वैदेशिक व्यापारमा सुधार, आयात घट्यो, निर्यात बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ कोे वैदेशिक व्यापारको तुलनामा आव २०७६/०७७ मा केही सुधार आएको छ । आव २०७६/०७७ मा वैदेशिक व्यापारमा विदेशबाट केही मात्रामा आयातमा कमी र निर्यातमा वृद्धि भइ केही सुधार आएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालको कुल आयातित वस्तुमा आव २०७६/०७७ मा १५.६३ प्रतिशतले घटेको छ भने ०.६२ ले निर्यातमा वृद्धि भएको छ ।

नेपालले आव २०७५/७६ मा कुल १४ खर्ब १८ अर्ब ५३ करोडको वैदेशिक वस्तु आयात गरेको थियो । त्यसैगरी २०७६/०७७ मा कुल ११ खर्ब ९६ अर्व ७९ करोडको वस्तु आयात गरेको छ । जसमा गत वर्षको भन्दा यो वर्षको वैदेशिक व्यापारको आयातमा १५ प्रतिशतले कमी आएको हो ।

त्यसैगरी आव २०७५/७६ मा नेपालबाट ९७ अर्ब १० करोडको वस्तु विदेशमा निर्यात भएको थियो भने आव २०७६/७७ मा ९७ अर्ब ७० करोडको निर्यात भएको छ । नेपालबाट लगभग ६० करोडको निर्यातमा वृद्धि भई ०.६२ प्रतिशतले सुधार आएको हो । केही मात्रामा सुधार देखिएता पनि नेपालले आव २०७६/७७ मा मात्रै १० खर्ब ९९ अर्ब ८ करोडको वैदेशिक व्यापारमा घाटा व्यहोरेको छ ।

बढी आयातित वस्तु
नेपालले वैदेशिक व्यापार घाटामा सबैभन्दा बढी खनिज पदार्थ जस्तै, तेल, इन्धन बढी आयात भएको छ । आव २०७६/७७ मा मात्रै १ खर्ब ९४ अर्ब ७९ करोडको इन्धन तथा तेल आयात गरेकोमा ६२ अर्ब ९९ करोड ८३ लाख आयातित राजस्व संकलन गरेको छ ।

नेपालले आइरन, स्टिल, मेकानिकल उपकरण, इलेक्ट्रिकल मेसिन, औद्योगिक औजार, फलाम, यातायातका साधन तथा तिनका पाटपूर्जा, सुन, औषधि, प्लास्टिक, तरकारी, फलफूललगायतका वस्तु बढी आयात गर्ने गर्दछ ।

विदेशबाट आयातमा सबैभन्दा बढी छिमेकी राष्ट्र भारत र चीनबाट हुने गर्दछ । आव २०७६/७७ मा भारतबाट ८ खर्ब ७३ अर्ब ७९ करोडको डिजल आयात गरेको छ । जसबाट २९ अर्ब ७२ करोड ७० लाख आयातित वस्तुको नेपालले राजस्व संकलन गरेको छ । त्यसैगरी, आइरन, पेट्रोल, एलपी ग्यास, अन्य कोइला, चामल, भटमासको तेल, तारलगायतका वस्तु बढी आयात हुने गर्दछ ।

नेपालबाट बढी निर्यात वस्तु
नेपालबाट अधिकांश देशमा नेपाली बस्तु निर्यात भएता पनि सबैभन्दा बढी छिमेकी राष्ट्र भारत र चीनमा निर्यात हुने गर्दछ । निर्यात हुनेमा बुनेको कपडा तथा पाम तेल रहेको छ । आव २०७६/७७ मा २ अर्ब ८७ करोड २२ लाखको बुनेको कपडा निर्यात भएको छ ।

त्यसैगरी, १ खर्ब ६९ अर्ब ९८ करोड १७ लाख केजी पाम तेलको १८ अर्ब ३१ करोड ७९ लाखको तेल निर्यात गरेको छ । साथै, भटमासको तेल, जुट वा फाइबरले बुनेका कपडा भारतमा निर्यात हुने गर्दछ । त्यसैगरी चीनमा भने सास फेर्न प्रयोग हुने उपकरणहरू जस्तै ग्यास मास्क निर्यात हुने गर्दछ । आव २०७६/७७ मा १ करोड ६९ लाख ५९ हजारको मास्क निर्यात भएको छ ।
नेपालमा बढी आयात गर्ने देश

