सेयर कारोबार बन्द गर्दा विश्वसनियताको प्रश्न उठ्योः ब्रोकर संघका अध्यक्ष भरत रानाभाटको बिचार
अहिले लकडाउन भएसँगै बन्द रहेको सेयर बजार कहिले खुल्छ र खुलेपछी के होला भन्ने आम चासोको विषय बनेको छ । एकातिर मालपोत कार्यालय तथा सुनचाँदी पसल समेत खुलिसकेको अवस्थामा पुँजी बजार अझै बन्द हुँदा बजारको विश्वसनियता माथी प्रश्न चिन्ह उब्जीएको छ ।
अर्कोतिर राज्यले दैनिक लाखौ राजस्व गुमाई रहेको छ । यसमा आर्षित रहेको नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएससी, मर्चेन्ट बैंकहरु, डि पि, तथा हामी ब्रोकरहरmले आफ्नो आम्दानी गुमाउनु परेको छ । लगानीकर्ताहरु सेयर खरिद बिक्री गर्नबाट बञ्चित हुनु परेको छ ।
बजार बन्द गर्नुपर्ने अवस्था आउनु आफैमा दुःखद विषय हो । यसमा हामी सबैले आफ्नो कमजोरी रहेको स्विकार गर्नुपर्छ । यसलाई पाठको रुपमा लिएर धितोपत्रको दोस्रो बजारमा आगामी दिनमा यस्तो अवस्था सृजना हुन नदिनका लागी एक अर्कामा दोषारोपण गर्नु भन्दा पनि आ-आफ्नो दाहित्व बोध गर्दै अगाडि बढनु आजको आवश्यक्ता देख्दछु ।
बजारलाई चलायमान बनाउन तथा अस्वभाविक हुने उतार चढावलाई रोक्न बजारमा विभिन्न औजारहरु हुनुपर्नेमा हाम्रो बजारमा हाल त्यस्ता औजारहरुको अभावका कारण यसलाई निति तथा नियमले कन्ट्रोल गर्नुपर्ने आवश्यक्ता छ । यसमा समयअनुसार बोर्डले निति नियम बनाई तथा सम्वन्धित पक्षसँग समन्वय गरी बजार सञ्चालन गर्नुपर्ने देखिन्छ ।
लकडाउनको बिचमा २ दिन खुल्लेको बजारजे डिमान्ड साईड कमजोर देखिएको छ । बजेटबाट आफुले दिएका सुझावको सम्बोधन होलाकी भनि आशामा बसेका लगानीकर्ताहरु तथा हामी ब्रोकरहरु बजेटबाट केही निराश छाैं । तथापी बजारमा तत्कालै गर्न सकिने कुरहरुमा धितोपत्र बोर्डले समन्यव गर्ने छ भन्ने विश्वास गर्दछु ।
अर्थ मन्त्रालयसँग समन्वय गरी ५ प्रतिशत अन्तिम करको अन्यौलता हटाउने, राष्ट्र बैंकबाट बैंकले दिएको मार्जीन ल्यान्डिङको सिमा बढाउने तथा नविकरण र ब्याज तिर्ने समय बढाउने, सिआईटी लगायतका कम्पनीले दर्ता गरेको मार्केट डिलरले तत्काल काम गर्ने अवस्थाको सृजना गराउने,अनलाईन सेटलमेन्ट गर्नका लागी बैकसँग इन्ट्रिग्रेसन गर्ने कार्य भईरहेको छ ।
नेप्सेले एपीआई दिई ब्रोकर ब्याक अफिस सिस्टम समेत यही लकडाउनको बिचमा इन्ट्रिग्रेसन गर्नेकार्य सकि बजार खुल्दा अनलाईनबाटै ट्रेडिङ तथा सेटलमेटन्को काम गर्ने बातावरण बनाउन सकिने देखिन्छ ।
त्यो आजको आवश्यकता हो । ब्रोकरले सञ्चालन गर्ने मार्जिन लेण्डीङ सञ्चालन गर्दा अप्ठारो परेका केही बुँदा तत्काल संसोधन गरी कार्यान्वयनमा ल्याउने, हाल दोस्रो बजारमा लगानी ईच्छुक सस्थागत लगानीकर्तालाई आकर्षीत गर्ने तथा लगानी गर्ने सहज बातावरण बनाउने तथा आउँदै गरेको मौद्रिक नीतिमा गभर्नरले पनि बजारका लागी गर्न सकिने नितिगत व्यवस्थाका लागी राष्ट्र बैंक खुला रहेको बताईसक्नु भएको छ । त्यसकारण राष्ट्र बैंकसँग समन्वय गरी बजारका समस्याहरु तत्काल समाधान गर्न सक्ने देखिन्छ ।
यसको अलवा बजारको विस्तारको लागी अध्यक्षले राख्नुभएको मन्तव्य उल्लेख भए अनुसार आधिकारीक प्रतिनिधिको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने, ब्रोकर कम्पनीहरm लगायत अन्य इच्छुक संस्थालाई धितोपत्र डिलरको रुपमा कामगर्न दिने व्यवस्था सहज बनाई अगाडि बढाउने, एनआरएनएलाई दोस्रो बजारमा लगानीगर्ने विषयमा ठोस निर्णय गर्ने (निति नियम बनाउनु छ भने अविल्मब गर्ने ) मन्त्री ज्युले ईङकीत गरे अनुसारको इन्ट्रा डे टे«डिङलाई तत्काल कार्यान्वयनमा ल्याउने, अक्सन मार्केटलाई तत्काल सुरुगर्ने, ब्रोकरकम्पनीहरुलाई पोर्ट फोलियो म्यानेजमेन्ट एडभाइजरी सर्भिस जस्ता सेवाहरू दिने व्यवस्था गर्नुपर्छ ।
ऋणपत्रको दोस्रो बजारलाई कारोबार योग्य बनाई व्यवस्थित बनाउनेतिर अविलम्व लागनुपर्ने देखिन्छ । यसमा धितोपत्र बोर्डले तदारुक्ताका साथ साथ लागी रहेको छ । कोरोना भाइरसको कारणले भएको लकडाउनको प्रभाव अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा पनि देखिएको छ । यस क्षेत्रका व्यवसायीले राहतकोे रूपमा कुनै नगद छुट तथा सहुलियत माग गरेको मलाई लाग्दैन ।
नितिगत व्यवस्था गरि लगानीकर्ताको मनोबल उच्च राख्दा मात्र पुग्ने अवस्थामा समेत सरकारको प्राथमीकतामा नपर्नु दुःखद कुरा हो । सरकार, राष्ट्र बैंक र धितोपत्र बोर्डले यस कुराको मनन गरी आ- आफ्नो ठाउँबाट त्यो भुमिका खेलि आउँदा दिनमा बजारको अपेक्षा सम्बोधन हुनेछ भन्ने अपेक्षा छु ।
(धितोपत्र बोर्डको २८ औं बार्षिकउत्सवमा नेपाल स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष भरत रानाभाटले व्यक्त गरेको बिचार)