लुम्विनी प्रदेशको नयाँ राजधानी घोषणा र बुटवलको भविष्य: पदम् न्यौपानेको लेख



प्रदेश सरकारको सिफारिस र प्रदेश संसदको वैठकद्धारा लुम्विनी प्रदेशको राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका (भालुवाङ) मा राख्ने निर्णय भएको छ । यो निर्णय पश्चात बुटवलको अवको अवस्था वा हैसियतका सन्दर्भमा विभिन्न खाले जिज्ञासा, धारणा वा अवधारणाहरु निरन्तर सार्वजनिक हुदै आएका छन् , बहसहरु भैरहेका छन् । सार्वजनिक भएका अधिकाशं धारणा र बहसहरुवाट वुुटवलवासीको मनमा निकै कौतुहलता, जिज्ञासा र अन्यौलता श्रृजना गरेको पाइन्छ ।

नेपालमा हरेक कुराहरुलाइ राजनीतिक पक्षवाट मात्र हर्ने गरिन्छ । बुटवलवाट राजधानी देउखुरी सार्ने निर्णमा सामेल हुने र नहुने प्रदेश सांसदहरु स्वयमको मनमा के खेलेको छ त्यौ त भन्न सकिदैन तर उनिहरु प्रति भने धेरैले धेरै किसिमले प्रश्नहरु उठाएको देखिन्छ । सुनिन्छ राजधानी सार्ने पक्षमा मत व्यक्त गर्नेहरु अधिकाशंले आफ्नो राजनीतिक भविष्यका वारेमा गहिरो आत्मसमिक्षा गर्नलागेका छन् । सायद यसै कारणले हुन सक्छ वुटवल र आसपासका क्षेत्रको विकास अवधारणा र आफ्रनो संकल्पका वारेमा कुनैपनि अभिव्यक्ति सार्वजनिक गरेको पाइदैन । यसवाट पनि स्पष्ट हुन्छ उनिहरुमा स्पष्ट दृष्टिकोण र प्रतिवद्धताको अभाव छ । छ त केवल राजनीतिक दलको कार्यकर्ता र नेता वन्ने लक्ष्य ।

यदी उनिहरुमा विकास राजनीतिको सन्दर्भमा कुनै स्पष्ट दृष्टिकोण र अवधारणा भएको भए सायद जसरी दागंको पक्षमा आफ्नो मत जाहेर गरे त्यसैगरी वुटवलको भविष्यमा कुनै खतरा आउन नदिने पक्षमा व्यक्तिगत वा सामुहिक संकल्प र प्रतिवद्धता आउनु पथ्र्यो । हो यही पक्ष वुटवल र यससंग जोडिएका जिल्लाको भविष्य र विकासमा खतराको संकेत हो ।

यो पतिंकारले जव प्रदेशको एक सशक्त र प्रदेशको साझेदार बन्ने हैसियतको निजी क्षेत्र र यसकालागि प्रभावकारी संस्थाको रुपमा भिजन लुम्विनीको अवधारणा र गुरुयोजनाको खाका तयार पार्दै थियो । यही चरणमै कुनै एक राजनीतिक दलले त्यही संलग्न सदस्यको संयोजनमा रातारात यही अवधारणालाइ आधार बनाइ क्षेत्रको विकास अवधारणा सार्वजनिक गरेको एउटा घटनालाइ स्मरण गर्दै केही तथ्यहरु सहितको यो लेख तयार पार्न प्रेरित गरेको छ । सुन्दा केही होइन जस्तो लाग्ने यो पक्षले उजागर गरेको वा महसुश गराएको पक्ष केहो भने आफु रहेको क्षेत्रका वारेमा यहाँ कसरी मन्थन हुन्छ र कस्तो मनस्थिति छ भन्ने कुरालाइ उजागर गर्छ यो एउटा उदाहरणले ।

यसैगरी अर्को उदाहरण पनि यहाँ उल्लेख गर्न उचित हुन सक्छ, यही चरणमै वुटवलमा केन्द्रिय कार्यालय राखेर दर्ता गरिएका विभिन्न विकास वैंकहरु रहेकाले सवै वैंकहरु मर्ज गरेर एउटा विकास वैंक बनाउने र यो वैंकले प्रदेशको विकासमा प्रदेश सरकारलाइ दरिलो आधार दिन पूर्वाधार वैंकको रुपमा विकास गर्ने भन्ने पहल पनि अधिकाशं संस्थापकहरुको व्यक्तिगत प्रतिष्ठा, अहंमता र प्रतिष्पर्धाले पनि यो वहसलाइ अगाडी बढन दिएन । अहिले ति प्राय सवै वैंकहरु भिन्न भिन्न संस्थाहरुसंग मर्ज भै अस्तित्व समेत राखेको देखिदैन । त्यसैगरी ५० को दशकताका वुटवल उद्योग वाणिज्य संघको सक्रियतामा एउटा अध्ययन भएको थियो पाल्पाको झुम्सा दोभन क्षेत्रमा फ्रलोरी कल्चरको खेतिको सम्भावना । अध्ययनले त्यहाँ प्रसस्त सम्भावना रहेको र लगानीकालागि पहल गर्न सुझावपनि दिएको थियो तर त्यो हाल सम्म कसैले स्मरण गरेको देखिदैन ।