नेपालको पहिलो आयातित देशमा छिमेकी देश भारत नै रहेको छ । नेपालमा भारतबाट बढी आयात हुन्छ भने निर्यातमा पनि बढी भारतमा नै हुने गर्दछ । नेपालले आव २०७६/०७७ मा भारतबाट मात्रै ७ खर्ब ३५ अर्ब २९ करोडको वस्तु आयात गरेको छ भने ६ खर्ब ६५ अर्ब १८ करोडको घाटा व्यहोरेको छ ।

त्यसैगरी, नेपालले ७ खर्ब १० करोडको निर्यात गरेको छ । दोस्रोमा चीन रहेको छ । चीनबाट आव २०७६÷०७७ मा १ खर्ब ८१ अर्ब २० करोडको वस्तु आयात गरेको छ । त्यस्तै, बढी आयातित देशमा इन्डोनेसिया, अमेरिका, संयुक्त अरब इमिरेट्स, क्यानाडा, अर्जेन्टिना, फ्रान्स, मलेसिया, युक्रेन, दक्षिण अफ्रिका, कोरिया, थाइल्यान्डलगायत अन्य देश रहेको छ ।

नेपालमा आयात नहुने देश
नेपालले १५५ वटा देशसँग वैदेशिक व्यापार गर्ने गर्दछ । नेपालमा आयात नहुने तर नेपालबाट निर्यात भएको देशहरू पनि रहेको छ । त्यसैगरी सबैभन्दा कम व्यापार घाटा हुने देशमा पहिलो बोलिभिया र इष्ट टिमोर रहेको छ ।

जुन देशबाट कुनै पनि सामान नेपालमा आएको छैन् । तर, नेपालबाट भने २ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ । त्यसैगरी, ट्रिनिडाड र टोबाको, अर्मेनिया, बुरुन्डी, चढ, यमन, न्यू कालेडोनियाबाट नेपालमा कुनै प्रकारको वस्तु आयात भएको छैन् ।

त्यसैगरी, आयात भएको देशमध्ये सबैभन्दा कम काजाकिस्तान छ । जसबाट २ हजारको वस्तु आयात भएको छ भने १४ लाख १३ हजारको वस्तु निर्यात भएको छ । त्यसैगरी, मौरितानिया, बहामास, कंगो, मौरिसस, टुर्क र काइकोस इज्ल्यान्ड, अफगानिस्तान, होन्डुरुस, जमैका, बेलारुस, माल्दिभ्स, बोस्निया र हेर्जेगोभिना, अन्डोरा, हाइटी, सुडान, इराक, सेनेगल, कोलोम्बियालगायतका देश रहेका छन् ।

नेपालबाट निर्यात नभएका देश
नेपालमा आयात भएको देश तर नेपालबाट कुनै पनि वस्तु निर्यात नभएका देशहरू पनि धेरै छन् । नेपालबाट ३० देशमा कुनै पनि प्रकारको वस्तु निर्यात नभएको भन्सारको तथ्याङ्कले देखाउँदछ । जसमा परुग्गे, गावोन, भेनेजुला, बेनिन, मडगस्कार, सुरीनेम, डोमिनिकान रिपब्लिका, कोकोस (किलिङ) इजल्यान्ड, गाइनिया, रिपब्लिक आफ मोल्डोभा, टोगो, जमैका, अन्डोरालगायतमा देशहरू छ ।

नेपालले घाटा नव्यहोरेका देश
वैदेशिक व्यापारमा नेपालले धेरै देशसँग घाटा व्यहोरेको पाइन्छ भने थोरै मात्रामा नाफा कमाउन सफल भएका छन् । सबैभन्दा बढी नाफा हुने देशमा केन्या छ । जुन देशबाट नेपालमा ६ करोड २८ लाख ६८ हजारको वस्तु आयात गरेको छ भने ४० करोड ३१ लाख ९८ हजारको वस्तु निर्यात गर्न सफल भएको छ । त्यसैगरी, अल्जेरिया, माल्दिभ्स, डेनमार्क, यमन, न्यू कालाडोनिया गरि २८ वटा देशसँग नेपालले घाटा व्यहोरेको छैन ।


क्लिकमान्डु