आरबिआईको आदेशलाई नमान्दा भारतमा भयो एक बैंकलाई कारवाही
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाले गरेका बदमासीलाई सामान्यता नियमक निकायले तत्काल कारवाही गर्दैनन् ।
अध्ययन गरेर मात्रै उनीहरुलाई कारावही हुने गरेको छ । बैंक तथा वित्तीय संस्थाले गरेका बदमासीले धेरै निक्षेपकर्ताको विश्वासलाई क्षणभरमा खरानी बनाइदिन्छ ।
कारवाही गर्न ढिला भयो भने त्यसले पार्ने प्रभाव असाध्यै विषम खालको हुन जान्छ । भारतमा एक बैंकले नियमकको निर्देशनलाई अस्वीकार गर्दा कारवाही भोग्नु परेको छ ।
नेपालमा भने नियमकले दिएका आदेशलाई कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति पनि हावी रहेको छ । ए होर, थाहै भएन, हुँदैछ भनेर आलटाल गर्न नेपालका जुनसुकै निकाय अग्रसर रहन्छन् ।
तर, भारतमा इन्डसल्याण्ड बैंकलाई रिजर्भ बैंक अफ इण्डियाको आदेश पालना नगर्दा ४.५ करोड भारतीय रुपैयाँ बराबरको पेनाल्टी गरिएको छ ।
रिजर्भ बैंकले आफूहरले बैंकलाई दिएको आदेश पालना गर्न अस्वीकार गरेको जनाएको छ । अघिल्लो महिना चेन्नईको श्रीराम सिटी यूनियन
फाइनान्सलाई पनि आरबिआईले ५ लाख रुपैयाँ पेनाल्टी तिराएको थियो ।
आरबिआईले सिटी बैंकलाई पनि यसै वर्ष कुनै लापरवाहीलाई लिएर ४ करोड भारतीय रुपैयाँ हर्जना गरिएको छ ।
इन्डसल्याण्ड बैंकले आरबिआईको कुनै निर्देशनलाई पालना गर्न ढिलाई गरेको आरोप लागेको छ । आरबिआईले अहिले भनेको छ बैंक र ग्राहकका बीचमा भएको कुनै पनि कारोबार वा सम्झौताको पहिलेकै तवरले कायम रहनेछ ।
इन्डसल्याण्ड बैंकले नियमकको निर्देशन पालनामा ढिलाई गरेको थियो । एक्पोजर नम्स् , प्रुडेन्सियल नम्र्स अन इनकम रिकग्निशन एसेट क्लासिफिकेशन तथा प्रोभिजनिङ पर्टेनिङ्ग टु एडभान्सेजलगायतका विषयमा बैंकले नियमकको आदेश पालना ढिलाई गरेको थियो ।
आरबिआईका अनुसार एसपिएआरसि, मनिटरिङअफ इन्फरमेशन सवमिशन वाई बैंकलगायतका कमजोरी गरेको पाइएको छ । समान्य निर्देशनलाई पनि पालना नगर्दा वा कार्यान्वयन गर्न अटेर गर्दा कारवाहीमा परिन्छ भन्ने उदाहरण समेत यो घटनाले देखाएको छ ।
नियमकले आम लगानीकर्ता, निक्षेपकर्ताको हितलाई ध्यानमा राखेर दिने निर्देशन पालना गर्नु बैंक तथा वित्तीय संस्थालाई वाध्यकारी हुन जान्छ ।