उल्लेखित तिनवटा उदाहरणले वुटवलको सोच,संकल्प, अवधारणा र लक्ष्यलाइ प्रतिविम्वित गर्दछन् । यदी अवपनि यस्तै अवस्थाले निरन्तरता पाइरहने हो भने प्रदेश राजधानी वेगरको बुटवलको व्यापारिक केन्द्रको अस्तित्व हसोन्मुख भन्ने भनाइहरु प्रमाणित पनि हुनसक्छन् ।

पंतिकारले जानेको वुटवल 

बुटवल रुपन्देही जिल्लाको बजार मात्र होइन, यो बजार केन्द्रमा विभिन्न झन्डै २ दर्जन जिल्लाका व्यवसायीहरुको व्यावसायिक थलो हो । २ र ३ दर्जन पहाडी जिल्लामा वस्नेहरुको दोश्रो घर पनि हो ।

३० उल्लेखित जिल्लामा उत्पादन हुने बस्तुहरूको विक्रि गर्ने बजार पनि हो । बुटवलमा व्यापार व्यवसाय गरेर वा यसलाई आधार बनाएर जिल्लामा व्यवसाय वा उद्यमशिल गतिविधि गरिने उत्प्रेरणा पनि हो । बुटवलले श्रृजना वा उपलब्ध गराएको अवसरबाट धेरै जिल्लाको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रको विकासमा मद्धत र विश्वास जगाएको थलो पनि हो । पहाडी जिल्लाको विहान वेलुका भान्छामा आवश्यक पर्ने खाद्यवस्तु वेलुका सकिए विहान र विहान सकिए बेलुका सामान उपलब्ध गराउने बजार पनि हो ।

विभिन्न जिल्ला र क्षेत्रका संस्कार संस्कृति र जात जाति हरुको सामाजिक एवं सांस्कृतिक सद्भावयुक्त उदाहरणीय बसाईको थलो पनि हो । विभिन्न समयमा विविध क्षेत्रका विविध मनोकांक्षा वाट गरिने आन्दोलन लाई विवेकपूर्ण तरिकाले सामाजिक एकता र सद्भाव लाई नकारात्मक प्रभाव पर्न र पार्न नदिने क्षेत्र पनि बुटवल हो र यहांका बासिन्दा पनि हुन्। । यो व्यक्ति यहाँको हो या बाहिरवाट आएको हो भन्ने आग्रहर दुराग्रह सहितको मानसिक्ता नराखी मिलेर बसेको क्षेत्र पनि हो ।

लेखक न्यौपाने

प्रदेशको अस्थायी राजधानी तोकिदा राज्यलाई खर्चको भार एकै पटक नपार्ने र क्रमश पूर्वाधारको विकास गर्न अवसर दिनुपर्छ भनेर विभिन्न संघ संस्थाहरुले आफ्ना सुविधामा कटौती गरी आफ्ना भवनहरू उपलब्ध गराएका मनकारी संस्थाहरू भएको क्षेत्र पनि हो । प्रदेशको समग्र पक्षको विकासका लागि प्रदेश सरकार वा सम्बद्ध निकायलाई मद्धत गर्न निजी क्षेत्रवाट विषयगत छलफल र निश्वार्थ सुझाव दिइरहने क्षेत्र पनि हो । विभिन्न जिल्लाको अर्थतन्त्रसंग प्रत्यक्ष सम्बन्ध जोडिएको क्षेत्र पनि वुटवल हो । यो सम्बन्ध लुम्विनी प्रदेशका १० जिल्लामा (वाके र बर्दिया बाहेक) मात्र होइन, गण्डकीका ४ र कर्णालीका कम्तिमा ४ जिल्लामा समेत गहिरो र प्रभावशाली मानवीय सम्वन्ध रहेको क्षेत्र पनि हो । यस्ता पक्षका अलावा अन्य दर्जनौ मानविय सम्बन्ध,आपसी विश्वास र एकताको जगमा रहेको क्षेत्र हो बुटवल ।

उल्लेखित आधारमा बुटवल र यसको सम्वन्ध रहेका जिल्लाहरुसंगको समन्वयले मात्र विकासले निरन्तरता पाउने देखिन्छ । विकासले दिगो र नविन सोंच, अवधारणा, संकल्प र प्रतिवद्धता खोजे हुन्छ । सकिासमा सामुहिक र सामाजिक सद्भावले ठूलो योगदान गरेको हुन्छ । विकासले सहभागिता खोजेको हुन्छ । विकास सोचले अर्कोको उन्नतीकालागि जति सहयोग गर्न सक्यो त्यती प्रभावकारीता प्रदर्शन गर्दछ । बुटवल पुर्वपश्चिम राजमार्ग, भैरहवा पोखरा शिद्धार्थ राजमार्गले विच भागवाट छिचोलेको बजार मात्र होइन ।

के हो त बुटवल ?

