नेपाल मामिलामा भारत चुकेकै हो- पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाको अन्तर्वार्ता




गतवर्ष भारतले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्यो । नेपालले त्यसको विरोध गर्दै द्विपक्षीय संवादका लागि कुटनीतिक नोट पठायो ।

तर, भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो देखाएन । कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालमा जनस्तरबाटै चर्को विरोध भयो ।

सरकारले संवादका लागि पटकपटक कुटनीतिक नोट पठाए पनि भारतले संवाद गर्न चासो नदेखाएपछि नेपालले जवाफस्वरुप आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । त्यसका लागि नेपालले संविधान समेत संशोधन समेत गर्यो ।

त्यसमा नेपालको संसदमा रहेका सबै राजनीतिक दलको सहमति रहयो । त्यसयता भारत र नेपालबीच संवादहीनताको स्थिति पैदा भएको थियो । तर शनिबार भारतको स्वतन्त्रता दिवसको दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ११ मिनेट संवाद भयो । त्यस लगत्तै सोमबार दुई देशका विकास निर्माण सम्बन्धी द्विपक्षीय संयन्त्रको बैठक बस्यो ।

त्यसबाट नेपाल र भारतबीच रहेको संवादहीनताको अवस्था अन्त्य भएको टिप्पणी भएको छ । के अव नेपाल र भारतबीच सीमा विवादका विषयमा पनि संवाद होला ? भारतले यसलाई कसरी लिइरहेको छ ? भन्नेलगायतका विषयमा केन्द्रीत रहेर पूर्व परराष्ट्रमन्त्री एवम् परराष्ट्रविद डा. भेषबहादुर थापासँग गरिएको कुराकानी ।

पछिल्ला दिनमा नेपाल भारतबीचको सम्बन्धलाई कसरी लिनुहुन्छ ?

परिस्थिति अचानक असहज बन्दै गयो । लामो अवधिसम्म संवाद हिनताको अवस्था सिर्जना भयो । यसको सुरुवात कहाँबाट भयो भन्दाखेरी सीमावर्ती इलाकामा दुवै देशको दावेदारी लामो अवधिदेखि विवादास्पद भनेर स्वीकारेको भुभागलाई भारतले जम्मु काश्मिरको नयाँ नक्सा उतार गर्दाखेरी नेपालको विवादित भूमिलाई पनि सँगै राखेर निकाल्यो ।

जुन कुरा संवाद भइराखेको बेलामा, विवादित भनिएको बेलामा दुवैले स्वीकारेको कुरामा संवाद नै नगरी जुन निष्कर्ष भारतले निकाल्यो त्यसले अप्ठेरो अवस्थामा नेपाल पर्यो ।

अनि नेपालले पनि आफ्नो भूभागको स्वामित्व कायम गर्नका लागि नयाँ नक्सा निकाल्यो । त्यसपछि यो प्रक्रियालाई संवादबाट समाधान गर्ने भन्ने कुरामा दुवैले निरन्तर दशकौंदेखि अभ्यास गर्दै आएको माथिल्लो तहदेखि लिएर प्रशासकीय र प्राविधिक तहमा विवादित भूमि खास गरेर भारत नेपाल दुईवटाको सीमाको बारेमा संयुक्त समूह बन्दाखेरी नै हो ।

घुर्की लगाएर केही समय बोल्दिन भन्ने कुरा एउटा हो तर त्यो धेरै लामो अवधिसम्म रहन सक्दैन ।

त्यसले ल्याएकोमा पनि सुस्ता र कालापानी बाहेक अन्य कुरामा हाम्रो सहमति छ भन्ने प्रतिवेदन दिएको यो सबै वार्ता हुँदाहुँदै अचानक नयाँ परिस्थितिको सृजना भयो । नेपालले वार्ताका लागि आव्हान गरेर कुटनीतिक प्रक्रियाबाट समस्या समाधानको लागि आव्हान गरेको तर त्यसको जवाफ नै नदिइकन भारतले मौनता अपनाएपछि एक प्रकारले चिन्ताजनक अवस्थामा हामी प्रवेश गर्यौं ।

