अमेरिकी राष्ट्रपति निर्वाचनः पैसाको खोलो बग्दै, कसले कति गरे खर्च, हेर्नोस विवरणसहित
काठमाडौं । आगामी महिना अर्थात् नोभेम्बर ३ तारिखमा अमेरिकाको राष्ट्रपतिको नयाँ निर्वाचन हुँदैछ छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडेन चुनावी मैदानमा छन् ।
संसारकै शक्तिशाली राष्ट्रको कार्यकारी प्रमुखको निर्वाचनको काम पनि भइरहेको छ । झण्डै ५० लाख बढी अमेरिकीले निर्वाचनमा मताधिकार समेत प्रयोग गरिसकेका छन् ।
यो सामग्रीमा हामी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा के कति मात्रामा खर्च हुन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गरेका छौ । जानकारहरुका अनुसार यस पटकको निर्वाचन संसारकै सबैभन्दा बढी खर्चिलो र महंगो निर्वाचन हुने छ ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार अमेरिकी कार्यकारी प्रमुखको निर्वाचनमा झण्डै ११ बिलियन डलर खर्च हुनेछ । त्यो भनेको नेपाली मुद्रामा झण्डै १ खर्ब ३० अर्ब बराबरको रकम हो ।
जानकारहरुका अनुसार सन् २०१६ को निर्वाचनमा ६.८ बिलियन अमेरिकी डलर खर्च भएको थियो । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले जारी गरेको शुरुवाती अनुमानमा त्यति धेरै पैसा खर्च हुने देखिएको हो ।
मूल्यवृद्धिका आधारमा हेर्ने हो भने सन् २०१६ को निर्वाचनको तुलनामा यस पटकको निर्वाचन झण्डै ५० प्रतिशत बढी महंगो सावित हुने देखिएको छ ।
राष्ट्रपतिको निर्वाचन संसारभरकै सबैभन्दा बढी महंगो सावित हुने देखिएको छ ।
जानकारहरुका अनुसार सन् २०१६ को निर्वाचनमा ६.८ बिलियन अमेरिकी डलर खर्च भएको थियो । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले जारी गरेको शुरुवाती अनुमानमा त्यति धेरै पैसा खर्च हुने देखिएको हो ।
भारतीय सञ्चार माध्यमहरुले आफ्नो देशको विधानसभाको निर्वाचनमा खर्च भएको रकम र अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हुने खर्चको अनुमान गर्दै विवरणहरु पनि सार्वजनिक गरेका छन् ।
उनीहरुका अनुसार भारतीय मुद्रामा अमेरिकी निर्वाचनमा ७९ हजार करोड खर्च हुने देखिएको छ । जुन स्न २०१९ मा भारतमा भएको लोकसभाको निर्वाचनको तुलनामा ५० प्रतिशत बढी हो ।
ओपन सेक्रेट डट ओआरजीको एक विवरण अनुसार फेडरल कमिटिले अब कुनै खर्च नगरे पनि अमेरिकाको निर्वाचन सबैभन्दा बढी महंगो सावित भइसकेको छ ।
फेडरल कमिटिले हालसम्म ७.२ बिलियन डलर खर्च गरिसकेको छ । उक्त तथ्यांक १५ अक्टोबरसम्म अझै बढ्न सक्छ ।
उम्मेदवारले एक जुलाईदेखि ३० सेम्टेम्बरसम्मको तेस्रो चरणमा गरेको खर्चको विवरण सार्वजनिक गर्नेछन्, तब खर्चको थप वास्तविक हिसाब पनि सार्वजनिक हुनेछ ।
सन् २००८ को निर्वाचनमा ३८ हजार करोड खर्च भएको थियो । त्यसपछि सन् २०१२ मा ४६ हजार करोड, २०१६ मा ४७ हजार करोड खर्च भएको थियो ।
उनीहरुले सामाजिक सञ्जाल, टेलिभिजन तथा पत्रपत्रिका सबैमा खर्च गरेका छन् । के कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ भन्ने बारेमा उनीहरु जोड तोडका साथ लागिपरेका छन् ।
