नयाँ लगानीकर्ताको प्रवेशः के कोरोना कहरमा सम्भव छ डुबेको जेट एयरको पुनःउत्थान ?



काठमाडौं । कुनै समय भारतमा जेट एयरबेजको राम्रै चकचकी थियो । उसको साम्राज्य प्रमुख गन्तव्यहरुमा विस्तार भएको थियो । व्यापारिक हिसाबले पनि एयरलाइन्सले राम्रै स्थान बनाएको थियो ।

शिखरमा चढ्न जति सजिलो हुन्छ, त्यत्ति नै हैसियतमा बसीरहन झनै गाह्रो हुन्छ । किनकी, व्यापार भनेको निरन्तरको विश्वास हो ।

एउटा विश्वासमा जब संकट पैदा हुन्छ, तब ओरालोको यात्रा शुरु हुन्छ । यस्तै भएको छ, जेटलाई । किनकी हुँदाखाँदाको साम्राज्य एकाएक ढलेको छ ।

झण्डै झण्डै संसारका धेरै गन्तव्यमा पुग्ने एयरलाइन्सका अधिकाशं जहाज ग्राउण्डेड छन् । मानिसहरुमा एक प्रकारको आशंका छ, के अब जेट उडान भर्न सक्ला ? मानिसहरुले जिज्ञासाको नजरले हेरिरहेका छन् र भनी रहेका छन् के अब पुनः व्यूतन सम्भव छ ? जेट एयर ।

गत वर्षको अप्रिलमा, भारतको एक पटक प्रिमियर एयरलाइन जेट शुरुमा खुला हवाई नीतिबाट जन्मेको थियो । उसले आफ्नो व्यवसाय बन्द गर्यो । किनकि उसलाई उडान गर्न तत्कालका लागि पैसाको ठूलो अभाव देखिएको छ ।

हजारौंको संख्यामा रहेका कर्मचारी तथा पाइलटका लागि दिनुपर्ने तलब भक्ता समेत उपलब्ध गराउन नसक्ने अवस्था छ । यस्तै जहाजले खाने इन्धन भर्न समेत समस्या पैदा भएको छ । कारण ऊ अनेकन आर्थिक संकट र झमेलामा परेको छ ।

अवस्था गत वर्ष भन्दा कुनै सुधार देखिएको छैन । धेरै महिना पछि, एयरलाइन्स र यसका सहयोगीहरूका लागि समेत सकारात्मक परिणाम देखा परेको छैन ।

उनीहरुका लागि राम्रा र सोच्नका लागि समेत राम्रो समाचार छैन । कारणहरु भन्छन्, करिब करिब डुबीसकेको संस्थालाई कसरी पुनः उतार्ने र कामयावी बनाउने भन्नेमा मानिसहरुका आफनै खालका तयारी पनि होलान् ।

गतिविधिले यो देखाएको छैन कि, मानिसहरुलाई अब के जेट एयर पुनः जेट बनेर खुला आकाशमा कावा खानेछ वा इतिहासको गर्तमा सिमित हुनेछ । तर यसबीचमा केही राम्रा खबर पनि आएका थिए । उनीहरुका लागि आम मानिसले, अर्थात् उसका हितैसीले सोचे जस्तै सकारात्म्क दिन आउँदैछन् वा आउनेछन् ।

उनीहरुका लागि राम्रो खबर यो छ कि एयरलाइन्सले ब्रिटेनस्थित कलरोक क्यापिटल, एक सम्पत्ति व्यवस्थापन कम्पनी, र युएई स्थित उद्यमी मुरारीलाल जालानमा सम्भावित लगानीकर्ता फेला पारेका छन ।

जुन जेट एयरवेजको भाग्य पुनर्जीवित गर्न खोजिरहेका छन् । यसैबीचमा आएको कोरोना महामारीले फेरी त्यत्ति राम्रो खबर भने दिएको छैन । विश्वव्यापी रूपमा फेलिएको कोरोनाले नागरिक उड्डयनको व्यापारलाई रसातलमा पुर्याइदिएको छ ।

यस्तो अवस्थामा घाटामा गएको एयरलाइन्सलाई पुनःजीवित गर्ने योजना अगाडि बढ्छ वा बढ्दैन वा त्यो पछिल्लो प्रक्रिया जेट एयरका लागि जादूको छडी बन्छ वा अरु केही हुन्छ भन्ने बारेमा अनुमान लगाउन समेत गाह्रो नै हुनेछ ।