तर ज्यादै निकट सम्बन्ध भएका दुई छिमेकी देशको बिचमा आवातजावत देखि लिएर, व्यापार बन्द देखि लिएर, समाजिक सम्बन्धदेखि लिएर अन्य कुरामा अवरोध त थिएन । पहिले पहिले जुन प्रकारको नाकावन्दी नै भएको इतिहासले गर्दाखेरी नेपालले वार्ताकै लागि आव्हान गरेर चुप लागेर बस्यो । तर एउटा फरक किसिमको संवाद आयो त्यो के भन्दा कोरोना सकिएपछि वार्ता गरौंला भन्ने किसिमको सम्बोधन भएको तर त्यसपछि संवाद विहिन अवस्था रहयो ।

नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच पछिल्लो पटक भएको सम्वादले वार्ताको ढोका खुलेको हो भनेर बुझ्न सकिन्छ ?

संवादहीन अवस्थाभन्दा अगाडि दुई देशको विकास निर्माण सम्बन्धी निकायमा ढिलासुस्ति भयो, समयमा काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समिक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो ।

प्रधानमन्त्रीकाबीचमा सम्बन्ध भएकोले संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ

त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं । किनकी त्यो भन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा दुईवटा प्रधानमन्त्रीका बीचमा वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । त्यसले गर्दा जुन एउटा अप्ठेरो अवस्थाले संवादहीन परिस्थिति सृजना भएको थियो । संवादको सुरुवात सिमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुईवटा प्रधानमन्त्रीकाबीचमा सम्बन्ध भएकोले संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ ।’

हामी चुक्यौं की भारत चुक्यो ?

यो आखिरी प्रक्रियामा भारत चुकेको हो । दुई देशले निरन्तर सम्बोधन गरेर विवादीत भनेर विवादको समस्या समाधान खोज्नको लागि निरन्तर बैठक भइरहेको प्राविधिक तहमा, प्रशासकीय तहमा, कुटनीतिक तहमा र राजनीतिक तहमा । दुईवटै प्रधानमन्त्रीले भेटेको संयुक्त समितिमा पनि कालापानी र सुस्तालाई विवादित भूमि भन्ने कुरा ठहर भएको हो । त्यो हुँदाहुँदै नयाँ नक्सा निकालेर विवादीत भूभागलाई संलग्न गर्दाखेरी नेपाल एउटा कुनामा खुम्चिएको जस्तो देखियो । त्यसलाई प्रतिकार गर्ने एउटै उपाय थियो हामीले पनि त्यही प्रकारले संविधानमा संशोधन गरेर आफ्नो भूभागको स्वामित्व कायम गर्ने जमर्को गर्ने ।

त्यसले एउटा संवादले निरन्तरता पाउनुको सट्टा विगतदेखि भइराखेका संवादलाई एकप्रकारले संवादहीन अवस्थामा परिणत गर्यो । कुटनीतिक तहमा भएका संवादका आधार उत्तरहीन अवस्थामा छन् । अब जत्तिकै अप्ठेरो समस्या भएपनि समाधानको खोजी संवादबाहेक अन्य विकल्पबाट हुन सक्दैन ।

भारतले हामीप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन भनेर हामीले बुझ्न सक्छौं की सक्दैनौं ?

