‘सेल प्रेसर’ देखिएको पुनर्बीमा कम्पनीको सेयर किन्ने कि बेच्ने ?: प्राविधिक विश्लेषण



नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्षको २०७६/७७ को पुस मसान्तसम्ममा जीवन व्यवसायबाट ६ करोड १ लाख रुपैयाँ तथा निर्जीवन व्यवसायबाट ५६ करोड ३२ लाख रुपैयाँ गरी कुल ६२ करोड ३३ लाख ६१ हजार नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन व्यवसायबाट ५ करोड ६७ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ५० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको सोही अवधिभन्दा जीवन व्यवसायमा ५.८९ प्रतिशत तथा तथा निर्जीवन व्यवसायबाट १२.३८ प्रतिशत गरी कुल नाफा ११.७२ प्रतिशतले बढी हो ।

गतवर्ष दोश्रो त्रैमाससम्म जीवन र निर्जीवन व्यवसायबाट ८६ करोड ४६ लाख रुपैयाँ नाफा नाफा गरेको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा दुबै व्यवसायबाट ९६ करोड ६४ लाख ८९ हजार कमाएको छ । त्यस्तै खर्चतर्फ ३० करोड ६७ लाखबाट ३४ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ८१ करोड रुपैयाँ र जीवन व्यवसायबाट १९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड र जीवन व्यवसायबाट १९ लाख ८६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

जीवन तथा निर्जीवन व्यवसायबाट कर्जा लगानी र अन्य आम्दानी शीर्षकमा अघिल्लो वर्षभन्दा १८.०३ प्रतिशतले वृद्धि गरी १२ करोड १६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको पुस मसान्तसम्ममा १० करोड ३० लाख रुपैयाँ थियो । नेपाल पुनर्बीमा कम्पनीको सेवा, व्यवस्थापन तथा अन्य शीर्षकमा क्रमश ३.२३, १.१२ र ३.६८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गतवर्ष ५२ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा यसवर्ष पुस मसान्तमा ७५ करोड ९२ लाख रुपैयाँ छ ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ, बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ । जीवन व्यवसायतर्फको जगेडा कोषमा भने ४८ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । नेपाल पुनर्बीमा कम्पनीले प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८१ पैसा छ भने मूल्य आम्दानी अनुपात ३३ गुणा छ ।

कम्पनीले चैत ४ गते प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाखकित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको थियो । कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ प्रदान गरेको थियो ।

फोरसिट

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) (३,९,४ पेरियड )

गत हप्ताबाट कारोबार शुरु भएको कम्पनी साताको शुरुवातदेखि लगानीकर्ता आकर्षण रहेको देखिन्छ । ३० मिनेट चार्टमा एमएसीडी लाइन र सिग्नल लाइन ८ जून २०२० मा २८.३१ बिन्दु वियरिश क्रश गरेको थियो । साताको अन्त्य सम्म एमएसीडी लाइन र सिग्नल लाइन १.७ बिन्दु छ । दुबै रेखा पोजिटिभ जोनमा जोन ओभरल्याप हुनाले बुलिश मोमेन्टममा कमी आएको संकेत गरेको छ ।

एमएसीडीमा दुई वटा रेखा हुन्छन् । जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिइन्छ र यसले सेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ र यसले सेयरहरु बेच्ने संकेत गर्दछ ।

प्राविधिक विश्लेषण

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

आरएसआई प्राविधिक विश्लेषणको यस्तो सूचक हो, जसलाई साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ । त्यसैगरी, यसले बजारमा खरिद र बिक्रीको स्पष्ट संकेत देखाउने गर्दछ । गएको साताको आरएसआई ७० जोनबाट झरेर ६२ को जोन तिर चलिरहेको हुनाले बजारमा बिक्रीको चाप बढेको संकेत गरेको छ ।

बोलिंगर ब्याण्ड

बोलिंगर ब्याण्ड एक प्राविधिक विश्लेषण सूचक हो । जसमा २०–दिने मुभिङ एभरेजका साथ दुई ब्याण्ड (एउटामाथि र एउटा तल) हुन्छन् । यी ब्याण्डहरुले बजारको अस्थिरताको मात्रा संकेत गर्दछन् । जुन स्ट्यान्डर्ड डेभिएसन गणना गरेर पत्ता लगाइन्छ ।

गएको साता ९ पिरियड बोलिंगर ब्याण्डको माथिल्लो ब्याण्ड, माथिल्लो ब्याण्ड र मध्यम ब्याण्ड दुरी कम भएकाले गर्दा बजारमा अस्थितरता कम भएको संकेत गरेको छ ।

निष्कर्ष

नेपाल पूनरबीमा कम्पनीले पुस मसान्तसम्ममा कुल नाफा ११.७२ प्रतिशतले वृद्धि गरी ६२ करोड ३३ लाख ६१ हजार नाफा कमाएको छ । कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ८१ करोड रुपैयाँ र जीवन व्यवसायबाट १९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । नेपाल पूनरबीमा कम्पनीले प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३ गुणा छ ।

गत साताबाट कारोवार शुरु भएको कम्पनी ९ दिनको मुभिङ एभरेजमा चलिरहेको छ । त्यस्तै बिहीबार सय्दो स्याडोसहितको वियरिश मैनबत्ति बनाएर बन्द भएको छ । एमएसीडी लाइन र सिग्नल लाइन दुबै पोजिटिभ जोनमा चलिरहेका छन् ।

तर एमएसीडी लाइन र सिग्नल लाइन ओभरल्याप छ । आरएसआई ७० जोनबाट झरेर ६० को जोन तिर चलिरहेको हुनाले बजारमा बिक्रीको चाप बढेको संकेत गरेको छ । बोलिङर ब्याण्डले बजारमा स्थिर बढी भएको संकेत गरेको छ भने २३.६ प्रतिशत फिबोनाची रिट्रेस्मेन्ट तिर टेबालिएको छ । हालको अवस्थामा नजिकको टेवाअङक तथा प्रतिरोध अङक क्रमशः ४३५ तथा ५२० छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणमा गरिने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


क्लिकमान्डु