सदस्यकाे हितमा काम गर्ने सहकारीले बैकभन्दा बढी ब्याज किन लिने ? आफै बैंक हाे भनेर नबुझाैं : सचिव पान्डे



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारी संस्थाहरु सहर केन्द्रित बन्दै गएको आरोप लगाएका छन् ।

सहकारी पत्रकार समाजले सहकारी र बैंक/ वित्तीय संस्थाबीच सहकार्य विषयक अन्तक्रिया कार्यक्रममा सचिव पाण्डेले सहकारी गाउँ गाउँ जानु पर्नेमा सहरमा मात्रै केन्द्रित भएकाले यसको कारण खोज्ने बेला आएको बताए ।

‘जहाँ ठूला सहकारी छन् त्यहाँका सहकारीमा बढी समस्या छ’ उनले भने ‘यस्तै ठाँउका सहकारीले सदस्यलाई समस्यामा पार्ने काम गरेका छन्, बरु साना सहकारी भएको ठाँउमा यस्तो समस्या छैन, सहरमा समस्या बढेको छ ।’

आफ्ना सदस्यको हितमा काम गर्ने सहकारीले बैंक भन्दा बढी किन ब्याज लिएको ? भन्दै सचिवले प्रश्न समेत गरेका छन् । सदस्यको हित गर्न छोडेर बढी ब्याज लिएको भन्दै उनले सहकारी संस्थाले आफूलाई बैंक हो भनेर नबुझ्न पनि आग्रह गरे ।

सहकारी संस्था सदस्यको हितमा काम गर्ने भएकाले बैंकले यति नाफा लिएको छ हामीले किन लिन नपाउने भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

अहिले सहकारी क्षेत्रमा कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण छु्ट्टै माग भएको भन्दै यसको औचित्यको विषयमा प्रश्न गरेका छन् । यसले राज्यको खर्च बढने उनको दाबी छ ।

वित्तीय क्षेत्रको लागि बैंक भन्दा सहकारी कमजोर रहेको रुपमा बुझिएको तर्क गरे ।

उनले आगामी दिनमा सहकारी संस्था मर्ज भएर बैंकभन्दा ठूला पनि हुन सक्ने र स्वार्थ मिल्ने सहकारी मर्ज गर्ने रणनीति रहेको बताए । सहकारीको क्षेत्रमा हल्का शंका गर्ने र धेरै सहजीकरण गर्ने योजना अनुसार सरकार अघि बढ्ने धारणा राखे ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी र बैंकबीचको सहकार्य प्रविधिमा हुने भन्दै यसैमा जोड दिन आवश्यक रहेको बताए ।

सहकारीले एटिएम चलाउने हो भने बैंक तथा वित्तीय संस्थाको भर पर्नुपर्ने अवस्था रहेको भन्दै बैंकिङ क्षेत्रमा भएको लामो अन्ुभवलाई सहकारीमा ल्याउन आवश्यक रहेको दाबी गरे ।
वित्तीय क्षेत्रमा ९० प्रतिशत योगदान बैंकको र १० प्रतिशत सहकारी क्षेत्रको रहेको भन्दै यी दुवैबीच सहकार्य आवश्यक रहेको बताए ।

सहकारीले बैंकसँग सहकार्य गर्ने हो तर बैंक तथा वित्तीय संस्था बन्न खोजेमा समस्या हुने उनको दाबी छ ।

उनले आगामी दिनमा सहकारी संस्थाले बुद्धि नपुर्याएको खण्डमा सहकारीमा समस्या आउने दाबी गरे ।

‘कसैले पनि सहकारीका सदस्यको चिन्ता लिन सकेनौ । सहकारी अभियानमा पुनर्जागरण देखिएको छ तर पनि सदस्यको बचत खाएर सञ्चालक भागेको भनर धेरै निवेदनको चाङ विभागमा परेको छ’ उनले भने ‘सहकारीमा समस्या बढदै जाने, अभियान चाँही मन्त्रालय, विभागलाइ गाली गरेर बस्ने हो भने उद्देश्यमा पुग्न सकिँदैन ।’