इपिजीको प्रतिवेदनलाई बुझ्दैनौं भन्ने छैन । तर ढिलाइ भएको अवस्य हो । बुझ्नलाई चाहिं नकारात्मक धारणा राखेको होइन । अहिलेसम्म पनि भगतसिंह कोसियारी र मेरो बीचमा संवाद भइरहेको छ । हामीले आशा छोडेका होइनौं । तर ढिलाई भएको अवस्य हो । इपिजीको रिपोर्टमा हेर्दा मुख्य कुरा के छ भन्दा त्यो एकपक्षीय प्रतिवेदन होइन । नेपालको मात्रै गुनासो होइन ।

अहिलेसम्म पनि भगतसिंह कोसियारी र मेरो बीचमा संवाद भइरहेको छ । हामीले आशा छोडेका होइनौं

भारतको गुनासो पनि त्यसमा समावेश भएको छ । समाधानको खोजी दुवै पक्षले एउटै प्रतिवेदन तयार गरेर निष्कर्षमा पु¥याएको सायद यो पहिलो अभ्यास होला । अव ढिलो भएको हो ढिलो हुँदाहुँदैपनि हामी प्रतिक्षमा छौं । तर नेपाल पक्षको संयोजकको हिसाबले म के भन्छु भने जुन विषयमा हामीले प्रवेश गरेका छौं जुन विषयलाई सम्बोधन नभइकन विगतमा देखिएका अप्ठेरोपनहरुको समाधानको खोजीमा दुवै पक्षले एउटै प्रतिवेदन तयार गरेर ल्याएको छ ।

ढिलो चाडो प्रतिवेदनको भविस्य जे सुकै होस ती विषयलाई सम्बोधन नगरीकन दुइवटै प्रधानमन्त्रीले यसको सिर्जना गर्नुभन्दा अगाडि संवादको आधारमा यसलाई जन्म दिए त्यो परिस्थिति पनि कायम नै छ । निष्कर्ष सुधारोन्मुख छ । ढिलो चाँडो ती समस्यालाई प्रतिवेदनलाई स्वीकारेर होस वा नस्वीकारेर होस ती समस्याको समाधान तिर नलागिकन सम्बन्धको अपेक्षाकृत सुधार हुन गाह्रो छ ।

पछिल्लो समय भारतको नेपालसँग मात्रै नभई पाकिस्तानसँगको सम्बन्ध झनै विग्रेर गएको छ । त्यस्तै अवस्था अन्य छिमेकीमा पनि छ । के भारत अहिले दवावमा परेको भन्ने हो ?

सञ्चार माध्यमले जनाउ दिए अनुसार छिमेकीसँगको सम्बन्धमा सुधार गर्नुपर्छ भन्ने सम्बोधन भारतका बुद्धिजीवी देखि लिएर सञ्चार माध्यले गर्दै आएका छन् । म भारतको अरुसँगको जिद्धिपनको सम्बन्धका बारेमा केही भन्न चाहन्न । त्यो भारतको आफ्नै अवधारणा हो । तर नेपालसँग सम्बन्ध सुधार गर्नुपर्छ भन्ने कुराबीच बीचमा भारत सरकार फेरिदा वा पार्टी फेरिदा कुरा नउठेको होइन ।

मोदी जी नै प्रधानमन्त्री भएपछिको छोटो समयमा नेपालमा आएर संविधान सभालाई जुन सम्बोधन गर्नुभयो एकप्रकारले हेर्दाखेरी हाम्रो सम्बन्धले कोल्टो फेर्ने अवसरको रुपमा हामीले त्यसलाई लिएका थियौं । तर त्यसपछि घटनाहरुपनि भयो र व्यापार देखि लिएर सबै कुराको निषेधको अभ्यास पनि भयो । तर धेरै लामो समयसम्म खुला सिमाना भएको दुईवटा निकट छिमेकीको बिचमा सरकारी स्तरमा होस या अन्य सबैठाउँमा कटुता देखिएपनि जनताको बीचमा जुन सम्बन्धको आधार छन त्यो दुवै तर्फको दैनिक जीवनसँग सम्बन्धित कुराहरु छन ।