भारतीय चुनावमा ५० हजार करोड खर्च भएको थियो । सबैभन्दा महंगो निर्वाचन भनिएको भारतको स्न २०१९ को लोकसभा निर्वाचनलाई समेत धेरै पछाडि छाडेर अमेरिकी निर्वाचन सबैभन्दा खर्चिलो सावित भएको छ ।
विवरणमा सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका कार्यकारी निर्देशन शीला क्रमहोजका अनुसार २०१८ को चुनवामा फण्ड जुटाउने काममा नै रेकर्ड तोडिएको थियो ।
यस पटक झनै सबै प्रकारका रेकर्ड तोडिने भएको छ । यो निर्वाचन हालसम्मको इतिहासकै सबैभन्दा महंगो निर्वाचनमा सामेल हुने भएको छ । अझै खर्च रोकिएको छैन । निर्वाचनसम्म अझै धेरै खर्च हुनेवाला छ ।
सेन्टरका अनुसार १०ं८ बिलियन डलर खर्च हुने अनुमान गरिएको थियो । यो कुनै सामान्य निर्वाचन होइन । अन्तिम नजितामा अझै बढ्न सक्छ । डेमोक्रेटिक उम्मेदवार जोन वाइडेनले पहिलो प्रसिडेण्टल क्याम्पियनमा १० मिलियन डलर बराबरको फण्ड जुटाउने जानकारी दिएका थिए ।
काँग्रेस कब्जा गर्नका लागि नै सबैभन्दा बढी खर्च भइरहेको छ । उक्त खर्च समेत ५६० करोडको आँकडा पार गरिसकेको छ । यो पछिल्लो राष्ट्रपति निर्वाचनको तुलनामा ३७ प्रतिशत बढी हो ।
यस पटकको निर्वाचनमा डेमोक्रेटले रिपब्लिकनलाई पछाडि छाडिदिएको छ । हालसम्म भएको खर्चको आधारमा डेमोक्रेटसले ५४ प्रतिशत खर्च गर्दा रिपब्लिकनले मात्रै ३९ प्रतिशत खर्च गरेको छ ।
यस्तै, सन् २०१८ मा भएको मध्यावधि निर्वाचनको खर्च बराबर नै हो । दुई पार्टीले नै पैसा जम्मा गर्ने काममा एकअर्कालाई कसरी पछार्ने भनेर लागिपरेका छन् ।
डेमोक्रेटिक उम्मेदवारले ५३४ मिलियन डलर जम्मा पारेका छन्, जबकी, रिपब्किनले मात्रै ४२४ मिलियन डलर जम्मा गरेका छन् । सिनेटको दौडमा डेमोक्रेटले ३३१ मिलियन डलर जुटाउँदा रिपब्लिकनले २८० मिलियन डलर जुटाएका छन् ।
कोभिड १९ को महामारीमा भइरहेको राष्ट्रपतीय निर्वाचन कार्यक्रममा पैसा खर्च गर्ने तौर तरिकामा भने बदलाव आएको छ ।
यस पटक सञ्चार माध्यममा नै बढी पैसा खर्च भएको छ । ट्रम्प तथा वाइडेन दुवैले भर्सटाइल अनलाइन एड बनाएर खर्च गरिरहेका छन् ।
यस पटक झनै सबै प्रकारका रेकर्ड तोडिने भएको छ । यो निर्वाचन हालसम्मको इतिहासकै सबैभन्दा महंगो निर्वाचनमा सामेल हुने भएको छ । अझै खर्च रोकिएको छैन । निर्वाचनसम्म अझै धेरै खर्च हुनेवाला छ ।
उनीहरुले सामाजिक सञ्जाल, टेलिभिजन तथा पत्रपत्रिका सबैमा खर्च गरेका छन् । के कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ भन्ने बारेमा उनीहरु जोड तोडका साथ लागिपरेका छन् ।
यस पटकको निर्वाचनमा डेमोक्रेटले रिपब्लिकनलाई पछाडि छाडिदिएको छ । हालसम्म भएको खर्चको आधारमा डेमोक्रेटसले ५४ प्रतिशत खर्च गर्दा रिपब्लिकनले मात्रै ३९ प्रतिशत खर्च गरेको छ । त्यसमा अर्बपति ब्लूमवर्ग लगायतले गरेको खर्च समेत जोडिएको छ । एजेन्सीको सहयोगमा