चुरे पहाडको खोचमा रहेको, तिनाउ नदिको किनारमा रहेको, पाल्पाका उच्च पहाड शिरको रुपमा रहेको, भारतसंगको बढी आयात निर्यातमा दोश्रो स्थानको कारोवार हुने भन्सार नाका रहेको,अन्तराष्ट्रिय विमान स्थल र सम्मेलन केन्द्र (निर्माणाधिन)रहेको, गौतमबुद्धको जन्मस्थल र मावलीघरवाट निकै नजिक रहेको,विभिन्न प्रदेशका झण्डै १८ जिल्लाका मानिसको बसोवास रहेको, उत्तरतर्फका पहाडी जिल्लाको आयस्तर र मानसंशाधन सुचांक राम्रो रहेको, प्राकृतिक श्रोत र शौन्दर्यताले भरिपूर्ण तथा चिसो हावापानी र शुद्ध एवं स्वच्छ हावापानी भएका जिल्लाहरुको फेदी तथा उत्पादकत्व र पर्यटन विकासकालागि अतिउपयोगी जिल्लाहरुको प्रवेश विन्दु रहेको, नेपालको झण्डै मध्यविन्दुमा रहेको, विविध जातजाती, समूह र संस्कृतिको संगम स्थल रहेको, बृहत औधोगिक क्षेत्र र उद्योगहरु भएको, व्यवस्थित वस्ती विकासकालागि प्रशस्त जमिन र सम्भावना भएको,विभिन्न ऐतिहासिक स्थल गढीहरुको नजिक रहेको क्षेत्र हो ।

लगानीकालागि प्राय सवै वैक वित्तिय संस्थाहरु रहेको क्षेत्र बुटवल हो । सञ्चार र दुरसञ्चारमा राम्रो पहुच पुगि सकेका जिल्लाहरुको नाका पनि हो । यति मात्र होइन, हालै छलफल र प्रयत्नमा आएको शिदार्थ राजमार्ग आर्थिक करिडोरको अवधारणाको केन्द्रविन्दुमा रहेको क्षेत्र पनि हो बुटवल ।

अव बुटवलले के गर्ने त ?

बुटवलले राजधानी रह्रयो रहेन भन्ने विषयमा केन्द्रित रहिरहनु भन्दापनि बुटवलको दिगो पहिचानकालागि उल्लेखित सम्भावनाहरुलाइ मध्यनजर गरी राजनीतिको साघुरो दलिय घेरावाट बाहिर निस्किएर बुटवलका छिमेकी जिल्लाहरुको दिगो विकासमा सामुहिक पहल देखाउन जरुरी छ । बुटवललाइ व्यापारिक मात्र होइन आवासिय थलोको रुपमा पनि पहिचानमा ल्याउन जरुरी छ । विशेषगरी उद्योग वाणिज्य क्षेत्रका संस्थाहरुले जिल्लाका उवासंघहरुसंग सहकार्यगरी उत्पादन बृद्धि, पर्यटन विकास, उद्यमशिलता विकास जस्ता क्षेत्रको विकासमा अवधारणागत सहकार्यगरी आन्तरिक तथा बाह्यलगानी भित्रने वातावरणमा योगदान गर्न सक्नुपर्दछ । आफ्ना छिमेकीको उन्नतीमा आफ्नोपनि उन्नती देख्न सक्नु पर्दछ ।

अव बुटवलले नयाँ सोच र अवधारणामा प्रवेश गर्न जरुरी छ । सामुहिक परिचालनवाट पनि पहिचानमा बृद्धि हुन्छ भन्ने मान्यता विकास गर्न जरुरी छ । राजधानीको अपेक्षा प्राप्त नहुदैमा सवै गयो वा जान्छकी भन्ने आशंका लिएर बस्नु भन्दा अस्थायी राजधानी नहुदाको बुटवल र भएपछिको बुटवलले थप प्राप्त गरेको अवसरका सन्दर्भमा समिक्षा गर्न आवश्यक छ । बुटवलले आत्म केन्द्रित रही छिमेकी जिल्लाहरुसंगको विकास सम्वन्ध स्थापीत गर्न सकेन भने मध्यपहाडमा निर्माणाधिन मध्यपहाडी लोक मार्ग जस्ता वाटोहरुले ल्याउने अवसरले विभिन्न जिल्लाहरुलाइ आर्षित नगर्लान भन्न सकिन्न । यसो भयो भने बुटवलले अहिले सर्वत्र चर्चा गरिए झै साच्चै अस्तित्व र पहिचानमा संकट नआउला भन्न सकिदैन ।

तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय न्यौपाने विकास पत्रकारितामा रुची राख्छन्


क्लिकमान्डु