समाजिक अवस्थाको कुरा छ इतिहासदेखि लिएर सबैकुरा त्यसमा समावेशछ । घुर्की लगाएर केही समय बोल्दिन भन्ने कुरा एउटा हो तर त्यो धेरै लामो अवधिसम्म रहन सक्दैन । अहिले देखिएका संकेतले त्यो अप्ठेरो अवस्थालाई पार गर्नको लागि दुवै राजी भएको हो की भन्ने देखिन्छ । किनभने प्रधानमन्त्रीको तहमा संवादको सुरुवात हुनु भनेको त महत्वपूर्ण अवसर हो ।

नेपालको र भारतको सम्बन्ध ब्युरोक्रेसीको तहबाट भन्दापनि राजनीतिक तहबाट समाधान खोज्नुपर्छ भन्ने बहसपनि चल्ने गरेको छ । यसलाई तपाईले कसरी लिनुहुन्छ ?

भारत स्वतन्त्र भएपछि त्यसको हाराहारीमा नेपालमा पनि प्रजातन्त्र आयो । जुन अवधारणाको आधारमा भारतको साम्राज्यले नेपालसँग सम्बन्ध कायम गर्दाखेरी जुन अवधारणाबाट प्रेरित थियो त्यसलाई अव एउटा नयाँ आयाममा सुरुवात गर्नको लागि १९५० को सन्धी देखि लिएर अनेक प्रावधानलाई सुधारको पाटोमा लैजानु पर्छ भन्ने कुराको गुनासो मात्रै होइन यसलाई धेरै परिवर्तनको बाटोमा लैजानलाई प्रयत्न गरेको लामो ईतिहास छ । म सम्झिन्छु भारतमा राजनीतिक परिवर्तन भएपछि खासगरेर जवारलाल नेहरुपछि लालबहादुर शास्त्री आउनुभयो ।

उहाँले पनि छिमेकसँगको सम्बन्ध राम्रो गर्ने मेरो प्राथमिकता हो भन्नुभयो तर उहाँ धेरै बाँच्नुभएन । उहाँले कार्यान्वयनको पक्षमा लैजान पाउनुभएन । एउटा कुरा के छ भने ब्युरोक्रेसीको फ्रेमवर्क भारतले व्रिटिससँग लियो त्यो एकप्रकारले हेर्दाखेरी साम्राज्यको अवधारणालाई बोकेर बसेको संयन्त्र जस्तो देखिन्थ्यो । चाहे १९५० को सन्धी भनौं वा त्यसपछि भएका व्यापार अथवा ट्रेड सम्झौता भनौं ।

शास्त्रीजी पछि इन्दिरा गान्धी आएपछि एक प्रकारले हेर्दाखेरी भारतको परम्परागत सोचाइमा नै फेरी फर्केर गयो की भन्ने आभास पनि थियो । त्यसपछि आइके गुजराल आउनुभयो उहाँले छिमेकीहरुसँग ननरेसिपेटको ट्रिटि व्यवहार गर्छु भनेर नेपाल मात्रै होइन अरु छिमेकीसँगपनि उहाँले नयाँ सुरुवात गर्नुभयो तर उहाँपनि धेरै टिक्नुभएन ।

जुनसुकै पार्टी सत्तामा भएको बेला होस भारत र नेपालको सम्बन्धका बारेमा नेपालमा राष्ट्रिय सहमति छ

उहाँको राजनीतिक पकड त्यति बलियो नभएको हुनाले उहाँ बर्हिगमन हुने वित्तीकै फेरी हामी एउटा अप्ठेरो अवस्थामा प्रवेश ग¥यौं जहाँ त्यो बेलामा राजिव गान्धीको बेलामा पुरानो सन्धीलाई नयाँ अथवा प्रतिगामि दिशातिर लैजाने प्रक्रिया पनि सुरु गर्नुभयो जुन त्योबेलाका राजा र मन्त्रीमण्डलले अस्वीकार गरेपछि चिसोपन सुरुभयो ।