हवाई क्षेत्रका एक जानकार जितेन्द्र भार्गव भन्छन्, ‘ महामारीको समयमा पुनः उडान भर्ने वा पुनःजीवीत हुने तथा बजारमा पुनः आफनो हैसियत बनाउने कुरा झनै कठिन विषय हो ।’

नाफामा रहेका एयरलाइन्स समेत समस्यामा परेका छन् । उनीहरु कोरोनाको कहरमा नराम्ररी फसेका छन् । त्यसबाट उतारेर अगाडि बढाउने कुरा आफैमा झनै जोखिमपूर्ण विषय हो ।

महामारीबाट प्रभावित बजारमा पुनर्जीवित हुनु एकदम गाह्रो छ, जहाँ ठूला नाफा कमाएका वाहकहरूले पनि आर्थिक संकटको सामाना गरिरहेका छन् ।

स्टेट बैंक अफ इण्डियाको नेतृत्वमा ऋणदाताले सहवित्तीयकरणमा रहेकाले समेत जेट एयरवेज विरुद्ध मुद्दा दायर गरेका थिए । जुन बैंकको क्षेत्रसँग जोडिएका केही विषय र सन्दर्भ समेत थियो ।

एयरलाइन्स समस्यामा परेको ठिक एक वर्षपछि शनिबार, जेट एयरवेजका एक उच्च व्यक्तित्व आशीष छावचरियाले स्टक एक्सचेन्जलाई अनुरोध गर्दै एक पत्र लेखे ।

कम्पनीको १७ औं बैठकले कालोरक क्यापिटल र मुरारीलाल जालानले पेश गरेको प्रस्तावलाई अनुमोदन गरेको छ । कम्पनी पुनः जीवीत गर्ने योजनालाई अगाडि बढाउन राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण समक्ष पेश गर्ने ध्येयका साथ उक्त जानकारी गराइएको हो । उक्त योजनाले व्यवसायको पुनः उद्धारका लागि केही न केही काम होला भन्ने अपेक्षा गरिएको छ ।

जेट एयरवेजलाई आकाशमा पुनः उडाउनका लागि के कति पैसा चाहिन्छ भनेर अझै स्पष्ट छैन । अब कम्पनीसँग ब्रान्ड बाहेक अरू धेरै बाँकी छैन ।

द हिन्दू बिजनेसलाइनको वेब पोर्टलमा केही दिन पहिले प्रकाशित एउटा समाचारमा दुबै बोलपत्रकर्ताहरूले आफ्नो संकल्प योजना अनुसार विमान बढाउँदै थप लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

कम्पनी बन्द हुने दिनसम्म झण्डै ४० हजार करोड ऋण बाँकी रहेको बताइएको थियो । त्यसमा कूल १५हजार ५२५ करोड भने स्वीकार गरिसकेको अवस्था छ ।

जेट एयरवेजमा मात्र पुनरुत्थान हुन सक्छ । यदि सबै पुरानो दायित्वहरू बिर्सिएमा र यसले सामान्य सुरुवात गर्न सक्छ, त्यो पनि नयाँ स्वरुपमा । भागर्वका अनुसार त्यसका लागि ठूलो लगानी जरुरी भने पर्छ नै ।

कपिल कौलका अनुसार जेट एयरवेजको पुनरुद्धारको बारेमा अवस्था अझै शंकास्पद रहेको बताउँछन् । उनी विश्वास गर्छन कि एयरलाइन्स अन्ततः सञ्चालनमा आउन पनि सक्छ । उनले आउन लागेका नयाँ लगानीकर्तालाई धन्यवाद नै दिए ।

सञ्चालनका लागि एक व्यावहारिक योजना भने आफूले नदेखेको र त्यसका लागि आवश्यक रकम र रणनीतिक संसाधनहरू न्यून मूल्यांकन गरिएको छ ।

महामारीका कारण भारतमा आन्तरिक यात्री घटेका छन् । र एयरलाइन्सहरू उनीहरूको समग्र क्षमताको असाध्यै न्यून क्षमतामा मात्रै सञ्चालन गरिरहेका छन् ।

सामान्य परिस्थितिमा एउटा एयरलाइनलाई पुनरुत्थान गर्ने यसको फाइदा हुन सक्छ किनकि कलरोक क्यापिटलले केही मात्रामा कर्मचारी भर्ना गर्न र आपूर्तिकर्तासँग पनि सम्झौता गर्न सक्ने छ ।

यद्यपि हवाई यात्राको अवस्था सामान्य अवस्थामा फिर्ताका लागि महामारीको अन्त्य हुनु र सामान्य अवस्थामा फिर्ता हुनु जरुरी रहेको छ ।


पुष्प दुलाल