अहिले सहकारीले दिने सेवा फैलावट हुनुपर्नेमा सञ्चालकको फैलावट बढेकोले सहकारीलाई जनताले हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको तर्फ सेचत हुनु आग्रह गरेका छन् । ‘सहकारी संस्था कति छन, जीडीपीमा सहकारीको योगदान कति छ कसैलाई पनि थाहा छैन’ उनले भने ‘सहकारी विभाग संघयितामा गएको छ । अभियान संघीय सरचना अनुसार जान्छ की जाँदैन ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन गुणकर भट्टले राष्ट्र बैंकले कुनै पनि हालतमा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा फरक नपर्ने बताए । अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका निकै रहेको उनको भनाइ छ ।

उनले ऐन, कानून कार्यान्वयन गर्दै दोहोरोपनामा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा भट्टले बैंकको आधारदर ८ प्रतिशतको हाराहारीमा आउँदै गरेको जानकारी गराउँदै सहकारीका त्यो सम्भव हुने वा नहुनेमा सबैले ध्यान दिन सुुझाव दिए । सहकारीले ८ प्रतिशतमा निक्षेप लिएर १२ प्रतिशतमा कर्जा लगानी गर्न सक्छ कि सकदैन भन्ने महत्वपूर्ण प्रश्न भएको बताए ।

उनले सहुलियतपूर्ण कर्जाको व्यवस्था सरकारको कार्यविधिमा उल्लेख भए अनुसार आएको बताए । सहकारीले सहुलियत पूूर्ण कर्जा दिन राष्ट्र बैंकले रोकेको हो की भनेर शका नमान्न आग्रह गरेका छन् ।

कार्यविधि परिवर्तन भएर सहकारीलाई दिने भने त्यसमा समस्या नहुने बताए ।

‘सहकारीले ५ प्रतिशतमा सहुलियत कर्जा दिन सक्छ कि सक्दैन ? प्रश्न यो हो’ उनले भने ।

सरकारले कार्यविधि परिवर्तन गरेमा सहुलियतपूर्ण कर्जा दिन समस्या नहुने बताए । सहकारीले कृषिमा दिने कर्जा न्यून छ । यो अवस्थामा सहकारीले आफ्नो रणनीति बदल्न आवश्यक छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बैंक तथा वित्तीय संस्थाले दिने सहुलियतपूर्ण कर्जा सहकारीबाट दिनु पर्ने बताए । सहकारीले लामो समयदेखि यो माग राखेको तर पुरा नभएको उनको तर्क छ ।

उनले कानूनी अड्चनलाई फुकाउँदै अघि बढन सकेको खण्डमा मुलुक निर्माणको आधार सहकारी संस्था बन्न सक्ने तर्क गरे ।

नेपाल बैंकसं एसोसिएसनका अध्यक्ष भुवन दाहालले सहकारी संस्थाहरु बैंकको प्रतिस्पर्धि हुन नसक्ने बताए ।

‘बरु सहकार्य गर्ने संस्थाहरु हुन’ उनले भने ‘बैंकले त गाँउका समेत सहकारी संस्थामा सहकार्य गरेर कर्जा लगानी गरेको छ । बैंकको नजरमा सहकारी संस्था कहिल्यै पनि प्रतिस्पर्धी होनन् ।’
सहकारी बैंकको नक्षेपकर्ता पनि भएको भन्दै बैंक सहकारीको भाग खोसेर लिने पक्षमा नरहेको बताए ।

बैंकको नाफा २० प्रतिशतभन्दा बढी नरहेको र कोरोनाको कारण खराब कर्जा बढेको दाबी गरे । कोरोना कारण कर्जा पनि न्यून उठेको भन्दै यस्तो समस्या सहकारी संस्थामा पनि हुने बताए ।
सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईले सहकारी क्षेत्रमा बैंक तथा वित्तीय संस्थामा जस्तो निमयन हुन नसकेको बताए ।

सहकारीको केही समस्या देखाएर सबै सहकारी यस्तै हुन भन्ने खालको धारणा बनेको भन्दै यसलाई हटाउन आवश्यक रहेको धारणा राखे । कानून बनाउँदा यस्ता कुरालाई समावेश गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले सहकारी क्षेत्रमा देखिएको विकृती न्यूनिकरणमा काम गर्न आवश्यक रहेको तर्क गरे ।


क्लिकमान्डु