अब मोदी जीले नयाँ अवस्था सृजना गर्नको लागि जुन कुरा उहाँले व्यक्त गर्नुभयो अव हेर्न बाँकी छ त्यो कति सकारात्मक दिशामा जान्छ । तर  उतारचढावले गर्दाखेरी स्थायीत्व र सुरक्षाका विषयले प्राथमिकता पाएर छिमेकीलाई थिचोमिचो गर्ने वा हाम्रो निगरानी अन्तर्गत राख्नुपर्छ भन्ने अवधारणा यो परम्परागत अवधारणा हो ।

त्यसमा परिवर्तन भएको छ तरपनि खासगरेर सुरक्षाको अवधारणामा भारत र भारतका छिमेकीको भिन्न दृष्टिकोण भएकोले गर्दा उतारचढाव भइराखेको छ । त्यसलाई सम्बोधन गर्ने भनेको बौद्धिक अभ्यास, सञ्चारको माध्यमाबाट जनतालाई सुसुचित गर्ने र राजनीतिक तहमा प्रवेश गर्ने प्रतिवद्धता त्यसमा उतारचढाव भएको छ तर नेपालले पनि आफ्नो ठाउँ छोडेको छैन् । नेपालमा राजा बलियो हुँदाखेरी होस, राजा नहुँदाखेरी होस वा जुनसुकै पार्टी सत्तामा भएको बेला होस भारत र नेपालको सम्बन्धका बारेमा मुलभुत कुराहरुमा नेपालमा राष्ट्रिय सहमति छ ।

कतिपय कुरामा भारतको विषयमा नेपालको उत्ताउलो कुटनीति भयो भनेर पनि टिप्पणी गरेको देखिन्छ । जिम्मेवार व्यक्तिहरुले पनि हल्का टिप्पणी गरिदिने भएको छ । त्यसमा तपाईको धारणा के छ ?

एउटा कुरा के हुन्छ भने राष्ट्रिय सुरक्षाको अवधारणा सर्वमान्य हुनुपर्छ । त्यसको निष्कर्षमा पुग्ने एउटा प्रक्रियामा व्यापक संवाद र सहकार्य हुनुपर्छ । हामी त्यो हिसाबबाट अझ परिपक्व भइसकेका छैनौं । अनुशासन हिनता पनि देखिएको छ र दलको बिचमा पनि फरक फरक अवधारणा देखिएको छ । त्यसैले हामीले बाहिरी जगतलाई हेर्दाखेरी जुन देशमा परिपक्व विदेश नीति छ त्यसमा प्रवेश गर्नुभन्दा अगाडि र त्यसको सही व्याख्या गर्नुभन्दा अगाडि राष्ट्रिय बहस भएर त्यसमा प्रतिबद्धताको विन्दुमा पुग्ने अभ्यास बिचबिचमा नभएको होइन तर त्यसले सबैलाई एकठाउँमा राखेर त्यसको अधिनमा बस्दाखेरी राष्ट्रको हित हुन्छ र मूलभूत कुराहरुमा तलमाथि हुँदैन हामी थिचोमिचोमा पर्दैनौं भन्ने कुराको अभ्यासमा परिपक्वता ल्याउने प्रक्रियामा नेपाल अझैपनि पछाडि नै छ ।

भनेपछि हामी थोरै आशावादी हुने ठाउँ रहयो भन्न सकिन्छ ?

संविधान संसोधनकै कुरा गरौं । नेपालको संसदमा भएको कुनैपनि पक्षले प्रतिकुल अवधारणा राखेन । सर्वसम्मतीबाट त्यो प्रक्रियामा हामी प्रवेश ग¥यौं । परिपक्वताको बाटोमा जानका लागि अहिले गहिरो अभ्यास र पहिलोपटक राष्ट्रिय तहको दृढता व्यक्त भएको छ त्यसलाई निरन्तरता दिनु पर्छ ।


पुष्प दुलाल