५ प्रतिशतको अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी गिरावट हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा गिरावट आएको, व्यापार व्यवसायमा समेत नराम्ररी प्रभावित भएको छ । सरकारले घोषणा गरेको राहत प्याकेजले समेत कुनै चमत्कार हुन सकेको छैन ।

राहत केवल देखाउनका लागि मात्रै दिइएको जस्तो देखिएकाले पनि अर्थतन्त्रमा त्यसले कुनै पनि सकारात्म्क भाइब्स ल्याउन सकेको छैन । रोयटर्सका अनुसार भारतीय अर्थतन्त्रमा पछिल्लो १२ वर्षयताकै कम हुन पुगेको छ ।

विवरणअनुसार भारतमा कोरोना संक्रमणको मामिला ७७ लाख कटेको छ । संसारभर नै अमेरिका पछाडि भारत सबैभन्दा बढी संक्रमित देश बनेको छ । अझै कोरोना संक्रमण कम हुने सम्भावना देखिएको छैन ।

सरकारले कोरोनाका कारण आर्थिक असर गर्नका लागि कुनै पहल भएको छैन । सरकारले आर्थिक क्षेत्रमा यसअघि नै प्रतिबन्ध हटाएको थियो । यी सबैका बाबजूत भारतीय रिजर्भ बैंकले उदास रुपमा आर्थिक अनुमान जारी गरेको थियो । जकबी महंगी वृद्धि हुनेका साथमा आरबिआईले मौद्रिक नीतिमा समेत कुनै परिवर्तन गरेको छैन ।

विवरणका अनुसार अधिकांश अर्थशास्त्रीले चालु आर्थिक वर्षको दुई महिना पहिले सार्वजनिक गरिएको अनुमान भन्दा झनै खराब अवस्था आउनसक्नेछ ।

कूल ९० प्रतिशत बढी अर्थशास्त्रीले भनेका छन् अर्थतन्त्रलाई गतिमा लैजानका लागि सरकारले अझै गति दिन जरुरी छ ।

सरकारले घोषणा गरेको राहत प्याकेज प्रभावकारी बन्न सकेको छैन । राहत प्याकेज प्रभावकारी बनाउन अझै सरकारको तर्फबाट धेरै काम गर्नुपर्ने देखिन्छ । अघिल्लो सातामा मात्रै १० बिलियन डलर अर्थात् ७३ हजार करोड राहत प्याकेज घोषणा गरेको थियो ।

एचडिएफसी बेंकका वरिष्ठ अर्थशास्त्री साक्षी गुप्ताका अनुसार उपभोक्ता खर्र्च तथा क्यापिटल एक्सपेन्डिचरका लागि अपनाइएको उपाय काफी सिर्जनात्मक रहेको छ । तर वृद्धिका लागि चालु आर्थिक वर्षमा नै काफी असर कम हुन सक्छ ।

भारतीय अर्थतन्त्र मे, अप्रिल जुन त्रैमासमा २३.९ प्रतिशतले ओरालो लागेको थियो । चोथो त्रेमासमा १०.४ प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । ३१ मार्च २०२१ सम्ममा ९.८ प्रतिशतले आर्थिक गिरावट हुने अनुमान गरिएको छ । आरबिआईले ९.५ प्रतिशत गिरावट हुने अनुमान गरेको छ ।

जबकी अर्थशास्त्रीका अनुसार आगामी आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०२२–२३ कम ५.७ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

अर्थशास्त्रीका अनुसार भारतको कूल ग्राहस्थ उत्पादनमा प्रो कोभिड स्तरमा पुग्नका लागि कम से कम १ वर्ष समय लाग्नेछ । आइडिएससी बैंकका प्रमुख अर्थशास्त्री इन्द्रनील पानका अनुसार रोजगारीमा आएको गिरावटका कारण थप समस्या पैदा भएको छ ।

पिएचडी चेम्बर अफ कमर्सका इकोनोमी एण्ड बिजनेश मोमेन्टम इन्डेक्ससका आधारमा चालु आर्थिक वर्षमा जिडिपी ग्रोथ माइनस ७.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

जबकी आर्थिक वर्ष २०२२ मा कूल ग्राहस्थ उत्पादन ७.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सो विवरण अनुसार २५ प्रमुख २५ आर्थिक तथा विजनेश इन्डिकेटरमा २१ वटामा महत्वपूर्ण रिकभरीको संकेत देखिएको छ । जबकी, उद्योग तथा सेवा क्षेत्रमा तरलता वितरण नै सबैभन्दा बढी चुनौतीपूर्ण रहेको छ ।

आइएमका अनुसार १०.३ प्रतिशतको गिरावट हुने अनुमान गरिएको छ । भारतीय अर्थतन्त्रमा आगामी आर्थिक वर्षमा ८.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

आइएमका अनुसार चीनको वृद्धिदर ८.२ प्रतिशत रहने अनुमान गरिएको छ । संसारभर नै अर्थतन्त्र असाध्यै नराम्रो अवस्थामा पुगेको छ । सन् १९३० पछाडि संसारभर नै आर्थिक मन्दी सबैभन्दा बढी देखिएको छ ।

गरिब तथा अल्पविकसित देश कोरोनाका कारण सबैभन्दा बढी मारमा परेको छ । विश्व बेंकका प्रमुख डेविट मालपासका अनुसार आर्थिक मन्दीका कारण कयौं देशमा जोखिमको मात्रामा वृद्धि भएको छ ।

उनले आर्थिक मन्दी असाध्यै गहिरो भएको छ । जसको कारण गरिबीको मात्रामा अत्याधिक वृद्धि हुनेछ ।विभिन्न एजेन्सीको सहयोगमा 


पुष्प दुलाल