बुक बिल्डिङ: यो वर्ष जारी हुने बीमा र लघुवित्तमा लागु नहुँने, १० कित्ता नहट्ने



काठमाडौं । धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका जारी गरेको छ ।

यो निर्देशिका जारी गरेपछि अहिले एक सय रुपैयाँमा पाइने सेयर त्यसमा पाइदैन । तर,बुक बिल्डिङमा आइपीओ जारी गर्नको लागि केही नियमहरु छन् ।

सबैभन्दा पहिला कम्पनी तीन आर्थिक वर्षदेखि नाफामा गएको हुनुपर्छ । दोस्रो प्रतिसेयर नेटवर्थ चुक्ता पूँजीको १५० प्रतिशत हुनुपर्छ भने तेस्रो रेटिङ एजेन्सीले औसत वा त्यसभनदा माथि पाएको हुनुपर्छ ।

पहिलो व्यवस्था बीमा कम्पनी र लघुवित्तको हकमा पुरा भएपनि दुईवटा व्यवस्था पुरा गर्न कठिन छ । यो हुँदा यो वर्ष आइपीओ निष्कासन गर्ने तयारी गरेका बीमा कम्पनी तथा लघुवित्तमा लागु हुँदैन । केही नयाँ बीमा कम्पनीको हकमा भने सो व्यवस्था लागु हुन्छ ।

त्यो हुँदा बुक बिल्डिङबाट आइपीओ निष्कासन हुन्छ । यसमा न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्छ । जस्तो नेपालमा संचालिन भएका मेटलाइफ या बीमा संस्थान तथा नेशनल र ओरियन्टलले आइपीओ जारी गर्दा बुकबिल्डिङ मार्फत जारी गर्न यस्तै डिशहोम र चन्द्रागिरी केवलकारको आइपीओ पनि प्रतिकित्ता एक सयको दरले आउने छ ।

आइपीओ जारी नगरेको जीवन विकास लघुवित्त संस्थाले बुक बिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन गर्नसक्छ । अहिले १४ करोड चुक्ता पूँजी रहेको जीवन विकासको रिजर्बमा ५५ करोड १० लाख रुपैयाँ छ । गतवर्ष जीवन विकास लघुवित्तले ३४ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । केही लघुवित्त कम्पनी योग्य देखिएपनि बीमा नयाँ बीमा कम्पनीले भने त्यो मापदण्ड पुरा गर्दैनन् ।

बुक बिल्डिङमा आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डको व्यवस्थाले मात्र हुँदैन । यसको लागि राष्ट्र बैंकले पनि लघुवित्तको हकमा अनुमति दिनुपर्छ ।

यो व्यवस्थाले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई भित्राउनको बाटो खुल्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
‘तीनवटा मापदण्ड पुरा गरेपछि मात्र बुक बिल्डिङ प्रणालीबाट आइपीओ निकाष्सन गर्न पाइन्छ, मापदण्ड पुग्ने जुनसुकै कम्पनीले पनि बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्न पाउने छन्,’बोर्ड अध्यक्ष ढुंगानाले भने । जसको लागि नयाँ बाटो खोल्छ ।

हिजोको दिनमा पनि शिवम सिमेन्टले आइपीओ जारी गर्दा प्रतिकित्ता एक सय रुपैयाँको दरले जारी गरेको थिएन । प्रिमियम मूल्य जोडेर जारी गरेको थियो ।
मोबाइल सेवा प्रदायक एनसेल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । एनसेललले आइपीओ जारी बुक बिल्डिङ प्रणालीबाट गर्न सक्छ । यो हुँदा शिवमको आइपीओमा भएको व्यवस्था मूल्य निर्धारणको विवाद पनि हुँदैन । विगतमा पनि टेलिकमले नै पनि एक सय रुपैयाँमा आइपीओ निष्कासन गरेको थिएन ।

नयाँ आएका जीवन बीमा कम्पनीहरु तीनवर्षदेखि नाफामा भएपनि प्रतिसेयर नेटवर्थ चुक्ता पूँजीको १५० प्रतिशत र रेटिङमा औसतभन्दा माथि आउन सम्भव नहुँने एक जीवन बीमा कम्पनीका सीइओले बताए ।

‘नयाँ लाइसेन्स पाएका बीमा कम्पनीहरुको आइपीओ एक सय रुपैयाँमा नै आउने देखिन्छ,धेरैले निष्कासनको लागि सम्झौता समेत गरिसकेका छन् त्यो हुँदा एक सय रुपैयाँमा नै आइपीओ आउने छ,’ती सीइओले भने ।

नयाँ लाइसेन्स पाएका बीमा कम्पनीमा २ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनीको आइपीओ आउन बाँकी छ । जसमा रिलायन्सले भदौ ४ देखि आइपीओ जारी गर्दैछ । यसमा न्यूनतम १० कित्ता नै आवेदन दिन पाइन्छ भने यसको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ छ ।


क्लिकमान्डु